20130502

नेपालगन्जमा दुई दिनदेखि अत्यन्त चर्को घाम र तातो हावा (लु) का कारण यहाँको जनजीवन प्रभावित

नेपालको सबैभन्दा अधिक गर्मी हुने स्थान भनेरसमेत चिनिने नेपालगन्जमा दुई दिनदेखि अत्यन्त चर्को घाम र तातो हावा (लु) का कारण यहाँको जनजीवन प्रभावित भएको छ । मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय, सुर्खेतका अनुसार बुधबारसम्म नेपालगन्जको अधिकतम तापक्रम ४०.१० डिग्री सेल्सियस रेकर्ड गरिएको छ । मौसम विज्ञका अनुसार आगामी आइतबारसम्म यहाँको अधिकतम तामक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । गर्मी महिना सुरु भएयता मध्य तथा सुदूरपश्चिमाञ्चलका तराईका जिल्लामा पानी नपर्नाले पनि आमनागरिकले चर्को घाम र तातो हावाको नियति भोग्नुपरेको हो । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि यहाँस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको पाइन्छ ।  यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबूजा, खरबूजा, लस्सी, आइसक्रिम, कुल्फीलगायत चिसो पेय तथा खाद्य वस्तु अधिक सेवन गर्ने गर्दछन् ।    गर्मीका कारण घाउखटिरा, आउँमासी, विषम ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।   जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण
अस्पतालमा दैनिक सरदर ७५ जना विभिन्न रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ ।


    त्यसैगरी, गर्मीमा विद्युत्को खपत अधिक हुन थालेपछि यहाँस्थित नेपाल विद्युत् प्राधिकरणले न्यून भोल्टेजमा विद्युत् आपूर्ति गर्दा खानेपानी संस्थानको पानी वितरण प्रणाली प्रभावित भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक