20130728

पूर्वराजा ज्ञानेन्द्र शाहले गाडी रोकेर स्थानीय बासिन्दालाई राजा आऊ देश बचाऊ नभई, जनता आऊ देश बचाऊको नारा लगाउन आग्रह गरे !

बाबुराम भट्टराई पूर्व राजा ज्ञानेन्द्रसँग किन अत्तालिएर जेल हाल्ने चेतावनी दिएका रहेछन ? किन रोकियो ज्ञानेन्द्र र हिमानी लाई राहत बाड्न ?  हेर्नुस् यहाँ ! सबै कुरा छर्लङ छ !
चार दलका समर्थक र कार्यकर्ता बाहेक अरु जनता नै होइनन, मान्छे नै होइनन भन्ने नेताहरु ले पूर्व राजाका पछाडि लागेका "प्रतिगामी" लामा लस्कर देख्दैनन लोकतन्त्रमा गणतन्त्रमा ! यस्तै छ यहाँको चलन ! 
पूर्वराजा ज्ञानेन्द्र शाहले स्थानीय बासिन्दालाई राजा आऊ देश बचाऊ नभई, जनता आऊ देश बचाऊको नारा लगाउन आग्रह गरेका छन्। हिमानी कोषद्वारा कञ्चनपुरका बाढीपीडितलाई प्रदान गरिएको राहत हस्तान्तरण कार्यक्रममा आइतबार महेन्द्रनगर पुगेका पूर्वराजाले स्थानीयसँग यस्तो आग्रह गरेका हुन्। राहत
हस्तान्तरण पश्चात फर्किने क्रममा स्थानीयले 'राजा आऊ देश बचाऊ' नारा लगाउन थालेपछि पूर्वराजाले गाडी रोकेर 'जनता आऊ देश बचाऊ' भन्न आग्रह गरेका थिए। 'तपाईंहरू राजा आऊ देश बचाऊ' नभन्नुस्। 'जनता आऊ देश बचाऊ' भन्नुस्' पूर्वराजाले भने। स्थानीय बाढीपीडितले पूर्वराजाको हातबाट मात्रै राहत बुझ्ने भन्दै विरोध गरेपछि उनले सरकारको नियमकानुनको परिधिभित्र रहनु सबैको कर्तत्व भएको बताए। उनले सबैजना नियम कानुनको परिधिमा बाँधिएकाले सरकारको निर्णयभन्दा बाहिर जान नमिल्ने भन्दै बाढी पीडितलाई संयमता अपनाउन आग्रह गरेका थिए। स्थानीय बाढीपीडितसँग पूर्वराजाले भने, 'तपाईं हामी सबैले नियमकानुन मान्नुपर्छ। त्यस विपरीत जान मिल्दैन।' पूर्वराजाले कोषद्वारा प्रदान गरिएको राहत वास्तविक बाढीपीडितले पाउनुपर्ने दोहोर्‍याएका छन्। एक समारोहबीच हिमानी कोषका अध्यक्ष तथा पूर्व युवराज्ञी हिमानी शाहले जिल्ला दैवी प्रकोप उद्धार समिति कञ्चनपुरलाई राहत हस्तान्तरण गरेकी छन्। उनले राहत जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका शाखा अधिकृत खिमानन्द पाठकलाई हस्तान्तरण गरेकी हुन्। कोषले कञ्चनपुरका भीमदत्त नगरपालिका तथा चाँदनी, दोधारा गाविस लगायतका १ हजार ३ सय ७ बाढी पीडित परिवारलाई राहत प्रदान गरेको छ। राहतमा भाँडाकुँडा, लत्ताकपडा, प्रतिपरिवार ४५ किलोग्राम चामल र विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री छन् ।











No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक