20130604

मातृभूमिका लागि यूवा अभियान कतारको प्रथम साधारण सभा भव्यताका साथ सम्पन्न



 टेकराज थापा, कतार / देश विदेशमा छरिएर रहेका नेपालीहरुले आफनो जन्मभूमि प्रति केही गर्नुपर्छ भन्ने महान उद्देश्यले स्थापित सामाजिक सस्था मातृभुमिका लागि यूवा अभियान कतारको प्रथम साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । तदर्थ समितिका अध्यक्ष श्री के.वि.हमालको अध्यक्षता र प्रथम उपाध्यक्ष
श्री भुवन के.सीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त सभामा प्रमुख अतिथिको रुपमा थाइल्याण्डको बैकंकबाट उपस्थित हुनुभएका गैर आवासिय नेपाली संघ थाइल्याण्डका महासचिव तथा सो सस्थाका संस्थापक अध्यक्ष श्री सुनिल खडकाले दिप प्रज्वलन तथा व्यानर खोलेर साधारण सभाको उदघाटन गर्नुभएको थियो । सो सभामा विषेश अतिथिको रुपमा मलेशियाबाट उपस्थित हुनुभएका सस्थाका केन्द्रिय महासचिव होव खड्काले सस्था निस्वार्थ सामाजिक भएको र यो कुनै राजनैतिक दल समुह र बादीसँग सम्वन्धित नभई जोश जागर र कला कौशल भएका आफनो जन्मभूमिको लागि केही गर्नुपर्छ भन्ने यूवाहरुको जमातबाट शुरु गरिएको सामाजिक अभियान भएको कुरामा प्रष्टयाउनु भएको थियो । सभामा विषेश अतिथिको रुपमा रहनुभएका गैरआवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सचिव टि.वि कार्कीले मन्तव्य दिदै यो सस्थाले यदि देश र समाजको हितको लागि सामाजिक रुपमा आफनो अभियानलाई अगाडि बढाएमा सवै नेपालीहरुको साथ र सहयोग पाउनेछ भन्दै युवाहरुको बर्तमान स्थिति,बैदेशिक रोजगारले देशको अर्थतन्त्रमा पारेको प्रभावको बारेमा प्रकाश पार्दे बैदेशिक रोजगार हाम्रो लागि बाध्यता मात्र नभई यो एउटा अवसर पनि हो र यो अवसर र बाध्यताबस प्रवासमा रहेका आम अप्रवासीहरुलाई अनुकुल हुने योजना यो सस्थाले ल्याउनेछ भन्दै सस्थाका सस्थापक अध्यक्ष्यको प्रशंसा गर्नुभयो । त्यस्तै उक्त सभामा अतिथिको रुपमा उपस्थित हुनुभएका वरिष्ठ समाजसेवीहरु कमलमणि गुरागाई, सागर नेपाल, गैरआवसिय नेपाली संघ कतारका अध्यक्ष अमृत गुरुग, समाजसेवी रामहरि गैरे, कान्तिपुर अन्तराष्ट्रिय साप्ताहिकबाट सौरभ पहाडी, समाजसेवी तथा व्यावसायी राजेश दर्शन अर्याल, कमल घिमिरे, युवाहरुको सर्न्दर्भमा दिपक खडका लगायतले मन्तव्यको क्रममा अभियान समय सापेक्ष भएको तर यो अभियानलाई मात्र सामाजिक तवरले अगाडि बढाउनु पर्ने र भावि योजनाहरुलाई पनि व्यवहारमा उर्तानु पर्नेमा जोड दिनुहुदै साधारण सभाको पर्ूण्ा सफलताको कामना गर्नुभएको थियो । त्यसै गरि नेपाली महिला समाजकी अध्यक्ष रेखा र्राईले यो सस्थाको स्थापनाले आफुलाई खुशि तुल्याएको भन्दै आगामी दिनका सामाजिक कार्यमा आफनो सहयोग रहनेछ भन्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

मन्तव्यको क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै केन्द्रिय अध्यक्ष सुनिल खडका्ले यो अभियान एक सामाजिक अभियान भएकाले अव समाजलाई परिवर्तन गर्न नयाँ ढंगले लाग्नर्ुपर्छ भन्नुहुदै आफुहरुले नेपाली समाज नेपाली जनता र समग्र नेपाललाई समृद्ध बनाउन चाहेको बताउनुभयो । यो सस्था झन्डा बोक्ने, सडकमा टायर बाल्ने सस्था नभएको भन्दै बैदेशिक रोजगार, युवाहरुको अवस्था, नेपाली राजनिति र राजनेता र वर्तमान समाज सेवाको बारेमा बोल्दै भुगोलमा रहेका नेपालीहरु यदि एक भएर लागेमा सम्पन्न नेपाल निर्माणको लागि समय नलाग्ने र यो सस्था नेपाली समाजमा सामाजिक परिवर्तनका लागि स्थापना गरिएको र यसमा आवद्ध हुनलाई सवैलाई आग्रह गर्नुभयो । आगामी अक्टुवरमा राजधानी काठमाडौमा विश्व सम्मेलन हुने र उक्त सम्मेलनमा आफना भाविकार्य दिशाहरु घोषणा हुने र त्यो अवधिसम्म सस्थालाई विश्वव्यापिकरण बनाउदै लगिने र यसमा हाल सम्म हजारौ नेपाली युवायुवतीहरु आवद्ध भएको कुरामा पनि दावी गर्नुभयो । यो सस्थाको बारेमा आफुले लामो अध्ययन र नेपालका उच्च पदस्थ अधिकारीहरुसगँ पनि यसको बारेमा छलफल चलाएको पनि बताउनुभयो ।  त्यस्तै बक्ताहरुमा केन्द्रिय सहसचिव तथा मध्यपर्ूव संयोजक नन्द प्रसाद ढुग्ाांनाले आफुले यो संस्थालाई एक सामजिक सस्थ्ााको रुपमा अघि बढाएको र सवैलाई सामाजिक संस्थाको रुपमा बुझिदिन आग्रह गर्दै समाज परिवर्तनको लागि यो सस्था अपरिहार्य छ भन्नुभयो ।

सो साधारण सभाको उत्तर्रार्धमा तर्दर्थ समितिलाई विघटन गरि नयाँ कार्यसमिति चयनको लागि सवैसँग अनुरोध गरिएको थियो, उपस्थित सवैबाट तर्दथ समितिका पर्ूव पदाधिकारीहरुलाई नै निरन्तरता दिन र्समथन जनाए पश्चात आवश्यक पदाधिकारीहरुलाई पछि थपघट हुने गरि नयाँ कार्य समिति चयन गरिएको छ ।

नयाँ कार्य समितिमा अध्यक्ष केवी हमाल, प्रथम उपाध्यक्ष भुवन केसी, द्धितिय उपाध्यक्ष सविना दाहाल, सचिव कमल प्रसाद शर्मा खरेल, सहसचिव रविन्द्रराज पुरी, कोषाध्यक्ष विक्रम कार्की तथा सदस्यहरुमा गणेश श्रेष्ठ, गौतम रिजाल, शुशिल पौडेल, रेशम पौडेल, पुरषोत्तम दाहाल, रिम सापकोटा, भिमलाल विक, डिल्लीराम सिग्देल, तिर्थ खत्री, रेवती ढकाल, सल्लाहकारमा कमल घिमिरे, दिपक खडका तथा र्सर्ूय विसि रहनुभएको छ भने आवश्यकता अनुरुप सदस्यहरुमा पछि थपघट हुन सक्ने गरि नयाँ कार्य समितिको चयन गरिएको छ ।
कमल प्रसाद खरेलले सन्चालन गर्नुभएको सो सभामा बोल्दै उक्त कार्यसमितिले केन्द्रिय समितिको मातहतमा रहेर भावि कार्यदिशा तय गर्ने र सामाजिक विषयहरुमा संघसस्थाहरुसग हातेमालो गर्दै अघि बढने कुरा नव निर्वाचित अध्यक्ष केवि हमालले बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक