(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130724

निर्वाचन आयोगको राहत बितरण गर्न नपाउने निर्णय पश्चात सुदुर पश्चिममा जन आक्रोस ! पूर्व राजा ज्ञानेन्द्र र हिमानीको लोकप्रियताले माओवादी सहितका दल हरु झस्के !

राजा हुँदा होस् वा पूर्व राजा हुँदा घटेन ज्ञानेन्द्र शाहको भिड



 पूर्वराजा ज्ञानेन्द्र शाहले दार्चुला पुगेर बाढीपीडितहरुलाई राहत वितरण गर्नु भएको छ । पूर्वराजाको राहत वितरण कार्यक्रममा राप्रपा नेपालका कार्यकर्ताहरुको प्रत्यक्ष संलग्नता देखिएको छ । ज्ञानेन्द्र र बुहारी पूर्वयुवराज्ञी एवं हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहसहितको टोली माउन्टेन फ्लाइटको हेलिकोप्टरमार्फत बधबार बिहान पौने ११ बजेतिर दार्चुला
पुगेको हो । नेपाली सेनाको ब्यारेक परिसरमा हेलिकोप्टर अवतरण गर्न नदिइएपछि खुलामञ्चमा ल्याण्ड गरिएको थियो ।

ज्ञानेन्द्रले दार्चुला विकास संगठनको हलमा गएर ट्रष्टले संकलन गरेको राहत बाढी पीडितहरुलाई वितरण गर्नुभएको थियो । ज्ञानेन्द्रको स्वागत गर्न गठित मूल समितिका संयोजक सन्तोष ऐतवालका अनुसार १३ टन चामलसहित लत्ताकपडा र भाँडाकँुडा हिमानी ट्रष्ट कोषले उपलब्ध गराएको थियो । राहत सामाग्रीमध्ये अनुमानित ६० जना विद्यार्थीलाई पोशाक, ९० जनालाई ४५ किलोग्राम चामल र एक सेट भाँडाकँुडा वितरण गरिएको छ ।
तीनवटा ट्रकमा राहत सामाग्री भारतीय बाटो भएर दार्चुलाका लागि ल्याउँदै गर्दा भारतको पिथौरागढ जिल्लाको बलुवाकोटमा सडक अवरुद्ध भएका कारण खलंगासम्म ल्याउन समस्या भएको बताइएको छ । बाँकी राहत सामाग्री अब प्रशासन कार्यालय मार्फत वितरण गरिनेछ । केही राहत सामाग्री वितरण गरिए पनि आर्थिक सहयोग कतिजनालाई वितरण गरियो भन्ने खुलाइएको छैन ।

ज्ञानेन्द्र परिवारले राहत वितरण गरिरहँदां पीडित तथा समर्थकहरुले भने राजतन्त्रको पक्षमा नारा लगाएका थिए । ज्ञानेन्द्रको स्वागतका लागि चार दिन अगाडिदेखि नै खलंगा बजारको पाँच ठाउँमा गेट बनाइएको यो । सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो भने राप्रपा नेपालले पनि आˆना कार्यकर्ता सुरक्षार्थ स्वयमसेवका रुपमा परिचालन गरेको थियो । कडा सुरक्षावीच राहत वितरण गरी पूर्वराजा ज्ञानेन्द्र साढे एक बजेतिर फर्किनुभएको छ ।
पाँच विद्यालयलाई आर्थिक सहयोग
पूर्वराजा ज्ञानेन्द्रले दार्चुलाका पाँचवटा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले बाढीका कारण पूर्णरुपमा क्षतिग्रस्त बनेको धाप गाविसमा रहेको भगवती प्रावि काकडालाई २ लाख ५० हजार, ग्वानी गाविसमा रहेको लटिनाथ प्रावि बरमुडेलाई १ लाख ५० हजार, खार गाविसमा रहेको लटिनाथ उमाविलाई १ लाख, धाप गाविसमा रहेको जनज्योती प्रावि थालिगाडलाई १ लाख र जिल्ला सदरमुकाम खलंगाको बागाबगरमा रहेको कैलाशपति निमाविलाई ५० हजार रुपैयाँ दिनुभएको छ । जिल्ला शिक्षा कार्यालयको सिफारिसमा आर्थिक सहयोग उपलब्ध गराएको ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिनाले बताउनुभयो ।
10

3

4

5

7

8

9

10

11

12

13

14

15

16

17

18


6
993960_652612901434379_1026811953_n

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक