20130604

पूर्व राजा ज्ञानेन्द्र शाह तराई भ्रमणमा !

-दिनेश शर्मा
राजविराज, २१ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाह तराई भ्रमणका लागि जेठ अन्तिम साता सप्तरी आउने भएका छन् । सम्वाद सचिव डा.फणिराज पाठकले आज (मंगलवार) राजविराजमा पत्रकार सम्मेलन गरेर पूर्व राजा शाह जेठ–२७ गते सप्तरी आउने लागेको जानकारी दिए । पूर्व राजा शाह धार्मिक उदेश्यका साथ आउन लागेका हुन् । उनले भारदहस्थित कंकालनी मन्दिर, हनुमाननगरको हनुमान मन्दिर, छिन्नमस्ताको छिन्नमस्ता भगवती मन्दिर, राजविराजको राजदेवी मन्दिरमा पुजा गर्ने कार्यक्रम छ । पूर्व राजा शाहले स्थानीयसँग  पनि भेटघाट गर्ने छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक