20130616

को को भए न्यायाधिश ? हेर्नुस सम्पूर्ण विवरण

नवनियुक्त पुनरावेदन एवं जिल्ला न्यायाधीशहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरुले आइतबारदेखि नै पदभारसमेत ग्रहण गर्नुभयो । सर्वोच्च अदालतस्थित न्याय परिषद् सचिवालयको सभाकक्षमा आयोजित एक कार्यक्रममा नवनियुक्त न्यायाधीशहरुले शपथ लिनुभएको थियो । उहाँहरुलाई.. को को भए न्यायाधिश हेर्नुस सम्पूर्ण विवरण :
सर्वाेच्च अदालतमा काजमा रहनुभएका नेपालगञ्ज पुनरावेदन अदालतका मुख्य न्यायाधीश केशवप्रसाद मैनालीले शपथ गराउनुभएको थियो । शपथग्रहण कार्यक्रममा न्याय परिषद्का अध्यक्षसमेत रहनुभएका कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद शाह, न्यायाधीश गिरीशचन्द्र लाल लगायत सर्वाेच्च अदालतका न्यायाधीशहरु, न्याय परिषद्का सदस्यहरु, न्याय परिषद् एवं सर्वाेच्च अदालतका वरिष्ठ अधिृकतहरुको उपस्थिति थियो । यही जेठ २६ गते न्याय परिषद्ले पुनरावेदन ८० र जिल्ला न्यायाधीश ८९ गरी कुल १६९ न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो । परिषद्को सिफारिसअनुसार कामु प्रधानन्यायाधीश शर्माले उहाँहरुलाई यही जेठ २७ गते न्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।
    पुनरावेदन अदालतको स्थायी न्यायाधीशमा ४७ र अतिरिक्त न्यायाधीशमा ३३ जनालाई नियुक्त गरिएको थियो । नवनियुक्त न्यायाधीशहरुमध्ये केही न्यायाधीश भने आइतबारको शपथग्रहणमा अनुपस्थित हुनुहुन्थ्यो । कामविशेषले बाहिर हुनुभएकोले अनुपस्थित रहनुभएको सर्वाेच्च अदालतले जनाएको छ ।
    नवनियुक्त  पुनरावेदन तथा जिल्ला न्यायाधीशहरुलाई तत्काल सर्वाेच्च अदालतमै हाजिर गर्ने व्यवस्था मिलाइएको सर्वाेच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलले बताउनुभयो । ‘तत्काल सर्वाेच्चमै हाजिर गरी पदभार ग्रहण गराइयो, तालिम लिएपछि आ–आफ्नो पदस्थापन भएको स्थानमा सबै जानुहुनेछ’, उहाँले भन्नुभयो ।
यसैबीच, आइतबार शपथ लिनुभएका शम्भुराम कार्की छ दिनका लागि पुनरावेदन अदालतको स्थायी न्यायाधीश नियुक्त हुनुभएको छ । उहाँ यही असार ८ गते उमेर हदका कारण सेवानिवृत हुँदै हुनुहुन्छ । स्थायी पुनरावेदन न्यायाधीशको हैसियतमा कार्कीले न्याय सम्पादन नगर्दै सेवानिवृत  हुनुहुनेछ । पुनरावेदन न्यायाधीशको उमेर हद ६३ वर्ष हो ।
नवनियुक्त न्यायाधीशहरुका लागि राष्ट्रिय न्यायिक प्रतिष्ठानले आउँदो साउन ७ गतेदेखि ४५ दिने प्रशिक्षण सञ्चालन गर्दैछ । तर त्यस प्रशिक्षणमा सहभागी भएको भोलिपल्टै कार्की सेवा निवृत हुने न्याय परिषद् सचिवालयले जनाएको छ ।
    यसैगरी, नवनियुक्त एकमात्र महिला जिल्ला न्यायाधीश निर्मला पौडेल भट्टराई पनि आइतबारको शपथग्रहणमा अनुपस्थित हुनुहुन्थ्यो । घरायसी कारणले शपथमा अनुपस्थित उहाँले जिल्ला न्यायाधीशमा नियुक्ति नलिने मनस्थिति बनाउनुभएको बताइएको छ । यद्यपि एक महिनाभित्र नियुक्तिलिएर शपथ लिनुपर्ने व्यवस्था न्यायाधीशहरुको सेवा, शर्तसम्बन्धी कानुनमा छ ।


 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक