20130615

अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन


अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन  गर्दै संविधान सभाको पहिलो निर्वाचनले मुलुकलाई निकाश दिन नसकेको वर्तमान अवस्थामा निर्वाचनको अर्को विकल्प नभएको बताउनुभएको छ । दोस्रो पटक संविधान सभाको निर्वाचन अपरिहार्य भएकोले त्यसलाई सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट संकल्प गर्न अध्यक्ष रेग्मीले आह्वान गर्नुभयो । उहाँले आफू लामो समय न्याय क्षेत्रमा विताएर आएको व्यक्ति भएकाले निष्पक्षता नै आफ्नो आर्दश भएकोले आगामी चुनाव निष्पक्ष बनाउने कुरामा शंका नगर्न आग्रह गर्नुभयो । साथै अध्यक्ष रेग्मीले आफू शक्तिपृथकीकरणको सिद्धान्त प्रति अडिक रहेको र न्याय सम्पादनको कुनै पनि कामबाट पृथक रहेकोले त्यस विषयमा विवाद सिर्जन नगर्न आह्वान गर्नुभयो । ‘प्रजातन्त्रको सुन्दर पक्ष भनेकै कुनै पनि विषयमा  आफ्नो विमत्ति शान्ति पूर्ण ढंगले राख्न पाउनु हो’ रेग्मीले भन्नुभयो । उहाँले केही पार्टिहरुले गरेको टिकाटिप्पणीलाई आफूले सहजरुपमा लिएको भन्दै
असन्तुष्ट पक्षहरुलाई वार्तामा आउन सम्बोधन मार्फत् आह्वान गर्नुभयो । सम्बोधनको पूर्ण विवरण

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक