20130724

कम्रेड तपाई चिल नै हो, हामी जनता कुखुरा नै हौं

कम्रेड तपाईले भन्नुभएको एकदमै ठीक हो,
कम्रेड तपाई चिल नै हो, हामी जनता कुखुरा नै हौं ।
जमिन ख्रोस्रेर जीवन धान्न हामीलाई तपाईले भने जस्तै धौ-धौ छ ।
तपाईं पो चिल, जंगलमा पनि रमाउनु भो,
शहरमा आफ्ना सबै रहर पूरा गर्नु भो ।
जे खान मन लाग्छ त्यै चाख्नु भो ।
जे लाउन मन लाग्छ त्यै पाउनु भो ।
तपाई चैं चिल, हामी जनता कुखुरा ।
नयाँ नेपालको गणतन्त्रमा यही जोकतन्त्र ।
कम्रेड तपाईंले भन्नु भएको एकदमै ठीक हो, कम्रेड तपाई चिल नै हो ।
हामी जनता कुखुरा नै हौं ।
उहिले उहिले कम्रेड तपाई जंगलको चिल हुँदा,
ठाउँ ठाउँका बैकबाट पैसा टिप्नु भो, सुन च्याप्नु भो ।
उद्योगी व्यवसायीबाट चेक र चन्दा पाउनु भो ।



सकी नसकी बाँचेका गरीब किसानका घरबाट बन्दुक तेर्साएर भए पनि दालभात ढकार्नु भो ।

कहिले कुखुरै रेट्नु भो,

कहिले खसी बोका नै छिनाउनु भो ,

कहिले राँगालाई आहारा बनाउनु भो ।

हामीलाई थाहा छ कम्रेड यत्ति पनि नगरेको भए जंगलमा जीवन कसरी चल्थ्यो र ?

अहिले यी सबै कुरा सम्झदा कम्रेड तपाईंले भन्नु भएको साँच्चै नै हो, तपाईं चिल नै हो ।

हामी जनतालाई कुखुरा बनाउनु भो, लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो ।

तपाइर्ंले एकदम सही भन्नुभो कम्रेड तपाई चिल नै हो ।

बनबासमा हुँदा पनि तपाईका खुट्टाले कहिल्यै दुःख पाएनन् ,

तपाई कि उड्नु भो , कि गुड्नु भो, कि चढ्नु भो ,

रोल्पा पुग्दा घोडा चढ्नुभो,

दिल्ली पुग्दा उड्नु भो ,

कार्यकर्ताका हातमा बन्दुक दिएर आफुले चैं स्याटलाइट फोन बोक्नुभो

देशमा आगो सल्किँदा आफैं चैं ,

कहिले दार्जिलिङ्ग त कहिले दिल्ली पुग्नुभो

यसो पुराना कुरा सम्झिदा पनि कम्रेड तपाई त हामीलाई चिलै लाग्छ ।

हो कम्रेड हो तपाइँले भन्नु भएको साँच्चै नै हो तपाईं चिल नै हो

हामी जनतालाई कुखुरा बनाउनु भो, लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो ।

तपाईले एकदम सही भन्नुभो कम्रेड, तपाई चिल नै हो ।

हामी जनतालाई कुखुरा बनाउनु भो,

लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो । भोकतन्त्र बनाउनु भोे ।

लाजिम्पाटमा मात्रै समस्या देख्नु भो ।

आफ्नो वरिपरि मात्रै बिरामी भेट्नु भो ।

त्यै भएर कम्रेड सीता बिरामी हुँदा सिंगापुर पुग्नुभो

आफ्नै कार्यकर्ता नेता थला परेको कुरा बिर्सनु भो ।

बरु खुर्सिदलाई भेट्न चिल झैँ उडेर द्वारिका होटलमा पुग्नु भो

भगवानको लिला अपरम्पार छ कम्रेड तपाई पक्कै चिलै हो ।

हामी जनतालाई कुखुरा बनाउनु भो, लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो ।

तपाईंले एकदम सही भन्नुभो कम्रेड तपाई चिल नै हो ।

हामी जनतालाई कुखुरा बनाउनु भो,

छोराले घरमा भटाभट बुहारी थपे तपाई चुप लागेर बस्नुभो

कपालमा जेल, हातमा आइफोन बोक्ने भाग्य तपाईंले नै पाउनु भो

लाजिम्पाटको बंगलमा बास भो

सडकमा हिँड्दा पनि सेना पुलिस साथमा चिलकै गतिमा हिँड्ने शान तपाईं कै भो

तपाईंले भन्नु भएको साँच्चै नै हो

तपाईं चिल नै हो

हामी जनतालाई कुखुरा बनाउनु भो, लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो ।

तपाइर्ंले एकदम सही भन्नुभो कम्रेड तपाई चिल नै हो ।

हामी जनतालाई कुखुरा बनाउनु भो,

लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो ।

प्रकाशलाई लभवर्ड बनाउनु भो ।

कांग्रेसलाई ब्रोइलर कुखुरा ठान्नुभो

एमालेलाई सुगा ठान्नुभो

मधेशादी पार्टीलाई गिद्ध ठान्नुभो

जनजातिलाई आफ्नै पेवा ठान्नु भो ।

रेखालाई मयुर ठान्नुु भो , सँगै नाच्नुभो

तपाईंले भन्नुभएको साँच्चै नै हो,

हामी जनतालाई तपाईंले कुखुरा बनाउनु भो,

लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो । तर तपाईं आफैं चैं चिल नै हो

सर्वहाराको नेता बन्नुभो तर बस्नलाई महल छान्नुभयो

वाईसीएल नामको अण्डा पार्नुभयो

चल्लाहरुलाई कक फाइट गराउनुभयो

फाईदा र आनन्द आफैंले लिनु भो ।

कम्रेड तपाईं चिल नै हो ।

आफैं चिल भएपछि लोडसेडिङ्ग के मतलव

लोडसेडिङ्ग १८ घण्टा पुर्‍याउनुयो

तपाईले एकदम सहि भन्नुभो कम्रेड तपाईं चिल नै हो ।

वैद्य बालाई भँगेरा ठान्नुभो

बाबुराम काकालाई काग ठान्नुभो

नारायण सरलाई लाटोकोसेरो मान्नुभो

हामी जनतालाई कुखुरा बनाउनु भो, लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो ।

--------अन्लाईन खबर पत्रीका बाट फसिलाल को कबिता

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक