20130728

प्रचण्डजीको के देखिन्छ भने तल तल ठूल्ठूलो भीडन्तहरु गराउने अनि त्यसबाट फाइदा लिने। अलि पहिलेदेखिनै त्यतापट्टि वहाँको सोच रहेको हो। शनिबार काभ्रेमा वहाँले त्यही कुरालाई अभिव्यक्त गर्नुभएको हो।” : उपाध्यक्ष सीपी गजुरेल

अती लक्जरियस भिभीआइपी सोफामा राज शैलीमा माओको स्टाचु नजिकै बसेर बैद्यले आफ्ना चेला प्रचन्डलाई चेतावनी दिंदै भने "प्रचन्डका कार्यकर्ता आकर्मणमा आए हामी पनि हातमा दही जमाएर बस्दैनौँ"

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्तालाई चुनाव विथोल्ने विरुद्ध उत्रन दिएको निर्देशनले उनले कार्यकर्ताको तल्लो तहमा झडप गराउन खोजेको प्रष्ट पारेको मोहन वैद्य नेतृत्वको माओवादीका उपाध्यक्षले जनाएका छन्। उपाध्यक्ष सीपी गजुरेलले त्यस्ता धम्कीले आफ्नो पार्टि नतर्सने बताए। वैद्य माओवादीका महासचिव रामबहादुर थापा बादलले रत्नपार्कमा मतपेटिका फोडेर आफ्नो दलको रवैया प्रष्ट पारेको लगत्तै प्रचण्डले त्यस्तो रवैयाको भौतिक प्रतिरोध गरिने
चेतावनी सार्वजनिक रुपमै दिएका थिए। तर प्रचण्डको भनाईले आफुहरुलाई कुनै आश्चर्य नभएको र उनको भित्रि इच्छा त्यही रहेको आफुहरुलाई पहिलेदेखिनै थाहा भएको वैद्य माओवादीका नेताहरुको भनाई छ। वैद्य माओवादीका उपाध्यक्ष सी पी गजुरेलले भने, “प्रचण्डजीको के देखिन्छ भने तल तल ठूल्ठूलो भीडन्तहरु गराउने अनि त्यसबाट फाइदा लिने। अलि पहिलेदेखिनै त्यतापट्टि वहाँको सोच रहेको हो। शनिबार काभ्रेमा वहाँले त्यही कुरालाई अभिव्यक्त गर्नुभएको हो।” उच्चस्तरीय राजनीतिक समितिले वार्ताका लागि आव्हान गर्दै पठाएको दोस्रो पत्रलाई मोहन वैद्यले सकारात्मक भनेपनि दुई पक्षबीच वार्ता हुनुको साटो आरोप प्रत्यारोप चर्किन थालेको छ। पहिलो पत्रमा शर्तहरुको गन्ध आएको भन्दै वैद्य माओवादीले वार्तामा बस्न अनकनाएपछि, चार प्रमुख राजनीतिक शक्ति संलग्न समितिले दोस्रो पत्र पठाएको थियो। त्यसलाई मोहन वैद्यले केही सकारात्मक भनेका पनि थिए। तर त्यसो भनेको कैयौं दिन वित्दापनि वार्ता हुन सकेको छैन। चुनाव नजिकिंदै गर्दा दुई पक्षबीच सहमतिको साटो विमतिका स्वरहरु बढ्न थालेपछि यसै साताको शुरुमा नेपालका दुई ठूला छिमेकी
सहित पश्चिमा राष्ट्रका राजदूतहरुले एउटा संयुक्त प्रतिक्रिया दिंदै चुनाव विथोल्ने कार्य सह्य नहुने बताएका थिए। उनीहरुको भनाईप्रति तीव्र असन्तुष्टि जनाउँदै नेता गजुरेलले त्यसलाई नेपालको आन्तरीक मामिलामा सोझो हस्तक्षेपको संज्ञा दिएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक