20130611

एसएलसीको नतिजा सार्वजनिक : ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी मात्र पास

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०६९ सालको एसएलसीको नतिजा मंगलबार सार्वजनिक गरेको छ । यसवर्ष पोहोरको भन्दा उतीर्णदर घटेको छ । पोहोर ४७ दशमलव १६ प्रतिशत विद्यार्थी उतीर्ण भएकोमा यसवर्ष ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ ४ लाख ३ हजार ९ सय ३६ मध्ये १ लाख ६७ हजार ९ सय ३५ जना पास भएका छन् ।
यसमध्ये विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, द्वितीय श्रेणीमा ६९ हजार ८ सय ३० र तृतीय श्रेणीमा ५ हजार १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै एक्जाम्पटेडतर्फ १लाख ७ हजार २ सय २९ मध्ये ८ हजार ३ सय १८ जना पास भएका छन् । एक्जाम्पटेडमा बिशिष्ट श्रेणीमा कोहीपनि उतीर्ण भएका छैनन् । प्रथम श्रेणीमा एकसय १७, द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ र तृतीय श्रेणीमा २ हजार ३ सय ५३ जना पास भएका छन् । परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.soce.gov.np , शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np , शिक्षा विभागको www.doe.gov.np , र नेपाल टेलिकमको www.slc.ntc.np हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ । यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण
कार्यालयले जनाएको छ । यसैबीच एसएलसीमा दुई विषयमा अनुतीर्ण हुने परीक्षार्थीको लागि साउन २० देखि २७ गतेसम्म पुरक परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक