20130602

वाशिंगटन डी. सी. मा अनेसासद्वारा आयोजित सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती सम्पन्न



जुन , २०१३/ अमेरिकाको राजधानी वाशिंगटन डी.सी.मा अन्तररास्ट्रीय नेपाली साहित्य समाज (अनेसास)द्वारा आयोजित कवि सिद्धिचरण श्रेष्ठ जयन्ति सम्पन्न भएको छ |  नेपालबाट आउनु भएका कवि तथा साहित्यकार श्री केदारनाथ खनालको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कवि सिद्धिचरण श्रेष्ठको तस्बिरमा माल्यार्पण गरि शुरु भएको थियो | कवि सिद्धिचरण श्रेष्ठको बारेमा श्री शिव प्रसाद सत्यालले बोल्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि श्री
केदारनाथ खनालको परिचय बिनय अर्यालले दिनु भएको थियो | उक्त अवसरमा कवि तथा साहित्यकार श्री केदारनाथ खनालले पनि नेपाली साहित्यको बारेमा बोल्नु भएको थियो |
यसै बीच अनेसासद्वारा भर्खरै प्रकाशित “अनेक डायस्पोरामा देवकोटा” नामक कार्यपत्रको संकलनको पनि प्रमुख अतिथिबाट लोकार्पण गरिएको थियो |  उक्त पुस्तकको बारेमा बोर्ड अफ ट्रस्टिका अध्यक्ष तथा अनेसासका संस्थापक श्री होमनाथ सुबेदीले बिशेष जानकारी दिनु भएको थियो |
अनेक डायस्पोरामा देवकोटा पुस्तक अनेसास हुस्टन च्याप्टरको कार्यक्रममा आजै भरखर विमोचन भएको सूचना दिदै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले त्यो विमोचित कृति देवकोटा जयन्ती समारोह समितिका अध्यक्ष प्रकाश नेपाललाई हस्तान्तरण गर्नु भएको थियो । त्यहाँ उपस्थित लेखक र पुरस्कार प्रयोजकहरुलाई एक एक प्रति उपहार दिनुभएको थियो । यो अनेसासको आकर्षक ग्रन्थ प्रकाशन सम्पादन गरेकोमा अनेसासका सम्पादक र कार्यकारी सबैलाई नामोच्चारण गरेरै धन्यवाद ज्ञापन गरिएको थियो । यो कृति पृ.३८८ विशद छ र यसको मूल्य यहाँ डलर १५ हो र मगाएमा मेलिङ्ग चार्ज १०।०० डलर बढी लाग्दछ । यो अनेसासको हेडक्याटर, युएसए र नेपालमा ओरिन्टल पब्लिकेशन, काठमाडौंबाट प्राप्ट गर्न सकिन्छ । प्रधान सम्पादकको हैसियतले यसको छपाइमा एकलाख बाइस हजार लागेको र त्यो पनि भुक्तान भैसकेको बेहोरा पनि उहाँले जानकारी दिनु भएको थियो ।
अनौपचारिक रुपमा शुरु गरिएको उक्त कार्यक्रममा विभिन्न कवि तथा कवियित्रीहरुले आ-आफ्ना कविताहरु पाठ गर्नु भएको थियो |  कविता पाठ गर्नेहरुमा रामचन्द्र भट्टराई, बसन्त श्रेष्ठ, गोपाल रेग्मी, सुदिप भद्र खनाल तथा गोविन्द गिरि प्रेरणा थिए |
यसै बीच अनेसासका पूर्व अध्यक्ष तथा साहित्यकार श्री बसन्त श्रेष्ठले कविता बाचनका क्रममा कवि सिद्धिचरण श्रेष्ठको बारेमा श्रद्धा सुमन अर्पण गर्नु भएको थियो |
अनेसास डी.सी. च्याप्टरका अध्यक्ष श्री प्रकाश नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमम करिब एक घन्टामा सकिएको थियो |                                

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक