20130611

आफ्नै पत्नीलाई धारितलो हतियार प्रहार गरेर हत्या, दुई छोरा र एक छोरीपनि घाईते !

रुकुम जिल्लामा भीमलाल ओलीले आफ्नै पत्नीलाई धारितलो हतियार प्रहार गरेर हत्या गरेका छन् ।
नुवाकोट–८ का भीमलालले आज (मंगलबार) विहान एक बजे ४२ वर्षीय पत्नी पवित्रा केसीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरी निरीक्षक ओमबहादुर रानाले जानकारी दिए । घरायसी विवादमा भीमलाले पत्नीलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्दा उनका दुई छोरा र एक छोरीपनि घाईते भएका छन् । बाबुले प्रहार गरेको खुकुरी लागेर १० बर्षीय छोरा प्रेम ओली, १५ बर्षीय तुलसीराम ओली र १८ वर्षीय छोरी विमला ओली घाइते भएका छन् । घाईतेको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ । घाइते दुबै छोराहरुको अवस्था गम्भीर छ । पत्नीको हत्या गर्ने भीमलाल फरार छन् । प्रहरीले उनको खाजी कार्य शुरु गरेको जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक