20130711

शतिले श्राप गरेको देशमा : सर्बहारा नेताहरु सामान्य पेट दुख्दा श्रीमती जचाउन सिङापुर जान्छन, कोही जापान गएर राज्यको ६० लाख कुर्लुम्म खान्छन, कोही अमेरिका धाउँछन्, कोही एयर एम्बुलेन्स मगाएर थाइल्यान्ड पुग्छन तर यि सामन्ती, पञ्चे, निरँकुश, दमनकारी आदी उपनाम पाएका पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ औषधी किन्न नसक्ने भएर मृत्‍यु को दिन कुर्दैछन, यमराजलाई छिटो डाक्दैछन !

प्रधानमन्त्री भएर नेपाल हाँकेका मान्छे । उनको कार्यकालमा न उनी भारत सँग झुके न त चाइना सँग चुके । न त अहिलेका सर्बहारा नेताले  जस्तो करोडौँ को महल बनाएर बसे, न त उनी कुनै एक रुपैयाँको भ्रस्टाचार मा सँलग्न भए । चुरोट तान्ने तर अरु कुनै नाजायज काम नगरेका यि मनुवा मरिचमान सिंह श्रेष्ठ शतिले श्राप गरेको देशको इमान्दार प्रधानमन्त्री भएकै कारणले होला फोक्सोको क्यान्सर ले ग्रस्थ भएर मृत्‍यु शैयामा छटपटाइरहँदा पनि न कसैले उनलाई हेरेको छ न त उनी प्रधानमन्त्री भएर चलाएको देशको बर्तमान सरकार ले । सर्बहारा नेताहरु सामान्य पेट दुख्दा श्रीमती जचाउन सिङापुर जान्छन, कोही जापान गएर राज्यको ६० लाख कुर्लुम्म खान्छन, कोही अमेरिका धाउँछन्, कोही एयर एम्बुलेन्स मगाएर थाइल्यान्ड पुग्छन तर यि सामन्ती, पञ्चे, निरँकुश, दमनकारी आदी उपनाम पाएका पूर्व प्रधानमन्त्री औषधी किन्न नसक्ने भएर मृत्‍यु को दिन कुर्दै छन । यमराजलाई छिटो डाक्दैछन । जिबनको अन्तिम घडीमा आइपुग्दा समेत कहिलै कसै सँग नझुकेका, कहिलै कसैको सहयोग  स्विकार नगरेका यि मनुवा अहिले पनि म मर्न तयार छु तर कसैलाई गुहार्न तयार छैन भन्दैछन । तर बिबस भएर उनका छोराले बाबुलाई बचाउनँ  सक्छुकी भन्दै सहयोगको याचना गरेका छन ।   पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको उपचारमा खर्च अभाव भएको छ । भारतको मेदान्त अस्पतालमा फेक्सोको क्यान्सरको उपचार गराइरहेका श्रेष्ठका छोराले बावुको
उपचारमा खर्च नपुगेको भन्दै सहयोग गर्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री श्रेष्ठका छोरा अनिलले विहीबार एक विज्ञप्ती जारी गर्दै श्रेष्ठको अवस्था चिन्ताजनक रहेको र खर्च अभाव भएको जनाएका हुन् । उनले विज्ञप्तीमा सरकारले पूर्वप्रधानमन्त्री जस्तो मान्छेको उपचारमा बेवास्ता गरेको जनाएका छन् । उनले पैसा नभएर अन्तिम अवस्थामा पनि उपचार नपाउनु दुर्भाग्य भएको बताएका छन् । उनले विज्ञप्तीमा आफ्ना बुवाको उपचारका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

 

2 comments:

  1. reading it feel really bad n we cannot get leader like him. time has proved it. Pls help him and post the detail contact to make helping realaible.

    ReplyDelete

  2. मरिचमान बारे मेरो मूल्यांकन

    सामान्य पारिवारिक पृष्ठभूमीका मरिचमानले शिक्षक पेशाबाट व्यवसायिक यात्रा थालेर राष्ट्रिय पंचायतको अध्यक्ष हुँदै प्रधानमन्त्री सम्म बन्न सफल भए । यसरी पंचायतकालका अन्तीम प्रधानमन्त्री बनेका मरिचमानले चाहेको भए अकुत सम्पत्ति कमाउन सक्थे । तर उनले यसो गरेनन्, यो उनको आदर्श पक्ष हो ।

    नेपाललाई आफ्नो एकलौटी बजार बनाउन र नियन्त्रणमा राख्न उद्धत तत्कालीन भारतीय शासकले उसकै देशबाट हतियार किन्नु पर्ने भन्ने दवावलाई तत्कालीन मरिचमान सरकारले नमान्दा र उसका सामु नझुक्दा भारतले नेपालमा नाकाबन्दी नै ग¥यो । तर तत्कालीन राजा बीरेन्द्रको आशय अनुरूप मरिचमान सरकारले संकट झेलेर भए पनि राष्ट्रिय स्वाभिमानलाई गिर्न दिएन । यसमा पनि मरिचमानको भूमिका सकारात्मक रहेको मूल्यांकन गर्न सकिन्छ ।

    तर खै कुनी किन हो, उनले समयानुकुल हुनै पर्ने परिवर्तनलाई स्वीकार्न चाहेनन् । त्यसै कारण परिवर्तित समयले उनलाई पाखा लगाइदियो ।

    तथापी मरिचमानमा रहेको आर्थिक इमान्दारिता र राष्ट्रिय स्वाभिमानको पक्ष भने सँधैका लागि र सवैका लागि एउटा अनुकरणीय उदाहरण भएर रहने छ ।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक