20130723

बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्नुपर्ने बताउँदै भने 'म भए थुन्दिथेँ।', अझ यो सुनेर नहाँस्नु होला भारतीय गुलाम बाबुरामले शुरुङ युद्ध पनि गर्ने रे !

पूर्व प्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रको देश दौडाहा संविधानसभा चुनाव भाँड्ने उद्देश्यले भएकाले उनलाई जेल हाल्नुपर्ने बताएका छन्। मंगलबार सानेपास्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भट्टराईले पूर्वराजा ज्ञानेन्द्रको बाहिरी रुप जस्तो देखिए पनि भित्री रुपमा उनको भ्रमणको राजनीतिक उद्धेश्य रहेको बताए। 'ज्ञानेन्द्रले चुनावविरोधी गतिविधि गरिरहेका छन्,' उनले भने, 'म भए थुन्दिथेँ।' नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य र बिपी पुत्र संशाक कोइरालासहितको टोलीले राष्ट्रियताको सवालमा पूर्वराजा तथा पञ्चहरुसँग सहकार्य गर्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले भने, 'पञ्चहरुसँग सहकार्यको कुरा उठेको छ, यो गणतन्त्र, धर्म निरपेक्षता, संघीयताविरुद्धको षड्यन्त्र हो।' राष्ट्रियताको सवालमा पूर्व राजासँग सहकार्य गर्छु भन्नु उल्टो बुद्धि भएको उनले टिप्पणी गरे । आफू र आफ्नो पार्टी राष्ट्रवादी भएको दाबी गर्दै भट्टराईले आवश्यकता परे आफूहरु सुरुङ युद्ध गर्ने पनि बताए । माओवादीले राष्ट्रियताको मुद्दा नछोडेको बताउँदै उनले भने,'युद्धकालमा पनि हामीले राष्ट्रियताको पक्षमा सुरुङ युद्ध गर्न खोजेका थियौं, आवाश्यक पर्‍यो भने फेरि पनि
गर्न तयार छौं।'
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रियताका विषयमा संयुक्त मोर्चाको विकल्प छैन भन्दै सच्चा राष्ट्रियताको भावना भएका पूर्वराजामहाराजासँग पनि सहकार्य हुन सक्ने दोहोर्‍याएका छन्। माओवादीद्वारा विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रियताका विषयमा जोसँग पनि सहकार्य हुन सक्ने स्पष्ट पारेका हुन्। सरकारले वार्ताको पत्र पठाउनु सकारात्मक भएको उल्लेख गर्दै अध्यक्ष वैद्यले सरकारले ससर्त होइन भनेर स्पष्ट पारेपछि मात्र वार्तामा बस्ने बताए। महासचिव रामबहादुर थापासहित विदुर आएका वैद्यको टोलीले कार्यकर्तालाई प्रशिक्षणसमेत दिएको थियो।
 वैद्य ‘किरण’ ले आगामी संविधानसभा चुनावमा भाग लिने उम्मेदवारलाई भौतिक कारबाही गर्ने चेतावनी दिनुभएको छ। भोजपुरा राज्यको प्रशिक्षण सकाएर हेटौंडा आइपुग्नुभएका वैद्यले क्रान्तिकारी पत्रकार महासंघको आयोजनामा सोमबार भएको पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिनुभएको हो।
गत महिना पोखरामा भएको केन्द्रीय समिति बैठकबाट चुनाव बहिष्कारको नीति लिएको माओवादीले आफूहरूलाई अलग्याएर हुन लागेको चुनाव सक्रिय र सशक्तरूपमा बहिष्कार गर्ने बताउँदै आएको छ।
उहाँले पार्टीको मागलाई बेवास्ता गर्दै जबर्जस्ती चुनावमा जान खोजे जस्तोसुकै जोखिम मोल्न पनि तयार रहेको बताउनुभयो।
‘चुनावको सक्रिय र सशक्त बहिष्कारका लागि हामी लाग्नेछौं’, वैद्यले भन्नुभयो– ‘चुनाव प्रचारप्रसार गर्ने क्रममा हामी अवरोध गर्नेछौं, नभए हामी भौतिक कारबाही गर्नसमेत पछाडि पर्दैनौं।’ उहाँले माओवादीसहित हाल चुनावी प्रक्रियाको विरुद्धमा देखिएका दलहरूलाई अलग्याएर देशमा चुनाव र शान्ति असम्भव भएको प्रक्रिया दिनुभयो।
उहाँले सरकारबाट वार्ताका लागि पत्र प्राप्त भएको भन्दै ससर्त वार्तामा नबस्ने बताउनुभयो। ‘सरकारको आधिकारिक पत्र प्राप्त भएको छ’,–वैद्यले भन्नुभयो– ‘हामी निसर्त वार्तामा बस्न तयार छौं।’
‘हामी वार्ता र बहिष्कारको नीतिलाई सँगै अगाडि बढाउँछौ’, उहाँले भन्नुभयो– ‘वार्तामा पनि बोलाउने अनि सर्त पनि राख्ने।’ वैद्यले चारदलीय सिन्डिकेट र विदेशी शक्ति केन्द्रको चलखेलमा हुन लागेको चुनावको मिति सार्न माग गर्दै हालको सरकार विघटन नभएसम्म कुनै पनि हालतमा चुनावमा सहभागी नहुने बताउनुभयो।
हाल देशमा रहेको अवैधानिक सरकार विघटन नभएसम्म हामी चुनावमा सहभागी हुँदैनौ’, वैद्यले भन्नुभयो– ‘तत्काल देशमा रहेका सम्पूर्ण राजनीतिक दलहरूको गोलमेच सम्मेलनबाट निष्कर्ष निकाल्न जरुरी छ।’ वैद्यले तत्काल एमाओवादीसँग एकता हुने सम्भावना नरहेको बताउनुभयो। वैद्यले राष्ट्रियताको आन्दोलनमा पूर्वराजासँग पनि सहकार्य हुन सक्ने बताउनुभयो। ‘राष्ट्रियता र स्वाधीनताको सवालमा जोसँग पनि सहकार्य गर्न सकिन्छ’, वैद्यले भन्नुभयो– ‘पूर्वराजा पनि श्रीपेच छोडेर सहकार्यका लागि आए हामी तयार छौं।’



सुदूरपश्चिमका बाढी पीडितलाई राहत वितरण गर्न धनगढी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह आज बिहान पैदल यात्रामा निस्केका छन् । 
उनले आफू बसेको होटल रुबसबाट धनगढी चौराहासम्म करिव ३ किलोमिटर पैदल यात्रा गरेका हुन् । 
आफू निकट केही व्यक्ति र सुरक्षाकर्मीका साथ पैदल यात्रामा निस्केका पूर्वराजाले सो क्रममा केही स्थानीय बासिन्दासँग कुराकानी गरेका थिए । कुराकानीका क्रममा पूर्वराजाले उनीहरुको ब्यापार व्यवशाय र सञ्चो बिसञ्चोका बारेमा सोधेका थिए । 
केही स्थानीयले पूर्वराजालाई पुष्पगुच्छाले स्वागत गर्नुका साथै खुट्टा समेत ढोगेका थिए । उनीहरुले पूर्वराजालाई देशको राजनीतिक अवस्थाले चिन्तित भएको गुनासो गरेका थिए । 
मुख्य बजारमा पूर्वराजा पैदल यात्रामा निस्किएपछि हेर्नका लागि स्थानीयको भीड लागेको थियो । स्थानीय बासिन्दा पैदल यात्रामा निस्केका पूर्वराजाको मोवाइल र क्यामेरामा तस्वीर कैद गर्न थालेका थिए । 
पूर्वराज परिवार बसेको होटल रुबस पुगेका अपाङ्गता भएका कञ्चनपुरको कृष्णपुर गाविस वडा नम्बर ४ गुलरीयाका विजयराज पन्तले पूर्वराजासँग आफ्नो दुःखेसो पोखे । 
उनले बाढीले आफ्नो घर बगाएर लगेपछि खुला आकाशमूनी बसिरहेको बताए । पूर्वराजाले के गर्नु प¥यो ? भनेर सोधे पछि उनले थोरै सहयोग पाए राहतको महशुस गर्ने थिए भने । 
पूर्वराजाले दुःखेसो सुनिसकेपछि स्वकीय सचिव  डाक्टर फणिराज पाठकलाई पन्तका बारेमा विस्तृत विवरण टिप्न लगाए ।



हिमानी कोषले राहत वितरणमा पूर्व राजा ज्ञानेन्द्र शाहको संलग्नता नरहने बताएको छ । आज कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी कोषकी सचिव विजया लक्ष्मी राणाले पूर्वराजा अभिभावकका रुपमा अभियानमा संलग्न रहेको बताईन । 
निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल र संघसंस्थाले राहत वितरण गर्न नपाउने आचारसंहिता लागु गरेपछि पूर्वराजाले राहत वितरण गर्ने कार्यक्रम रद्द भएको हो भन्ने सञ्चारकर्मीको भनाई प्रति असहमति जनाईन । 
उनले कोषको राहत वितरण कार्यक्रम केही समयअघि नै तय भएकाले आचार संहितासँग कुनै सरोकार नरहेको बताईन । ‘हामीले पहिल्यै नै राहत कार्यक्रम अघि सारेका छौं । आचार संहिताले रोक्न मिल्दैन’ उनले भनिन्–‘एउटा व्यक्तिलाई दुःख पर्दा अर्को व्यक्तिले सहयोग गर्ने कार्य रोक्नुलाई के भन्नुहुन्छ तपाई आफै भन्नुस् ।’
पत्रकार सम्मेनलमा राहत वितरणका लागि पूर्वराजाले २५ लाख र अन्य विभिन्न व्यक्तिले गरी ३९ लाख रुपैया जमा भएको जानकारी दिईएको छ । ती अन्य व्यक्तिहरुले सनराईज बैंकमा कोषले सञ्चालन गरेको राहत खातामा रकम जमा गरेको बताईएको छ । 
कोषले लत्ता कपडा, भाँडाकुँडा र केही नगद रकम प्रदान गर्ने बताएको छ । कैलाली, कञ्चनपुर र दार्चुलाका जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध बाढी पीडितहरुको तथ्यांककै आधारमा राहत वितरण गरिने कोषकी सदस्य अर्चना शर्माले बताईन । 
पत्रकार सम्मेलन वितरित विज्ञप्तीमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र लेखिएको प्रति सञ्चारकर्मीले राखेको जिज्ञासामा शर्माले आफ्नो अभिभावकका नाताले सम्बोधन गरेको बताईन । 
उनले हरेकले आफ्ना अभिभावकलाई सम्बोधन गर्दा आफ्नो इच्छा लागेको शब्द उच्चारण गरे जसरी आफूहरुले त्यसरी सम्बोधन गरेको बताईन् । 
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक