20130605

बेलायतस्थित रेडिङ सहर नजिक आर्वरफिल्ड निवासी एक नेपाली महिलाको बलात्कारपछि हत्या, हत्याको खवरले बेलायतको नेपाली समाज स्तव्ध !


बेलायतस्थित रेडिङ सहर नजिक आर्वरफिल्ड निवासी एक नेपाली महिलाको बलात्कारपछि हत्या भएको छ ।
पाँचथर थर्पु– ६ स्थायी घर भएकी ४० वर्षीया कृष्णमाया माबोको हत्या भएको हो । गत आइतबार साँझ ६ बजे घरबाट हिंड्डुल गर्न निस्किएकी माबो मध्यरातसम्म पनि नफर्किएपछि परिवारले स्थानीय प्रहरीलाई खवर गरेको थियो । प्रहरीले तालिमप्राप्त कुकुर र हेलिकप्टरको सहयोगमा त्यस रातभर खोजी गरे पनि केही पत्ता नलागेपछि भोलिपल्ट सोमबार पुनः खोजी गर्दा घरबाट करिब दुई माइल टाढा रोविन हुड कोप्स्को गहुँबारीमा दिउँसो एक बजेतिर शव भेटिएको उनका श्रीमान ठालुमान माबोले बताए । ठालुमान ब्रिटिश आर्मीमा १६ वर्ष जागिर गरेर अवकासपछि हाल आर्मीकै एमपीजिएसमा कार्यरत छन् । उनका अनुसार, कृष्णमायाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ । शव हाल रोयल बक्र्ससायर हस्पिटल रेडिङमा राखिएको छ । थेम्स् भ्याली पुलिसले हत्या आरोपमा तीस वर्षीय एक पुरुषलाई पक्रिएर अनुसन्धान भइरहेको जनाए पनि विस्तृत केही बताएको छैन । सन् २००० देखि
बेलायत बस्दै आएकी कृष्णमायाका श्रीमान, एक छोरा र दुई छोरी छन् ।  हत्याको खवरले बेलायतको नेपाली समाज स्तव्ध छ । पाँचथर सेवा समाज यूकेका कोषाध्यक्ष नगेन्द्र लिम्बुले हत्यापछि समस्त पाँचथरवासी मर्माहत भएको उल्लेख गर्दै उनको अन्त्येष्टिमा सघाउन सबै लागिरहेको जनाए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक