20130619

अतितलाई गाली गर्दैमा भविश्य नबन्ने पूर्व राजा ज्ञानेन्द्र शाहको टिप्पणी, आफूलाई निषेध नगर्न राजनीतिक शक्तिहरुलाई आहृवान

पूर्व राजा ज्ञानेन्द्र शाहको  सम्बोधन जस्ताको तस्तै सुन्नुस 
पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई निषेध नगर्न राजनीतिक शक्तिहरुलाई आहृवान गर्नु भएको छ । बुधबार जनकपुरमा नागरिक अभिनन्दनपछि ति सम्बोधन गर्दै ज्ञानेन्द्रले अतितलाई गाली गर्दैमा भविश्य नबन्ने टिप्पणी गर्नुभयो । ‘राष्ट्रको राष्ट्रिय विधी व्यवस्थाले कोही कसैलाई काखा-पाखा गर्नु हुँदैन’ उहाँले
भन्नुभयो-’कसैलाई निषेध गर्नु भन्दा परस्पर मिलेर जाउँ भन्ने मेरो अन्तरमनको चाहना रहेको छ ।’
राज्य ब्यबस्थाको रुप र आकार बदलिँदैमा नविनतम नहुने भन्दै मुलुकलाई कसरी सही बाटोमा लैजाने, भएका भूलचुकलाई कसरी सच्याउने र आमजनअपेक्षित निश्चित एवं निर्विवादित गन्तव्यमा पुग्ने भन्ने कुरामा हामीले गहिरो सोच राख्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’नेपाली जनताले कसैसँग डराएर हैन, अन्तरआत्माको आवाज बुझेर अघि बढ्नुपर्छ भन्ने मैले बुझेको छु । आफ्नो ब्रहृमले देखेको सामाजिम यर्थाथलाई जनसमक्ष प्रस्तुस्त गर्नु पर्ने हुन्छ ।’उहाँले जनताको विवेकसम्मत निर्णयमा आफ्नो सहयोग रहने बताउनु भयो । मुलुकको अवस्थालाई आफूले पनि नियालिरहेको भनदै उहाँले नारा र योजना उच्चखालको दिए पनि व्यवहार उराठलाग्दो भएको बताउनु भयो ।‘भ्रमणका क्रममा देख्दै जाँदा, सुन्दै जाँदा र
बुझ्दै जाँदा आम नेपालीले भोग्नु परेको अहिलेको कठिन अवस्थाबाट सचेत नेपालीका साथै म पनि चिन्तित छु’ उहाँले भन्नुभयो’ नारा र योजना निकै उच्चखालको दिइएपनि धरातल र व्यवहारको प्रचलनमा हेर्दा आज उराठलाग्दो अवस्था देखिन्छ ।’
उहाँले हाम्रो मौलिकता, विविधता र विशेषतालाई जगेर्ना गर्दै आ-आफ्नो क्षेत्र र समुदायबाट समावेशी भई राष्ट्र विकासमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’सबै क्षेत्र, जातजाति, वर्ण, धर्म, वर्ग, समुदाय सबैले यो सुन्दररुपी बगैचामा फल्ने फुल्ने मौका पाउनुपर्छ । नेपालको परिचायक र मौलिक पनि पनि यही नै हो ।’

तराई लगायतका मुलुकका विभिन्न भूगागबाट युवा तथा महिला कामका खोजीमा विभिन्न देश जाने क्रम बढेको भन्दै उहाँले भन्नुभयो-’यसरी हाम्रो जनशक्तिको पलायन हुन नदिने र आ-आफ्नै ठाउँमा समुचित रोजगारीको व्यवस्था गर्न तथा विदेशिएकाहरुलाई स्वदेशमा नै फर्काएर आफ्नै ठाउँको विकासमा लगाउन विशेष पहल हुनु पर्ने देखिन्छ ।’
उहाँले महिलाहरुलाई शिक्षा, सीप तालिम एवं विभिन्न आयमुलक काममा लगाउन एवं आत्मनिर्भर बनाउन र महिला एवं पिछडिएको जनसमुदायमा रहेको भेदभाव एवं थिचोमिचो र अवाञ्छित गतिविधी रोक्न पनि विशेष प्रयास गर्नुपर्ने बताउनुभयो ।
मध्य तराईको भ्रमणका क्रममा जनकपुर पुगेका धनुषा नागरिक समाजले पूर्व राजा ज्ञानेन्द्रको सम्मानमा नागरिक अभिनन्दन गरेको हो । ज्ञानेन्द्रले जनकीसहितका मठमन्दिरमा पूजाअर्चना समेत गर्नु भएको छ ।

 नागरिक अभिनन्दन समारोहमा दिएका भाषणको पूर्ण पाठ

हाम्रो भ्रमण सन्दर्भमा यहां भेलाहूनू भएका  यस क्षेत्रका प्यारादाजूभाइ दिदीवहिनीहरुनेपालका गाउं गाउं घूमौं र नेपालीजनतालाई भेटौं भन्ने भावनाबाट मसदा प्रेरित रहेकोछु । त्यसैले हिमाल,पहाड र तराई पुगेर देश दर्शन गर्नेंअनि देशवासीहरुका सुख दुख बूझ्नेमेरो एक नियमित प्रक्रिया बनेको छ ।यसै अनूरुप म अहिले जनक, सीता र बुद्ध जस्ता अनेकौं सूपूज्य पात्रहरुकोजन्म भूमीका साथै विद्या बृद्धि र भगवतसिद्धि एवं अनेकौं मठ, मन्दिर रदेवस्थलहरुले भरिपुर्ण रहेको तथा आफ्नैमौलिक धर्म, संस्कृति र ऐतिहासिकगौरव गाथा बोकेर फैलिएको नेपालकोउर्वर भुमि तराईका केही जिल्लाहरुकोभ्रमणमा संलग्न छु ।भ्रमणका क्रममा देख्दै जांदा, सुन्दैजादां र बुझ्दै जांदा आम नेपालीलेभोग्नु परेको अहिलेको कठिन अवस्थाबाटसचेत नेपालीका साथ म पनि चिन्तितछु । नारा र योजना निकै उच्च खालकादिईए पनि धरातल र व्यवहारकोप्रचलनमा हेर्दा आज उराठलाग्दोअवस्था देखिन्छ । त्यसैले हाम्रो आफ्नोराष्टू, हाम्रो आफ्नो क्षेत्र र हाम्रो आफ्नोपनको उच्चतम विकासका निमित्त हामीसबै चनाखो बन्नुपर्ने टड्कारोआवश्यकता मैले देखेको छु ।
हाम्रो यो सून्दर नेपाल
– पूस्तौ देखिसदा स्वतन्त्र, सार्वभौम रही आएकोराष्टू हो । जो जहां रहे बसे पनि हामीसवै नेपाली हौं –नेपाली नेपाली वीचकोएकता र नेपाली नेपालीहरुको आ–आफ्नो मौलिकतालाई हामीले कायमराख्नु पर्दछ । राष्टूको राष्टिूय विधिव्यवस्थाले कोही कसैलाई काखा पाखागर्नू हूदैन । हाम्रा बिविध भाषा, हाम्राविविध सनातनी धर्म, पद्धति, संस्कृतीर रीतिरिवाज आधूनिक राज्य व्यवस्थातथा प्रविधिका कारण लोप हुनू  हूंदैन। हामीले हाम्रो मौलिकता, विविधता रविशेषतालाई जगेर्ना गर्दै आ–आफ्नोक्षेत्र र समूदायबाट समावेशी भई राष्टिूयविकासमा जोड दिनूपर्दछ । सवै क्षेत्र,जात, जाति, वर्ण, धर्म, वर्ग, समूदायसवैले यो सून्दर नेपालरुपी बगैंचामाफल्ने फूल्ने मौका पाउनू पर्दछ –नेपालको परिचायक र मौलिक पनपनि यही नै हो ।
तराई लगायत मूलूकका विभिन्नभूभागबाट कामका लागि हाम्रा होनहारयूवा तथा महिला समुदाय विश्वकाविभिन्न देशमा कामको खोजीमा जानेक्रम बढ्दोछ । यसरी हाम्रो जनशक्तिकोपलायन हून नदिन र आ–आफ्नै ठांउमासमुचित रोजगारीको व्यवस्था गर्न तथाविदेशिएकाहरुलाई स्वदेशमा नै फर्काएरआफ्नै ठांउको विकासमा लगाउन विशेष पहल हूनू पर्ने देखिन्छ ।त्यसैगरी हाम्रा चेलिवेछी रदिदीवहिनीहरुलाई शिक्षा, शिप, तालिमएवं विभिन्न आयमुलक इलमका काममालगाई आत्मनिर्भर बनाउन पनिराज्यको ध्यान जानू पर्ने देखिन्छ ।महिला एवं पिछडिएका जन समूदायमा रहेको भेदभाव, थिचोमिचो र अवान्छितगतिविधि रोक्न पनि विशेष प्रयास हूनूपर्ने देखिन्छ ।कूनै पनि स्थितीमा मान्छेले आफ्नोमानवीय मुल्य फाल्नुहुदैन र आफ्नोराष्टिूय आदर्श र मौलिक पनलाईत्याग्नूहूदैन । अतीतलाई एकहोरो सरापेरर पूराना कूरालाई उसै फेरेर मात्र कूनैफलदायी परिवर्तन आउने होईन । नाम,रुप, आकार र प्रकार बदल्दैमा एकाएकनविनताको श्रृजना हुदैन । इतिहासकागल्ती सच्याउने, गलत गर्नेलाई सूधारकोमौका दिने र सूधारोन्मूख बनाउन प्रेरितगर्ने अनि दूरगामी सोच राखेर समयकोप्रवाहमा विवेक पुर्वक अधिबढ्ने हाम्रोप्रयत्न हूनूपर्दछ । त्यसैले मूलूकलाईकसरी सही बाटोमा लैजाने, भएकाभुलचुकलाई कसरी सच्चाउने र आमजन अपेक्षित, निश्चित एवं निर्विवादितगन्तव्यमा पूग्ने भन्ने कूरामा हामीलेगहिरो सोच राख्नै  पर्दछ ।
नेपाली जनताले अब कूनै प्रकारकोपूर्वाग्रहमा डोरियर वा कसैवाट डराएरहोईन स्वयमं भित्रको अन्तरआत्मालाईबूझेर अघि सर्नू पर्ने आवश्कता मैलेदेखेकोछु । आफ्नो ब्रम्हले देखेको राष्टूसत्य र हाम्रो सामाजिक यथार्थलाईजनसमक्ष हामीले प्रस्तूत गर्नू पर्ने हून्छ ।जनताको यस्तो विवेकसम्मत,तर्कसंगत राष्टिूय प्रस्तूतीमा मेरो पनिसदा झै सहयोग रहनेछ । हामी परस्परमिलौं र मिलेर जाउं – कोही कसैलेकोही कसैलाई निषेध नगरौं र नेपालराष्ट्रूका सवै भुभागलाई –निरन्तर सपार्दै,सूधार्दै, बनाउंदै अघि बढौं । यही मेरोअन्तर्मनको चाहना हो ।एक सचेत देशभक्त एवं राष्टिूय दायित्व प्रति ख्याल राख्ने चरित्रकारूपमा मेरो पनि अंह भुमिका हूने कूरासबैमा विदितै छ । यसै आशयका साथआफ्नो मातृभुमि प्रति र आम नेपालीजनता प्रति मैले आफ्नो कर्तव्य भुलेकोछैन ।हामी केही गर्छौं र गरेर देखाउदछौंभनेर भन्नेहरुलाई अघि बढाएरविश्वासका साथ हामीले आ–आफ्नोतर्फबाट दायित्व निर्वाह गर्नू पर्दछ ।मार्ग प्रशस्त गरिदिने र गरिदेउन् भन्नेआकांक्षाका साथ मद्दत गरिदिने हाम्रोराष्टिूय धर्म हो । तर गर्न तम्सिनेहरुस्वयं राष्टिूय कर्तव्यबाट विमूख बन्छन्र हाम्रो विश्वासमा ठेस पूऱ्याउंदछन्भने – त्यस्तामा हाम्रो गहिरो ध्यान रसमयको सहि मुल्यांकन हुनूपर्दछ ।हामी को हौं, के थियौं र आजकस्ता भयौं भन्ने कुराको हेक्का हामीलेसदा सर्वदा राख्नू   पर्दछ । अनि अबके गर्ने  कसरी जाने भन्ने कूरामानिरन्तरको सजगता पनि हामी सवैकोहूनूपर्दछ ।    जनता नै त्यो महान् शक्ति हो जोसदा अजय हून्छ । तर समय सन्दर्भलाईबूझेर विवेकका साथ सदैव जागरुकबन्ने काम भने जनताबाट हूनै पर्दछ ।त्यस्तो आम जनजागरणको अवस्थामामेरो राष्टिूय भुमिकालाई अझ बढीप्रखर पार्ने दायित्व पनि तपाई जनताजनार्दन कै हो । त्यस्तो अवसरमा नेपालीजनताको मन, मूटू र स्पन्दन आत्मसातगरेर मन, वचन र कर्मले राष्टू सेवाकोमहान् अभियानमा संलग्न हून म मातृभुमीप्रति सदा समर्पित रहनेछू ।एक जिम्मेवार राष्टूभक्तका रुपमामैले यो भ्रमणमा पाएको अपार माया,श्रद्धा, स्नेह र स्वागत प्रति म तराईकाप्यारा दाजूभाइ दिदीवहिनीहरुसंग कृतार्थछू । यिनै भावना पोख्दै, म आयोजकतथा तपाईहरु सबैलाई हार्दिक धन्यवादप्रदान गर्दै आफ्नो अभिव्यक्तीटूंग्याउंदछु । श्री पशूपतीनाथले हामीसबैको कल्याण् गरुन् ।  जय नेपाल ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक