20130615

राष्ट्रपति डा रामवरण यादव ठूलो आन्द्रामा दाग देखिएकाले उपचारका लागि विदेश लाने तयारी

राष्ट्रपति डा  रामवरण यादव बिरामी पर्नुभएको छ । शुक्रबार शिक्षण अस्पतालमा उपचारका लागि पुग्नुभएका यादवको आन्द्रामा समस्या देखिएपछि डाक्टरहरुले अन्यत्र रिफर गरेको शीतलनिवास स्रोतले बतायो । उहाँलाई उपचारका लागि आइतबार विदेश लाने तयारी सरकारले गरेको छ । ‘उहाँलाई केही महिना पहिले देखि नै पेटको समस्या थियो । उहाँको ठूलो आन्द्रामा दाग देखिएकाले उपचारका लागि बाहिर लानुपर्ने भएको छ । आइतबार जापान लाने सम्भावना छ, त्यहाँ नभए अमेरिका पनि जानुपर्ने हुन सक्छ ।’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले  भन्नुभयो । दाहालका अनुसार यादवको पेटको उपचार शिक्षण अस्पतालका ल्यास्ट्रोलोजिष्ट डा. शशी शर्माले गर्दै आउनुभएको थियो । शर्माको सिफारिसमा शनिबार ग्रान्डीमा अत्याधुनिक मेसिनमा सीटी स्क्यान गर्दा ठूलो आन्द्रामा दाग देखिएको हो । शिक्षण अस्पतालको सिफारिसमा शनिबार उहाँको थप चेकजाँच धापासीस्थित निजी अस्पताल ग्रान्डीमा गरिएको थियो । ‘टिचिङमा हिजो उपचार गरिएको थियो, ठूलो आन्द्रामा समस्या देखिएपछि टिचिङले ग्रान्डीमा सिफारिस गरेकाले आज ग्रान्डीमा देखाइएको हो ।’ शीतलनिवास स्रोतले भन्यो– ‘उहाँको ठूलो आन्द्रामा दागजस्तो देखिएकाले डाक्टरहरु मिटिङ बसिराखेका छन्
। रोग पत्ता लगाउने उपकरण राम्रो नभए बाहिर गएर थप चेकअप गर्नुपर्ने डाक्टरहरुको सल्लाह छ ।’ राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो । तीन दिनदेखि राष्ट्रपति यादवलाई पखाला लाग्ने र खान मन नलाग्ने समस्या देखिएको थियो ।
‘उहा“लाई केही महिना पहिले देखि नै पेटको समस्या थियो । उहा“को ठ″लो आन्द्रामा दाग देखिएकाले उपचारका लागि बाहिर लान’पर्ने भएको छ । आइतबार जापान लाने सम्भावना छ, त्यहा“ नभए अमेरिका पनि जान’पर्ने ह’न सक्छ ।’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भन्न’भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक