20130629

मुस्ताङ गाडीको नौटँकी फ्लप भएपछी बाबुराम भट्टराई द्वारा अर्को नौटँकी मँचन, उपाध्यक्ष पद त्याग रे ! अब हिसिला ले के गर्ने हुन कुन्नी !

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले उपाध्यक्ष पद छाडेको घोषणा गरेका छन् ।  केन्द्रीय समितिको बैठकमा पदको लागि नेताहरुबीच विवाद भएपछि भट्टराईले पार्टी शुद्धिकरणको अभियान आफूबाट थाल्ने भन्दै पद त्याग गरेको बताएका हुन् । बैठकमा सहभागी एक सदस्यका अनुसार भट्टराईले
प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा उपाध्यक्ष पद त्यागेको बताएपछि बैठकमा मौनता छाएको थियो । बैठकमा भट्टराईले भने “पदको लागि मरिमेट्ने, आँफैलाई चाहिन्छ भन्ने, यस्तो कुरा सर्वहाराका नेताहरुलाई सुहाउँदैन, पार्टी भद्रगोल हुनुभन्दा मैले उपाध्यक्ष पद छाडेको घोषणा गर्दछु ।” भट्टराईले पार्टीको जुनसुकै पदमा बसेर पनि योगदान गर्न सकिने भन्दै आफु साधारण सदस्य रहेर सहयोग गर्ने बताए । 

 
 

एकीकृत नेकपा माओवादीमा मधेसी नेताहरुले पार्टीको पदबाट सामूहिक राजीनामा दिने तयारी गरेका छन् । नेतृत्वले पदाधिकारीमा एक जना मधेसी नेतालाई समावेश नगर्ने बताएको खण्डमा आइतबारको बैठकमा सामूहिक राजीनामा दिने तयारी गरेको एक मधेसी नेताले जानकारी दिए । नाम सार्वजनिक नगर्ने सर्तमा ती नेताले भने “मधेसीलाई उपेक्षा गरे हामी सामूहिक राजीनामा दिन्छौं ।” 

 

विशेष गरेर माओवादीभित्र रामचन्द्र झाले पाँचजना भन्दा बढी संख्याको पदाधिकारी बनाएमा आफूलाई समावेश गर्नुपर्ने बताउँदै आएका छन् । अर्कोतर्फ नेता प्रभु शाहले पार्टीका पुराना नेताहरुलाई अवमूल्यन गर्दै नयाँ आएका नेताहरुलाई ठूलो जिम्मेवारी दिए सह्य नहुने बताउँदै आएका छन् । स्र्रोतका अनुसार शनिबारको बैठकमा बोल्दै नेता प्रभु शाहले पार्टीभित्रका मधेसी नेताहरुको माग सम्बोधन नभए कडा प्रतिवादमा उत्रने चेतावनी दिएका थिए । 

 

एमाओवादीमा मधेसी नेताहरुले यसअघि देखि नै मधेसी सहभागिता बढाउनको लागि माग गर्दै आएका थिए । पार्टीका मधेसी नेताहरुले आफुहरुको सहभागिता न्यून रहेको भन्दै पार्टी नेतृत्वमा आफुहरुको प्रतिनिधित्व बढाउन चर्को दवाव दिइरहेका छन् । मधेसी नेताहरुले पार्टीको पोलिटब्यूरो, केन्द्रीय समिति, स्थायी समिति र पदाधिकारीमा मधेसी नेताहरुको प्रतिनिधित्व कम भएको भन्दै यो बैठकबाट प्रतिनिधित्व गराउन जोड दिएका छन् । एमाओवादीका मधेस ब्यूरो प्रमुख हरिबोल गजुरेलले आङ्खना मागहरु नसुनिए परिणाम फरक हुने बताए । 

 

नेता रामकुमार शर्माले पार्टीबाट अलग हुने कुरा सोची नसकेको भएपनि मधेस केन्द्रित मुद्दाहरु नेतृत्वले वेवास्ता गरेको खण्डमा त्यो प्रतित्युत्पादक हुने बताए । घुमाउरो शैलीमा उने भने –  “मधेसीका मुद्दा नेतृत्वले सम्बोधन नगरे पार्टीको लागि घातक हुन्छ, सबै मधेसीको आवाज नै आफुहरुले उठाएका कारण नेतृत्वले ध्यान दिनैपर्छ ।”

 

एमाओवादी भित्रका मधेसी मुलका नेताहरुले पार्टीमा हुने महिला सहभागितामा समेत मधेसी महिलाको उल्लेख्य सहभागिता हुनुपर्ने आवाज चर्काइरहेका छन् । महिला, दलित आदिको सहभागिताले मात्र नहुने, त्यो भित्र पनि मधेसीहरुको सहभागितालाई जोड दिनुपर्ने उनीहरुको माग छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक