20130520

" नेपालका राजनितिक दलहरु बाह्य शक्तिको दलाल " : महासचिव थापा


नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले बाह्य शक्तिका कारण मुलुकमा जटिल राजनितीक संकट बढेको बताउनुभएको छ । नेपालका राजनितिक दलहरु बाह्य शक्तिको दलाल बनेका कारण यस्तो संकट बढेको बादलको भनाई छ ।     सुगौलीसन्धी पछि अहिले नेपालमा बढि चलखेल भएको र लोकमान प्रकरणबाट छताछुल्ल भएको बादलले दावि गर्नुभयो । बहालवाला प्रधानन्याधिस नेतृत्वको सरकार र सरकारी सेवाका लागी अयोग्य मानिएका लोकमान सिंह कार्कीको नियुक्त विदेशी चलखेलको पछिल्लो उदाहरण रहेको महासचिव बादलले बताउनुभयो । विदेशीले आफ्नो स्वार्थ पुर्तिका निम्ती गरेको चलखेलमा  हाम्रा नेताहरु मतियार बनेका छन् त्यो नेपाली जनतालाई मान्य छैन बादलले भन्नुभयो । संविधान सभा भाग दुई नाम दिएका बादलले अबको निर्वाचनबाट नेपाललाई सिक्कीमिकरण गर्न खोजीएको बताउनुभयो । उहाँले सिक्कीममा पनि निर्वाचन भएको र बहुमत सदस्यले भारतमा मिसाएको प्रसङग उल्लेख गर्दै नेपालमा पनि त्यस्तै अवस्था सृजना गर्न खोजीएको दावि गर्नुभयो । उहाँले मुलुकको राजनितीक समस्या कर्मचारी र विदेशी प्रभुले नभई राजनितिक दल, नागरीक समाज र
बौद्धिक समाजले गर्नुपर्ने बताउनुभयो ।
    महासचिव बादलले राजनितिक समस्या समाधानको लागि अहिले भईरहेको प्रयासहरु गलत भएकाले त्यसलाई सच्चाएर सवै राजनितिक दलहरुको विचमा गोलमेच सम्मेलनको आयोजना गर्नुपर्ने बताउनुभयो । निर्वाचनबाट जारी राजनितिक समस्या समाधान गर्ने भनीए पनि असंवैधानिक, अलोकतान्त्रिक र अवैधानिक विधिबाट गठीत सरकारको नेतृत्वमा आफुहरु निर्वाचनमा नजाने बादलको भनाई छ । सरकारले वार्ताको नाममा नाटक मञ्चन् गरीरहेको उहाँले बताउनुभयो । उहाँले वार्ताका लागि २५ बुँदे शंसोधन खारेज गरेर सरकारले खुल्ला वातावरण बनाउनुपर्ने बताउनुभयो । सरकार सशर्त र हामि निशर्त भन्ने हुँदैन साँच्चीकै वार्ता गर्न खोजेको हो भने सरकार सवै विकल्पमा छलफल गर्न तयार हुनुपर्छ बादलले भन्नुभयो । उहाँले निर्णायक वार्ता राष्ट्रपतिसँग हुने बताउनुभयो । वार्ता र संवादले समस्या समाधान नभए शान्तिपुर्ण सडक आन्दोलनबाट निकास खोजीने उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक