20130712

वर्षासँगै आएको बाढीको कारण पूर्वी नेपालको जनजीवन प्रभावित

- सन्तोष काफ्ले/ईश्वरराज ढकाल

सुनसरी/ लगातारको वर्षासँगै आएको बाढीको कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ। वर्षासँगै आएको बाढीका कारण पूर्वी नेपालमा ५ जनाको मृत्यु भएको छ भने हजारौं परिवार घरबारविहीन भएका छन्। सुनसरी, मोरङ, झापा, धनकुटालगायतका स्थानमा खोलामा आएको बाढीका कारण जनजीवन अस्तव्यस्त छ। बाढीका कारण झापाको शरणामती–८ का राजु कर्मकारका २ वर्षीय छोरा रोहमन कर्मकारको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१५ भान्टाबारीमा एक वृद्धा र सोही स्थानमा उदयपुर चिलाउने–८ का ७२ वर्षीय तुलबहादुर राई, त्रिवेणी–४ की ३० वर्षीया प्रमिला मगर र मोरङ सिंहदेवी–७ बस्ने १८ वर्षीय सुजन लिम्बूको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यलय विराटनगरले जनाएको छ। अविरल वर्षासँगै आएको बाढीले झापाको पाँचगाछी–१ मा नाम नखुलेकी एक महिलालाई कमल खोलाले बगाएको छ भने दमक–१ का २४ वर्षीय शिव राई, दमक–१३ का २५ वर्षीय धीरज ताजपुरिया र अर्का नाम नखुलेका युवालाई रतुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ। धनकुटामा पहिरो जाँदा ३ वटा घर भत्किएको छ भने १७ लाखभन्दा बढीको क्षति भएको छ। धनकुटा नगरपालिका वडा नं. १ सिंजाली गाउँका गोविन्द मगरको २ वटा घर तथा धनकुटा नगरपालिका वडा नं. ४ का दुर्गाबहादुर राईको घर पहिरोले बगाएको छ। बाँसको टाटीले बारेको घर भत्किँदा ४० हजार बराबरको क्षति भएको छ। पहिरोको कारण सिंजालीको पोल्टिफार्मका १ सय कुखुरा मरेका छन्। त्यस्तै कुखुराका लागि राखिएका ८५ हजार बराबरको दाना, ५ क्विन्टल आलु, घरमा रहेको टेलिभिजन, दराज र अन्य सामग्री पनि पहिरोमा
परेको छ। उनीहरू अहिले छिमेकीको घरमा शरण लिइरहेका छन्।
सुनसरीको सेउती खोलामा आएको बाढीका कारण धरान–इटहरी सडक खण्डमा रहेको सेउती पुल जोखिममा परेको छ। पुलका तीनवटा पिलरमध्ये एउटा पिलर नजिक पानीले १५ मिटरभन्दा गहिरो खाडल पारेपछि पुल जोखिममा परेको हो।
खोलाको पुल नजिक ५ सय मिटर वरपर गिटी बालुवा निकाल्न नपाइने भए पनि सेउती पुल नजिकै स्काभेटर प्रयोग गरी गिटी बालुवा निकालिएकाले पुल खतरामा परेको सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सोभितलाल ठाकुरले जानकारी दिए। बाढीका कारण सुनसरीका दक्षिणी गाविसहरू श्रीपुर, हरिपुर, हरिनगारमा दर्जनौं घर डुबानमा परेका छन् भने सुनसरी सदरमुकाम इनरुवाकाका आधा दर्जन वडा डुबानमा परेका छन्। बाढीले मोरङको रंगेली इटहरा विराटनगरलगायतका स्थानमा क्षति पुर्याएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी ट्रस्टमार्फत सुदूरपश्चिम र मध्यपश्चिमका बाढीपीडितलाई सहयोग गर्न आ≈वान गरेपछि ३८ लाख ७४ हजार ९ सय ५९ रुपिया“ र जिन्सी सामग्री संकलन भएको छ।
हिमानी ट्रस्टको बाढीपीडित राहत कोषले सार्वजनिक सूचना जारी गरेपछि उक्त नगद र जिन्सी संकलन भएको जनाइएको छ। हिमानी ट्रस्टका पदाधिकारी र परिवारसहित सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा राहत वितरण गर्न पूर्वराजा शाह साउन ८ गते जाने तयारी गर्नुभएको छ।
कोषमा हिमानी ट्रस्टका संरक्षक रहनुभएका पूर्वराजा शाहले २५ लाख, ट्रस्टका अध्यक्ष पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वराजाका छोरी प्रेरणा सिंहले ५÷५ लाख रुपिया“ सहयोग गर्नुभएको छ।
सो कोषमा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले ५ हजार, ग्रोइङ प्रालिले ५० हजार, गौरव अग्रवाल र शास्ता राणाले २५÷२५ हजार पूर्वब्रिगेडियर जनरल मदनविक्रम राणाले १० हजार, भरतकेशरी सिंहले ५ हजार, पूर्वप्रधान सेनापति प्रबलशमशेर राणाले ५ हजार ५ रुपिया“ सहयोग गर्नुभएको छ।
सहयोग गर्नेमा विजयालक्ष्मी राणाले ३१ हजार १ सय ११, धाबुप प्रसाईंले ११ हजार १ सय १, राजविक्रम सिंहले १० हजार, उदयशमशेर जबराले १५ हजार, जनक खनालले २५ हजार, सृजना राणाले २५ हजार, एफबी नेवारी कम्युनिटीले २० हजार, विनोद सिंहले २० हजार रुपिया“ सहयोग गरेका छन्।
ट्रस्टले दिएको जानकारीअनुसार ४१ जनाले नगद सहयोग गरेका छन्। ट्रस्टले जिन्सी सामग्रीसमेत सहयोग माग गरेपछि ट्रस्टका पदाधिकारी र अन्य सर्वसाधारणले समेत सहयोग गरेका छन्।
सगुन शाह मार्फत निसहाय सेवा सदनले ४ कार्टुन कपडा, चन्दन थापा, जनकबहादुर सिह, डा. सुजाता पुडासैनीले लत्ताकपडा, नेबिको प्रालिले १३ कार्टुन विस्कुट, हिमानी ट्रष्टले ३ सय ६८ जोर लत्ता कपडा, पद्दमा भण्डारी गुरागाइले २५ जोर कुर्ता सुरुवाल, १५ जोर सर्ट पाइन्ट र ३० जोर बच्चाको कपडा सहयोग गरेका छन्। सिता खड्गी, अर्शिया शाह, पार्थबबहादुर सिह लगायतले कपडा सहयोग गरेका छन्। एच एण्ड एच, क्वेस्ट, लोमस, सिटिएल र एनपीएल फर्मास्युटिकल्सबाट जुका र झाडा पखालाका औषधी तथा साबुन लगायत सामग्री सहयोग गरेको ट्रष्टले जनाएको छ। ट्रष्टले दिएको जानकारी अनुसार १६ जनाले जिन्सी सहयोग गरेका छन्। ट्रष्टले पुर्वराजपरिवारका सदस्य सहितको टोलीले बाढिपीडित परिवारलाई सहयोग गर्ने कार्यक्रम रहेको छ। सबै जनतालाई जानकारी दिन सहयोगको रकम र सामग्रीको विवरण सार्वजनिक गरिएको ट्रष्टले जनाएको छ।
हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाह, प्रेरणा, दिलाशा ,सिताष्मा लगायत ट्रष्टका कार्य समितिका पदाधिकारी सहितको टोली ६ गते र पूर्व राजा पूर्व रानी कोमल , नाती ह्ृदयेन्द्र र दुई नातिनी सहितको टोली साउन ८ गते धनगढी जाने कार्यक्रम तय भएको छ। पूर्व राजा पुगेकै दिनबाट राहत बाड्ने कार्यक्रम रहेको छ। पूर्वराजपरिवार सुदुरपश्चिमको महेन्द्रनगर र त्यसपछि दार्चुला जाने कार्यक्रम रहेको छ। सुदुरपश्चिमको भ्रमण सकिएलगत्तै नेपालगंज फर्किने र मध्यपश्चिमको वर्दियाका वाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।
हिमानी ट्रष्टले तय गरेको कार्यक्रम अनुसार पुर्वराजा सहित उहाको सम्पुर्ण परिवारले राहत वितरण गर्ने कार्यक्रम रहेको छ। राहत वितरण गरी पूर्व राजपरिवारको टोली साउन १६ गते काठमाडौ फर्किनेछ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक