20130523

अमेरिकामा बस्दै आइरहेकी १८ वर्षीया एक भारतीय छात्रा इसा खरेले त्यस्तो चार्जर विकास गरिन जसबाट कुनै पनि मोबाइल २०–३० सेकेन्डमा चार्ज हुन्छ !


अमेरिकामा बस्दै आइरहेकी एक भारतीय छात्रा इसा खरेले मोबाइल फोनको ब्याट्री मात्रै राख्न मिल्ने त्यस्तो चार्जर विकास गरिन जसबाट कुनै पनि मोबाइल २०–३० सेकेन्डमा चार्ज हुने दाबी गरिएको छ। उक्त चार्जर गाडीको ब्याट्रीका लागि पनि उपयोगी हुने जनाइएको छ। उक्त नवीन उपकरणको विकास गरेकोमा १८ वर्षीया इशा खरेलाई इन्टेल फाउन्डेसन यङ् साइन्टिस्ट अवार्डबाट सम्मानित गर्दै ५० हजार डलरको छात्रवृत्ति पनि प्रदान गरेको छ। विश्वमा कम्प्युटर उपकरण उत्पादन गर्ने चर्चित कम्पनी इन्टेलले प्रत्येक वर्ष विश्वका फरकफरक विद्यालयबाट करिब ७० लाख बालबालिकाबीच विज्ञानसम्बन्धी प्रतियोगिताको आयोजन गर्दै आइरहको छ। पुरस्कारको घोषणापछि इशाले पत्रकारहरूलाई भनिन्– ‘मेरो मोबाइल फोनको ब्याट्री छिटो सकिने भएकोले मैले यस उपकरणको विकासका लागि काम गर्न थालेको हुँ, तर अब मलाई यो जितमाथि विश्वास गर्न गाह्रो भइरहेको छ।’ इन्टेलको यो प्रतियोगितामा सहभागी छात्रछात्राहरूले विज्ञानप्रविधि तथा गणित क्षेत्रमा सोध गरी विकास गरेका नयाँ उपकरण प्रतिस्पर्धाका लागि ल्याउने गर्छन। यो वर्ष प्रतियोगितामा सहभागीहरूले
क्वान्टम थ्योरी र पर्यावरण संरक्षणका तरिकालगायत बिरामीको उपचार तथा प्राविधिक उपकरण बनाउनेजस्ता परियोजनाहरू प्रस्तुत गरेका थिए।


आफ्नो प्रयोगमा इशाले उक्त उपकरणबाट एलइडी अर्थात् लाइट एमिटिंग डायोड चलाएर देखाएकी थिइन्। उनले नानोटेक्नोलोजीको मद्दतबाट थुप्रै उर्जा उक्त उपकरणमा केन्द्रित गर्ने प्रविधिको विकास गरेको र त्यसले चार्जिगजस्तो काम सेकेन्ड मै हुन सक्ने इशाले बताइन्।अहिले क्यालिफोर्नियाको एक विद्यालयमा अध्ययन गरिरहेकी इशा यसै वर्षदेखि हावर्ड विश्वविद्यालयमा नानोकेमिस्ट्री विषय पढ्न जानेछिन्। लाखौं छात्रछात्राबाट चयन भएर आउने १६ सय जनाबाट हुने तीन विजेतामध्ये प्रथम हुनेलाई ७५ हजार डलर र दोस्रो तथा तेस्रो स्थानका लागि ५०–५० हजार पुरस्कार दिने गरेको छ। इशालाई दास्रो पुरस्कार प्राप्त भएको थियो भने रोमानियाका १९ वर्षीय आयोनेट बडिस्टिनोलाई सस्तो स्वचालित गाडीको मोडल बनाएकोमा पहिलो पुरस्कारको विजेता घोषणा गरिएको थियो

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक