20130724

कमल थापाले यसरी उतारी दिए नौटँकी बाबुराम भट्टराईको मुखुन्डो !

प्रधानमन्त्रीबाट हटेपछि भट्टराईको अभिव्यक्ति, ब्यवहार र कार्य हेर्दा उनलाई आरामको आवश्यकता रहेको थापाले ब्यंग्य गरे । 'म उहाँलाई ध्यान, योग र आध्यात्मिक निन्तन गर्न सुझाव दिन्छु,' उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कुनै समयमा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति वा अधिकारविहीन राजा मान्न तयार रहेको खुलासा गरेका छन् । भट्टराईले अहिले आफू प्रधानमन्त्री भए ज्ञानेन्द्रलाई जेल हाल्ने अभिव्यक्ति दिएलगत्तै थापाले रिपोर्टर्स क्लवमा बुधबार यस्तो खुलासा गरेका हुन् । माओवादी नेता नरेन्द्रजंग पिटरको संयोजनमा नेपालगञ्जका पूर्व मेयर धवलशमसेर राणाको घरमा भएको वार्तामा भट्टराईले आफूसँग राजा र माओवादीवीच सहकार्य गरेर अघि बढ्नु पर्ने र त्यस्तो अवस्थामा पूर्व राजालाई पहिलो राष्ट्रपति वा अधिकारविहीन राजाको रुपमा स्वीकार्न आफूहरु तयार रहेको प्रस्ताव गरेको थापाले खुलासा गरे । भट्टराईको प्रस्तावमा तत्कालिन कांग्रेस र एमालेसहितका प्रजातान्त्रिक दलहरुलाई बाइपास गरेर सहकार्य गर्नु पर्ने सीधा प्रस्ताव रहेको थापाले स्पष्ट पारे । यद्यपि उनले राजा कुनै वाद नभएकोले त्यसमा माओवादीदेखि सवै अटाउन सक्ने भएकोले प्रजातन्त्रवादी शक्तिहरुलाई बाइपास गरेर कुनै सहकार्य हुन नसक्ने आफूले स्पष्ट पारेको बताए । हापुरे वार्ता पनि भट्टराईले लामो व्याख्या गर्दै राजा र माओवादीवीच सहकार्य भए राजसंस्था राख्न आफूहरु सहमत रहेको प्रष्ट धारणा राखेको अध्यक्ष थापाले सुनाए । अध्यक्ष थापाले भने- 'मोहन वैद्यले अहिले राजा र माओवादीवीचको सहकार्यको कुरा गर्नु भएको छ यो पहिला नै बाबुराम भट्टराईले राखिसकेको प्रस्ताव हो । फेरि बाबुरामजीले गणतन्त्र आएपछि पनि सास्कृतिक राजतन्त्रको कुरा गरेकै हो ।' प्रधानमन्त्रीबाट हटेपछि भट्टराईको अभिव्यक्ति, ब्यवहार र कार्य हेर्दा उनलाई आरामको आवश्यकता रहेको थापाले ब्यंग्य गरे  । 'म उहाँलाई ध्यान, योग र आध्यात्मिक निन्तन गर्न
सुझाव दिन्छु,' उनले भने ।
कमल थापाले मंसिर ४ गतको लागि तय भएको संविधानसभाको निर्वाचन अवरुद्ध भए राजावादी र माओवादीबीच सहकार्य हुने घोषणा गरे । माओवादीको कारण नभई चार दलको कारण निर्वाचन अवरुद्ध हुन सक्ने ठोकुवा गर्दै थापाले भने- 'त्यस्तो अवस्थामा राष्ट्रियताको रक्षाको लागि राजा र माओवादी सहित सबै राष्ट्रबादी शक्तिहरुवीच सहकार्यबाट आन्दोलन हुन्छ र त्यसलाई कसैले पनि रोक्न सक्दैन ।' नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य, सचिवहरु नेत्रविक्रम चन्द्र र देव गुरुङसँग आफ्नो भेटवार्ता भएको र अहिले पनि नियमित सम्पर्क भइरहेको भन्दै मलुकको राष्ट्रियता धरापमा परेको र रक्षाको लागि राष्ट्रवादी शक्तिहरुवीचको एकता आवश्यक रहेको भन्ने भनाईको उनले स्वागत गरे । कांग्रेस नेता सशांक कोइराला र मोहन वैद्यजस्ता जिम्मेवार नेताहरुले दिएको अभिब्यक्तिले नेपालमा राजसंस्थाको औचित्य र सान्र्दभिकता भएको पुष्टि भएको समेत सो अवसरमा दावी गरे ।
यथास्थितिमा मंसिर ४ को संविधानसभा निर्वाचनमा सहभागी नहुने बताएको नेकपा-माओवादीका नेता र राजतन्त्र पक्षधरबीच तत्कालीन कार्यनीतिका विषयमा पछिल्लो समय गोप्य रुपमा भेटघाट हुने गरेको खुलेको छ ।
राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका नाममा पूर्वराजा ज्ञानेन्द्र शाहनिकट र राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका नेतासँग माओवादीका केन्द्रीय पदाधिकारीले श्रृंखलाबद्ध छलफल गरेका छन् । त्यसलगत्तै माओवादी अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले उपत्यका बाहिरका पार्टी कार्यक्रममा राष्ट्रियताका सवालमा पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य हुने सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।
'मुलुकमा विदेशीको चरम हस्तक्षेप भएको र राष्ट्रियता खतरामा परेको निष्कर्ष निकाल्दै पार्टी नेताहरुले राजावादी खेमाका व्यक्तिहरुसँग सहकार्यको प्रस्तावसहित भेटघाट गरेका हुँ । र, त्यस्तो सहकार्य जरुरी भइसकेको छ,' नेकपा-माओवादीका एक पोलिटब्युरो सदस्यले मंगलबार कान्तिपुसँग भने ।
उनका अनुसार केही दिनअघि माओवादी सचिवद्वय देव गुरुङ्ग र नेत्रविक्रम चन्दले राप्रपा नेपालका अध्यक्ष कमल थापाको विशालनगरस्थित निवासमै गई भेटघाट गरेका थिए । उनीहरुले कार्यगत एकताको प्रस्तावसहित २ पटक थापासँग भेटघाट गरेका थिए ।
त्यसबाहेक सक्रिय शाही शासनताकाका गृहमन्त्री दानबहादुर शाही, राजसंस्था पक्षधर भरत बस्नेतलगायतसँग पनि धेरै पल्ट भेटघाट भएको ती सदस्यले जानकारी दिए । वैद्यले नेतृत्व गरेको माओवादीले एक वर्षअघि मूल पार्टीबाट अलग हुदा पनि राष्ट्रियता र स्वाधीनता जर्गेनाको प्रश्नलाई मुख्य रुपमा उठाएको थियो । एकिकृत माओवादीको नेतृत्व वर्गको कमजोरीकै कारण अघिल्लो संविधानसभा विघटन भएको, विदेशीको स्वार्थमा संघीयताको उपयोग गर्न खोजिएको, नागरिकता विधेयकमार्फत मधेशमा जथाभावी नागरिकता वितरण गरिएकोजस्ता कारण राख्दै माओवादीले राष्ट्रियताको सवालमा संसदवादी दलभन्दा राजावादी नै बलियो भएको निश्कर्ष निकालेको हो ।
माओवादी अध्यक्ष वैद्यले पूर्वराजा ज्ञानेन्द्रले श्रीपेच मोह त्यागे राष्ट्रियताका सवालमा सहकार्य हुने बताए । 'अहिले राष्ट्रियता धरापमा परेको छ । त्यसलाई जोगाउन ज्ञानेन्द्रले श्रीपेचको मोह त्याग्छ्् भने सहकार्य हुन सक्छ । यसको अर्थ सबै खालको सहकार्य हुने भन्ने होइन,' माओवादी अध्यक्ष मोहन वैद्यले कार्यगत एकताबारे प्रष्ट पारे । पहिलेका पञ्च, राजावादी र संसदीय दलभित्र रहेका सच्चा देशभक्तहरुसँग संयुक्त मोर्चाको आवश्यकता आफ्नो पार्टीले देखेको समेत उनले कान्तिपुरलाई बताए ।
आप््नै पार्टीद्वारा हेटौंडा र नुवाकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा नेता वैद्यले पूर्व राजाँूगको सहकार्यबारे बोलेका थिए । 'राजावादी भन्नेवित्तिकै अपवित्र र संसदवादी भन्नेवित्तिकै पवित्र भन्ने मनस्थिति पनि ठिक होइन,' मंगलबार नुवाकोटमा आयोजित कार्यक्रममा उनले भने 'दरवारीयाभन्दा संसदवादी दलहरु विदेशीको कठपुतली भए ।'
त्यसअघि पार्टी सचिव चन्दले पनि पूर्वराजा ज्ञानेन्द्रसँग राष्ट्रियताको आन्दोलनमा सहकार्य हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।  राजतन्त्र र हिन्दू राज्यका पक्षमा वैधानिक रुपमै मैदानमा उत्रिएका राप्रपा, नेपालका अध्यक्ष थापाले राष्ट्रियताको जर्गेनाका लागि माओवादीका नेताहरुसँग आफूले कुराकानी गरेको स्वीकारे ।
'कसले, कहाँ भेटे भन्ने कुरा ठूलो होइन । तर, राष्ट्रियताको सवालमा मेरो वैद्यजीले नेतृत्व गरेको माओवादीका नेताहरुसँग सम्पर्क भएको छ,' थापाले मंगलबार धोबिधारास्थित पार्टी कार्यालयमा कान्तिपुरसँग भने । राष्ट्रिय स्वाधीनताका मुद्दालाई माओवादीका नेताहरुले इमान्दारीसाथ उठाएको पाएकोले आप््नो पार्टीले सहकार्य गर्न सक्ने जनाउ पनि दिए ।
माओवादीको पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकले मंसिर ४ मा चुनाव हुन नसक्ने ठहर गर्दै संविधानसभा विथोल्ने र गोलमेच सम्मेलनसहितका माग पूरा गर्नका लागि वार्तामा समेत जाने दोहोरो कार्यनीति पास गरेको थियो । संविधानसभाबाट संविधान बनाउन ठूला दल उद्दत नदेखिएका, विदेशी हस्तक्षेप चरम भएकाले राष्ट्रियता खतरामा परेको निष्कर्ष पनि माओवादीको थियो ।
राजतन्त्र निरन्तरताको पक्षमा सक्रिय बस्नेतले माओवादीका मात्र नभै संसदवादी दलमा समेत राष्ट्रवादी नेताहरुको समूह रहेको र उनीहरुँूग आप््नो बारम्बार कुराकानी हुने गरेको जानकारी दिए । 'संविधान नबनाई संविधानसभा अवसान भएपछि अहिले राष्ट्रियता हदैसम्म कमजोर भएको छ । संविधान लेख्नका लागि संविधानसभा बनाइएकै थिएन । राष्ट्रवादी पक्षधर नेताहरुले यो सत्यलाई आत्मसात गरेको पाएको छु,' आफूसँगको भेटबारे बस्नेतले जानकारी दिए । 
राजसंस्था पक्षधरको माओवादी नेताहरुँूग बारम्बार सम्पर्क भइरहेको र त्यो अनौठो नभएको समेत उनले बताए । 'राष्ट्र जोगाउनका लागि सबै पार्टीमा रहेका नेताहरुबीच एकता जरुरी छ,' बस्नेतले भने ।
संविधानसभाबाट संविधान बन्ने अवस्था नदेखिपछि नै माओवादीले सर्वदलीय गोलमेच सम्मेलन, राजनीतिक नेतृत्वको सरकारमार्फत संविधान निर्माण प्रक्रिया अघि ब््नुपर्ने निर्णय गरेको हो । 'राष्ट्रिय स्वाधीनता मिच्न १२ बँूदे समझदारीमा भएको भावनाविपरित संघीयता, धर्मनिरपेक्षतालगायत मुद्दा थोपरेको पाइयो । यसको पनि समिक्षा गरी गोलमेच सम्मेलन हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,' एक माओवादी पोलिटब्यूरो सदस्यले बताए ।  उनका अनुसार पूर्व राजाका विश्वसनीय पात्र, आफन्त मार्फत माओवादीका पदाधिकारीसँग सहकार्यबारे छलफल भएको छ ।   
राप्रपा, नेपालका अध्यक्ष थापाले माओवादीसँग आफूहरुको सहकार्य हुने भए पनि दुवै पार्टीले लिएको बाटो भने फरक हुने औंल्याए । आप््नो पार्टीले मंसिर ४ मा चुनाव हुनुपर्छ भन्दै एजेण्डासहित सहभागी हुने निर्णय गरेको जानकारी समेत उनले दिए । 'वैद्यजीहरुले राष्ट्रियताको मुद्दा उठाई चुनावमा भाग नलिने भन्नुभएको छ । हामी चुनावमार्फत नै त्यही मुद्दालाई जनतामाझ लानेछौं,' थापाले भने ।
- See more at: http://www.ekantipur.com/np/2070/4/9/full-story/372669.html#sthash.mXrY1Y7Q.dpuf

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक