20130606

राष्ट्रका धरोहर जनकबी केशरी धर्मराज थापा सिकिस्त बिरामी, अस्पताल भर्ना, सरकार द्वारा बेवास्था !

अन्तराष्ट्रिय कलाकार मँचद्वारा उपचारमा ध्यान दिन सरकार सँग आग्रह, शिघ्र स्वास्थ्यलाभको कामना
अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष राम प्रसाद खनालले अमेरिकाबाट एक प्रेस बिज्ञप्ती जारी गर्दै नेपाली लोक संगीत र साहित्यिक आकाश का नक्षेत्र जनकबी केसरी धर्मराज थापा सिकिस्त बिरामी पर्नु भएको र वहाँको उपचारमा सरकारले कुनै ध्यान नपुर्याएको समाचारले मँच चिन्तित भएको बताउनुभएको छ । "राष्ट्रका यस्ता सम्पत्ती को ऊपचारमा ध्यान नदिने तर देश भताभुँग पार्ने नेताहरु लाई भने रातारात हवाइ एम्बुलेन्स मगाएर बिदेश उपचारमा पठाउने, राष्ट्रको धन सम्पत्ती नस्ट गर्ने सरकारी रवैया प्रती हामीलाई खेद छ" मँचले मा भनेको छ । यथा शिघ्र सरकार ले वहाँको स्वास्थ्य उपचारमा ध्यान पुर्याओस । राष्ट्रका यस्ता धरोहर हरुको सम्मान र रक्षा गर्न सिकोस भन्दै खनालले

मा वहाँको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।  जनकविकेशरी धर्मराज थापा श्वासप्रश्वास र उच्च रक्तचापको समस्याले सिकिस्त भएपछि बुधबार पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भएका छन्। बिहानबाट श्वास्प्रश्वासमा समस्या देखिएको र रक्तचाप बढेपछि उनलाई पहिले फेवासिटी र पछि क्षेत्रीय अस्पताल पुर्याशई आइसियुमा भर्ना गरिएको हो। पहिले फेवा सिटी हस्पिटल पुर्या इएका उनको अवस्था त्यहाँ झन् गम्भीर भएपछि चिकित्सकको सल्लाहमा आइसियुमा भर्ना गर्न अपरान्ह ४ बजेतिर परिवारले क्षेत्रीय अस्पताल पुर्यासएका थिए। उपचारका क्रममा राजधानीमा रहेका थापालाई चार दिनअघि पोखरा ल्याइएको हो। ८९ वर्षीय थापाले अशक्त भएपछि जन्मथलो पोखरा नजिकैको बाटुलेचौरमा लगिदिन छोराहरुलाई आग्रह गरेका थिए। जनकवि यसअघि दाहिने हात नचल्ने समस्याबाट पीडित थिए। हात चल्न छाडेपछि १५ दिन काठमाडौंमा उपचार गराइएको माइला छोरा कुञ्जराज थापाले जानकारी दिए। अस्पतालमा उनलाई भेट्न आफन्त र शुभचिन्तक पुगेका थिए। 'हात नचलेपछि १५ दिनयता फिजियोथेरापी गर्दै आएका थियौं,' उनका छोरा कुञ्जराजले भने, 'हातको उपचार गर्दागर्दै दाहिने खुट्टा पनि कमजोर हुन थाल्यो। आज एक्कासी दम र रक्तचाप पनि बढ्यो।' बाटुलेचौरस्थित गन्धर्वका छिमेकी धर्मराजले २०१३ सालमा तत्कालीन राजा महेन्द्रबाट जनकविकेशरी उपाधि पाएका हुन्। देशविदेशमा नेपाली लोकगीतलाई चिनाउने काम गरेकाले उनले राजाबाट उक्त उपाधि पाएका थिए। ६ महिनादेखि उनी औषधीको भरमा धानिएको परिवारले जनाएको छ। उनले ६० वर्षसम्म अनवरत लेखनमा सक्रिय भई नेपाली कला र साहित्यलाई उचाइमा पुर्याेउन योगदान दिएका छन्। 'हरियो डाँडामाथि हलो जोत्ने साथी' बोलको उनको गीत सर्वाधिक लोकप्रिय छ। तागत छउन्जेल कहिल्यै लेख्न नथाक्ने थापा रसिक समेत छन्। १९८१ सालको साउने संक्रान्तिमा जन्मेका धर्मराज सानैदेखि भजन, किर्तन, लोकगीत र लोकगाथामा औधी रुचि राख्थे। थापाले २००१ सालमा तत्कालीन श्री ३ सरकारको गुठी बन्दोबस्त अड्डामा जागिर खाने मौका पाएका थिए। उनी पहिलोपटक १९९६ सालमा सतबीउ छर्न आफन्तसँग काठमाडौं छिरेका थिए। उनले 'मंगली कुसुम' गीति काव्यको लागि २०२५ सालमा मदन पुरस्कार पाएका थिए। उनका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक