20130729

अमेरिकामा एउटा अत्यन्त राम्रो कामको शुरुवात : प्रेमी कला केन्द्र स्थापना

अमेरिकामा एउटा अत्यन्त राम्रो कामको शुरुवात भएको छ । बरिस्ठ गायिका मीरा राणा, बरिस्ठ लोक गायक एबम अन्तरास्ट्रिय कलाकार मँचका सल्लाहकार प्रेमराजा महत, नेपाल मदर डट कमका सल्लाहकार एबम अमेरिकन डेमोक्रेटिक पार्टीका युबा नेता, चार्टर एकाउन्टेन हरी शर्मा र रेस्टुरेन्ट ब्यबसायी लोक तिवारीको संलग्नतामा प्रेमी कला केन्द्र स्थापना भएको छ । भर्खरै यसको समुद्घाटन यसरी सम्पन्न भयो हेर्नुस् भिडियो तल । अन्तरास्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले आफु शहर बाहिर टाढा भएको कारण ऊदघाटन समारोहमा उपस्थित हुन नसकेको जनाउँदै " नेपाली कला र सँस्कृतिका लागि यो एउटा कोशे ढुङ्गा साबित हुन सकोस" भनी सहयात्री  प्रेमराजा महत र जिबित स्वर किन्नरी मीरा राणालाई शुभकामना सन्देश पठाउनुभएको थियो । आज फेरी एक पटक प्रेमी कला केन्द्र लाई हार्दिक बधाई र शुभकामना अन्तरास्ट्रिय कलाकार मँचका तर्फ बाट ।

Video source: Ramhari subedi/DCnepal

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक