20130520

अनिल पाण्डे अमेरिकाको सनफ्रान्स्किोका लागि मानार्थ पव्लिक रिलेशनको काम गर्ने गरी पर्यटन वोर्डका प्रतिनिधी नियुक्त

मे १९, २०१३ / नेपाल पर्यटन वोर्डले अमेरिकाको सनफ्रान्स्किोका लागि मानार्थ पव्लिक रिलेशनको काम गर्ने गरी अमेरिकामा वसोवास गर्दै आउनु भएका अनिल पाण्डेलाई नियुक्त गरेको छ । पर्यटन वोर्डका तर्फ कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले पाण्डेलाई नियुक्त गरिएको औपचारिक पत्र मार्फत उक्त जानकारी दिनु भएको छ । पाण्डेले नेपाल पर्यटन वोर्डको  उद्देश्य हासिल गर्नका लागि आवश्यक पर्ने सूचनाहरु, पर्यटन प्रवद्र्धनका प्रचारात्मक सामाग्री, लोगो तथा अन्य कानूनी हैसियत प्राप्त गर्नेछन् । अमेरिकाको विभिन्न संघसंस्थामा क्रियाशील रहँदै आउनु भएका पाण्डेलाई अमेरिका स्थित राजदूतावाससँग सहकार्य र समन्वय गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्नेछन् । पाण्डेले पर्यटन वोर्डले नियुक्त गरेर आफूलाई मातृभूमि प्रति सेव ागर्ने अवसर प्रदान गरेको भन्दै खुशी व्यक्त गर्नु भयो । नियुक्ती पछि आफनो प्रतिक्रियामा पाण्डेले देशमा पर्यटन प्रवद्र्धन गर्न आफू दत्त
चित्तका साथ लाग्ने वताउनु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक