20130523

राजा घलेलाई नेपालीहरुको संस्था 'नेप्लिज एशोसियसन अफ जर्जिया' (न्याग) ले हिरो अफ द इयर (Hero of the Year) २०१३ द्वारा सम्मान

एटलान्टा, जर्जिया- नेपाली व्यवसायी एवं समाजसेवामा सक्रिय ब्यक्तित्व राजा घलेलाई नेपालीहरुको संस्था 'नेप्लिज एशोसियसन अफ जर्जिया' (न्याग) ले हिरो अफ द इयर (Hero of the Year) २०१३ द्वारा सम्मान गरेको छ।


सो संस्थाको वार्षिक भेलाका अवसरमा शनिबार मेई १८ तारिख नेपाली व्यवसायीद्वारा संचालित हिमालयन रेष्टुरेन्ट, एटलान्टामा आयोजित कार्यक्रममा समाजसेवी घलेलाई यसरी वर्ष हिरो घोषित गर्दै सम्मान गरिएको
हो ।

नेपाली समुदायको हितकालागि सक्रियतापूर्वक स्वयंसेवीकोरुपमा काम गर्दै आउनुभएको भन्दै संस्थाले समाजसेवी घलेको सामाजिक योगदानको कदरस्वरुप सम्मान गरेको जनाएको छ ।


कार्यक्रममा स्थानीय बुद्धिजीवीद्वय डाक्टर रामचन्द्र बराल र डाक्टर प्रल्हाद पन्तले संयुक्तरुपमा टिका र खादा लगाएर समाजसेवी घलेको सम्मान गर्नुभएको थियो । सो अवसरमा जनकराज बरालले घलेको परिचय गराउनु भएको थियो ।

यस क्षेत्रका नेपालीहरुको उपस्थितिले खचाखच भरिएको कार्यक्रमस्थलमा सम्मान ग्रहण गर्दै घलेले आफु नेपालदेखि नै सामाजिक कार्यहरुमा नि:स्वार्थ सेवाभावले लागिपरिरहेको भन्दै जीवनकालभरि सधैं समाजसेवामा समर्पित भैरहने दृढता व्यक्त गर्नुभयो ।


आफुलाई वर्ष हिरोकोरुपमा सम्मान गर्ने संस्था न्यागका कार्यहरुको प्रशंसा गर्दै घलेले निवर्तमान अध्यक्ष प्रणय लामाको कार्यकालमा धेरै राम्रा गुणात्मक र सिर्जनशील काम भएको आफुले पाएको बताउनुभयो । उहाँले संस्थाका नब निर्बाचित सम्पूर्ण पदाधिकारीहरुलाई अझ बढी राम्रा कामहरु गर्न सफलता प्राप्त होस् भन्दै बधाई एवं शुभकामना दिनुभएको थियो ।

समाजसेवी घलेले स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय संघ संस्थाका विभिन्न जिम्मेवारीमा रहेर सामाजिक सेवामा आफुलाई समर्पित गर्दै आउनुभएको छ । उहाँ हाल एक प्रतिष्ठित अन्तरराष्ट्रिय संस्था 'एसियन प्यासिफिक अमेरिकन काउन्सिल' (एप्याक) को महासचिब पदमा बसेर सिङ्गो राष्ट्र नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै आउनुभएको छ भने अमेरिकाको नेपाली संस्था 'नेपलिज एशोसियसन इन साउथ इस्ट अमेरिका' (नासा) को पूर्व अध्यक्ष, एनआरएन एनसीसी अफ यूएसएको सह-अध्यक्ष र 'भिजिट नेपाल २०११' कोलागि अध्यक्ष भएर धेरै कार्यक्रम गरेर योगदान दिनुभएको छ ।

-Tara Kunwar in Georgia

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक