20130502

डिभी–२०१४ को नतिजा २०१३ मे १, रातिको १२ बजे (ईस्टर्न स्ट्यान्डर्ड टाइम) देखि www.dvlottery.state.gov मा उपलब्ध

डाइभर्सिटी भिसा, डिभी–२०१४ को नतिजा २०१३ मे १, रातिको १२ बजे (ईस्टर्न स्ट्यान्डर्ड टाइम) देखि  www.dvlottery.state.gov मा उपलब्ध भएको  नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ । हरेक वर्ष संयुक्त राज्य अमेरिकाको डाइभर्सिटी भिसा कार्यक्रमले विश्वभरि ५५,००० वटा सम्म आप्रवासी भिसा उपलब्ध गराउँछ । (डिभी–२०१४ को लागि दर्ता अवधि सन् २०१२ अक्टोबर २ देखि सन् २०१२ नोभेम्बर ३ सम्म खोलिएको थियो ।) डिभी–२०१४ का आवेदकहरूले आफ्नो “कन्फर्मेशन नम्बर” सन् २०१४ सेप्टेम्बर ३० सम्म सुरक्षित राख्न सुझाव दिईन्छ । सन् २०१३ अक्टोबरमा थप नतिजा प्रकाशित हुनसक्छ । डिभी–२०१४ कार्यक्रमका लागि छनौट भए नभएको थाहा पाउने एउटै तरिका भनेको माथि उल्लिखित वेबसाइट हो । डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचार मार्फत जानकारी नगराइने दूतावासले बुधकार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘अमेरिकी दूतावाससँग समयमै अन्तर्वार्ताको समय सुनिश्चित गर्नका लागि डिभी–२०१४ का विजेताहरूलाई तुरुन्त आवश्यक कागजात केन्टकी कन्सुलर सेन्टरमा पठाइहाल्न अमेरिकी दूतावास सुझाव दिन्छ’ विज्ञप्तीमा उल्लेख छ । साथै दूतावासले उक्त विज्ञप्ती मार्फत डिभी कार्यक्रमका आवेदकहरूलाई जालसाजीपूर्ण ईमेल तथा चिट्ठी पठाउने कार्य उल्लेखनीय रुपमा बढिरहेको कुरा अमेरिकी विदेश मन्त्रालयको अफिस अफ् भिसा सर्भिसेस्ले जनसाधारणलाई जानकारी गराएको छ । डिभी
कार्यक्रमसम्बन्धी प्रक्रियाबारे सही जानकारी लिन www.dvlottery.state.gov मा जान आग्रह गरिएको छ । यो वेबसाइट डिभी कार्यक्रमसम्बन्धी आधिकारिक जानकारीको लागि एउटै मात्र स्रोत हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक