20130502

वानाको शुभकामना साँस्कृतिक साँझ


बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (वाना) द्धारा नयाँ वर्ष २०७० को अबसरमा  शुभकामना साँस्कृतिक साँझ बाल्टिमोरमा अप्रिल २८, २०१३ का दिन सम्पन्न भयो । कार्यक्रममा बानाका सदस्य तथा सहयोगी रवि लामिछानेलाई गौतम बुध्द नेपालमै जन्मिएको र ’अब विश्वले चिन्नेछ नेपाल’ भन्ने मूल सन्देश विश्वभर प्रवाह गर्दै ६२ घण्टा १२ मिनेट लगातार म्याराथून टक सो गरी वर्ल्ड रेर्कड कायम गर्न सफल भएकोमा सम्मान गरिएको थियो ।  उक्त कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा,  सरिश्मा अमात्य, पवीता परियार, प्रतिभा गुरुङ्ग, दिपा गुरुङ्ग, गरिमा केसी, सर्यू राजभण्डारी, पूजा जोशी, गायक रतन सुवेदी, संजिव प्रधान, रमन श्रेष्ठ, श्याम गुरुङ्ग, दिनेश भण्डारी,  लगायतले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । अर्जुन सुवेदी, सन्देश खड्का र दिपा शर्माले संचालन 
गारेको यस कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतवासका उपनियोग प्रमुख अर्जुन कान्त मैनालीले शुभकामना दिनु भएको थियो ।कार्यक्रममा वानाका अध्यक्ष विजय श्रेष्ठले कार्यक्रममा उपस्थित अथिति, संधसंस्थाका प्रतिनिधि, कार्यक्रमलाई प्रायोजन गर्ने व्यवसायी, सञ्ंचार माध्यम, कलाकार तथा उपस्थित सम्पूर्ण सहभागीहरुलाई कार्यक्रम व्यवस्थित र सफल बनाउन सहयोग पुर्याउनु भएकोमा विशेष धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै प्रकारका सहयोग र सहभागिताको लागि अनुरोध गर्नुभएको थियो ।
Photo: Bikrant

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक