20130613

मंसिर ४ गते संविधान सभाको चुनाव गर्ने मिति तय, संविधान सभा निर्वाचन ऐनसम्बन्धी अध्यादेश राष्ट्रपति कहाँ सिफारिस

संविधान सभाको चुनाव मंसिर ४ गते हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते संविधान सभाको चुनाव गर्ने मिति तय गरेको जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री छविराज वन्तले संविधान सभा निर्वाचन ऐनसम्बन्धी अध्यादेश राष्ट्रपति कहाँ सिफारिस गरेको बताए।  प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठन भएको ३ महिनापछि संविधानसभाको निर्वाचनको मिति घोषणा भएको हो । बैठकले सर्वोच्चका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको नेतृत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र पुनःसंरचना आयोग समेत गठन गरेको छ । आयोगलाई १ महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । सरकारले नेकपा-माओवादीसहितका आन्दोलनरत दलहरुलाई वार्तामा आउन आहृवान समेत गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक