20130611

पूर्व राजा ज्ञानेन्द्र शाहले विभिन्न धार्मिक स्थलहरुमा गएर पुजा अर्चना गरे

सिरहा/ पूर्वराजा ज्ञानेन्द्र शाहलाई मंगलबार सिरहाको लहानमा भव्य स्वागत गरिएको छ । उनलाई स्थानीयबासीहरुले फूलमाला लगाएर स्वागत गरेका थिए । जिल्ला दौडाहाको क्रममा मंगलबार सिरहाको लहान आइपुगेका पूर्व राजा साहलाई स्वागत गर्न समर्थकहरुको भिड लागेको थियो । आफ्ना समर्थकहरुको स्वागत पछि पूर्व राजा साहले आजै जिल्लाको विभिन्न
धार्मिक स्थलहरुमा गएर पुजा अर्चना गरेका छन् । उनी सिरहाको लहान नगरपालिका स्थित दुर्गा मन्दिर र १० किलोमिटर उत्तरमा रहेको ढोढना गाविसमा रहेको राजदेवी मन्दिर पुजा गरेका छन् । पूर्व राजा साह कडा सुरक्षाको बिच पुजा गरेका थिए । पुजाको गर्ने क्रममा उनले दुवै ठाउँको मन्दिर व्यवस्थापन समितिलाई एक-एक लाख रुपैया आर्थिक सहयोग गरेका छन् ।
करिव २ बजे सिरहा प्रवेश गरेका शाहका समर्थकहरुले राजा आउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, मेची महाकाली हल्ला छ राजा आउने पक्का छ, २०४७ को संविधान बहाली गर लगायतका नारा लगाएका थिए ।  
पूर्वराजा सिरहा आउने जानकारीसंगै संयुक्त विद्यार्थी संगठनले लहानमा निर्माण गरिएका स्वागत द्वारलाई गएराती भत्काएर आगजनी समेत गरेका थिए । तर पूर्व राजा आएका बेला केही अप्रिय क्रियाकलाप भएन । उनी आजै सिरहाको लहान स्थित मारवाडी सेवा सदनमा केही बेर बसेर शुभचिन्तकहरुसंग भलाकुसारी गरेका छन् । 
पूर्व राजा ज्ञानेन्द्र शाह अहिले मध्य तराईको भ्रमणमा निस्किएका छन् । काठमाडौंबाट बारा पुगेका पूर्व राजा ज्ञानेन्द्र सत्परी, महोत्तरी, सिराहा, भनुषामा जाने कार्यक्रम तय भएको छ।
तर पर्साबाट अन्य जिल्लामा जाने तयारी सुरु भइरहँदा विरोध प्रदर्शन पनि गर्न लागिएको छ। सप्तरीमा स्वागतका लागि सप्तरीमा बनाइएको द्वारमा गएराती तोडफोड र आगजनी गरिएको छ।
स्वागतका लागि सप्तरीमा बनाइको स्वागत द्वार गएराति संयुक्त विद्यार्थी संगठनका नेता कार्यकर्ताले तोडफोड गरी आगो लगाएका छन् । नेविसंघ, मधेशी विद्यार्थी फोरम नेपाल, मधेशी विद्यार्थी फोरम लोकतान्त्रीक, अनेरास्ववियु, नेकपा–माओवादी निकटको अनेरास्ववियु क्रान्तिकारीलगायतका संगठनले नगर क्षेत्रमा निर्माण गरीएका दर्जन बढि स्वागतद्वार तोडफोड गरी आगो लगाएका हुन् ।
 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सबै विचारका शक्ति अटाउन सक्ने प्रजातन्त्र अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
    झापाको सुरुङ्गामा सोही पार्टीको गाउँ समिति प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले संविधानसभाको पहिलो निर्वाचबाट ठूलो दल बनाइएकाबाट जनताको भावनाअनुरुप गर्न नसक्दा अहिले मुलुक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ भन्नुभयो ।
    सङ्घीयताको नाराले देश विघटन र विखण्डनको बाटोतिर उन्मुख भइरहेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष थापाले नेपालमा आफ्नो मौलिक धर्म, संस्कृति र परम्परालार्ई स्थायित्व दिन आर्थिक प्रलोभनबाट मुक्त हुनुपर्र्नेमा जोड दिनुभयो ।
    राप्रपा नेपालका केन्द्रीय सदस्य राजेन्द्र लिङ्देन, बिना तमाङ र राम थापाले गलत बाटोबाट मुलुकलाई हिंडाउने कामबाट मुक्त गराउन नयाँ जनादेशको खाँचो रहेको बनाउनुभयो ।
    राप्रपा नेपाल सुरुङगा गाउँ समितिका अध्यक्ष खेमराज कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा किसान सङ्घका केन्द्रीय अध्यक्ष प्रजापति कोइराला, राप्रपा नेपाल झापाका जिल्ला अध्यक्ष रोहितसिंह राजवंशी, सचिव धु्रव कोइराला, रघुनाथ शिवाकोटी, कुमार भट्टराई र ध्रुव उप्रेतीले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक