20130728

खोई के हुन्छ अब नेपालमा ? - अर्जुन बराल

जनताबाट निर्बाचित प्रतिनिधिहरुको सभा सबिधानसभा बाटनै संघियलोकतान्त्रीक गणतन्त्र नेपालको लोकतान्त्रीक संबिधान निर्माण गर्ने उद्देश्यले गरिएको संबिधान सभाको निर्बाचनको उपलब्धी, शुन्य भई नौ अर्ब खर्च गरि जन्मिएको चारबर्षपछि मसानघाटमा पुग्यो संबिधानसभा । अनि अहिले मसानघाटमा पूरयाईएको संबिधानसभालाई पून निर्बाचनको मंचन गरि जोडतोडका साथ अगाडी बर्ढाईएको देख्न सकिन्छ । नेपाल यस्तो देश हो जहाँ र्सार्बभौम सत्ताका पात्र दलका टाउके भएका छन् जनता होईनन् । २०६३  साल जेठ ७ गते भएको नौ बुँदे घोषणाहरु लाई नियाल्ने हो भने र्सार्बभौम सम्पन्न जनताको अधिकारको हनन्  गरि नैतिक कानुन बिपरित भएको हो तर बुझन यहाँ के जरुरी देखिन्छ भने जनआन्दोलन पछि स्थापित कुनैपनि सरकारलाई पर्ूण्ा अधिकार हुँदैन किन की उसको जिम्मेबार संबिधान सभाको निर्बाचन गराउँने हो शासकिय सत्ताको प्रयोग गरेर महत्वपर्ूण्ा निर्ण्र्ाागर्ने अधिकार कदापी हुँदैन । तर नेपालको राजनीति ठिक यसको बिपरित भएको छ । आजसम्म नेपालमा जतिपनि जनआन्दोलन, ब्रि्रोह, जनयुद्ध तथा जे जस्ता राजनीतिक संर्घष्ा भए ती सबै राज्य समाबेशी करण कै लागि भएका थिए र - यदि थिए भने २००७ सालको जनक्रान्तिका नेतृत्वकर्ता बि.पि. कोईराला, २०४६ को प्रथम जनआन्दोलनका नेतृत्वकर्ता गणेशमान सिंह, २०५२ को माओबादी जनयुद्ध को नेतृत्वकर्ता प्रचण्ड साथै २०६२/०६३ को दोस्रो जनआन्दोलनका नेतृत्वकर्ता गिरिजा प्रसाद कोईराला लगाएत सबैको नेतृत्व एउटै जातिबाट किन त ?
यहाँ राजनीतिक दलका टाँउके भनाउँदाहरु छाती फुलाउँदै भन्ने गर्दछन् २४० बर्षोर् इतिहास बोकेको सामन्ती राजतन्त्र लाई जनआन्दोलन र जनयुद्धको बलले पाखा लगाईयो भनेर तर त्यो कदापी होईन । किन की अशान्ति, हिंसा, चन्दा, रगतले वाक्क भएका नेपाली जनता बाध्यताले केहि हुन्छ कि भन्ने आशाले सडकमा उर्लेर  लोकतन्त्रको घोषणा गरेका हुँन  भने लोकतान्त्रीक गणतन्त्र ल्याउँन तत्कालीन राजा ज्ञानेन्द्रले बाताबरण बनाउँन मात्र मद्धत गरेनन् प्रमुख राजनीतिक दलका टाउकेे माउतेहरुको पाप पनि पखालीदिएका हुँन् भन्ने स्पष्ट हँुँन्छ यदी राजनीतिक दलका माउतेहरुले आफना दादागिरीले नेपालमा राजतन्त्रको अन्त्य र लोकतन्त्र स्थापनामा महत्वपर्ूण्ा जिम्मेबारी भुमिका निर्बाह गरेका हुँन भने किन आज
राष्ट्रियताको बारेमा उनीहरुले चासो राख्दैनन् -
राष्ट्रियताको सवालमा अगाडी छु भनेर देखाउँने प्रचण्डको पार्टर्ीीाओबादीले जनयुद्ध गर्दा भारतीय खुफिया एजेन्सी रिर्सच एण्ड एनालिसिल वीङ "र" निकटस्थ रहेको र २०५९ सालमा भारतीय प्रधानमन्त्रीको कार्यालयमा भारतको स्वार्थ र चासोहरुलाई प्रतिकुल असर गर्ने कुनै काम गर्ने छैनौ भन्ने ब्यहोराको लिखित कबुलियत प्रतिज्ञालेखि चढाएको कुरा नयाँदिल्ली जवाहरलाल नेहरु बिश्वबिद्यालयका प्राध्यापक एस.डि.मुनिले बताईसकेका छन् साथै राष्ट्रियताको निम्ति जनयुद्ध गर्ने प्रचण्ड, बाबुरामलेे नेपाली जनताको बिश्वासमा तातो खरानी खन्याएको कुरा नेपालर् इन ट्रान्जीक्सन प|mम पिपुल्स वार टु प|mाजाईल पिस मा पढ्न पाईन्छ भने भारत सँग भएको बिप्पा सम्झौता र बिमानस्थलको सुरक्षा जिम्मा भारतलाई दिने निर्ण्र्ाासायद यसैको उपज त होईन - राष्ट्रघाती यस्तो निर्ण्र्ाागराउने तत्कालीन बाबुराम सरकार बिस्तारबादी सँग घँुडा टेकरे साम्राज्यबादीको दलाल बनेको आरोप लगाउँने बैद्य जी ले उनको असली अनुहार देखेका छन् कि -
नेपालमा जब लोकतन्त्रको उदय भयो यहाँ रहेका राजनीतिक दलहरुले दिल्लीको गुलामी गर्नमा धेरैनै समय खर्च गरे । अनी ती राजनीतिक दलका नेताहरुलाई सुस्ता र टिस्टामा भारतले कब्जा गरेको भुमि भन्दा एक तर्राई चाहिएको छ । मद्येशमा खुल्लमखुल्ला भारतीय सिमा सुरक्षाबल का जवानहरु आएर नेपाली चेलीकोर् इज्जतमाथि बर््रमलुट मच्चाउँदा राजेन्द्र महतो, उपेन्द्र यादब, बिजयकुमार गच्छदार, महन्थ ठाकुर, ह्रृदेश त्रिपाठी लगाएत मद्येशी नेतालाई एक मद्येश एक प्रदेश चाहिएको छ । सुदुरपश्चिमका बिकट गाउँमा खाद्यान्नको अभाब हुँदा लोकप्रिय नेता तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टर्राईद्धारा प्रचण्डपुत्र प्रकाश लाई सगरमाथा आरोहणको नाममा दर्ुइ करोड बजेट पारित गर्राईन्छ । नागरिक सर्बोच्चताको नारा लगाउँन पछि नहट्ने माओबादी ले रामहरि श्रेष्ठलार्इर्र्कुटिकुटि मारिन्छ । अदालतले र्सबश्व सहित आजिबन काराबास सुनाएका बालकृष्णको बचाउँमा कम्मर कसेर पार्टर्ीीाग्दछ । पत्रकार हत्याका आरोपीहरुले अपराध स्विकार गरेर दण्ड भोग्न राजी हुँदा प्रधानमन्त्रीजस्तो जिम्मेबार ब्यत्तिले प्रमाणहरुनष्ट गर्न उर्दी जारी  गरिन्छ । यो नै ठुलो उपलब्धी हो हामी नेपालीको लोकतन्त्रमा ।
 नेपालमा संबिधानसभाको निर्बाचन पछि देशले पाउँने संबिधानमा राजनीतिकदल जिम्मेबार भएका भए देशले पक्का नयाँ संबिधान पाँउने थियो तर यो हुँन सकेन । राजनीतिक दलमा प्रधानमन्त्री बन्न योग्य र असहमतिको नाममा न्यायलयका  न्यायमर्ुर्तिलाई धमिल्याउँन पनि पछि परेनन् देशका राजनीतिक दलका माउतेहरु बिदेशीकोर् इशारामा । यदि देशले स्वतन्त्र ब्यत्ति खोजेको थियो भने महाबिर पून,भगवान कोईराला,अनुराधा कोईराला,रबिन्द्र मिश्र, भोला रिजाल राजनीतिक दलको झण्डा बोेकेका पात्र थिए र - कि उनीहरुमा देश हाँक्न सक्ने जिम्मेबार थिएन र - कि उनीहरु राजनीतिक दलकोर् इशारामा चल्न सक्दैनथे - हुँन त न्यायप्रेमि नेपाली जनताले बुझेकापनि छन् जब चीनलाई र्सार्कको पर्यबेक्षक बनाउँन नेपालको एकतफिर् पश्ताब र त्यसलाई पारित गर्न बाँध्य पारिनुनै नेपालमा राजतन्त्रको ठुलो अभिशाप बन्न पूग्ोको हो ।
बितेको लगभग १८ बर्षगाडी माओबादी ब्रि्रोहको कारक के राजा थिय र - त्यतीबेला सत्तासीन नेपाली कांग्रेसको कुशासन सबैक्षेत्रमा भष्ट्रचार अनि जनमोर्चा माथिको दमन चक्रनै थियो । के यसको कारकतत्व पनि राजतन्त्र नै थियो त - नेपालीलाई थाहा छ बिधानसभाको निर्बाचनको निहँुमा सिक्किम सिध्धियो । त्यस्तै हुँनेछैन भनेर कसरी नभन्ने संबिधानसभा बाट उपलब्ध गर्राईने संबिधान ।  के बिश्वमा संबिधानसभाको निर्बाचन भएको एकदशक नपुग्दै दोहोरयाईएर निर्बाचन गरेकोर् इतिहास छ र - छिमेकी मुलुक भारतले भुटानमा प्रजातन्त्रको कुरो किन उठाउँदैन - किनकी त्यहाँको रक्षा र परराष्ट्रनीति भारत  मातहत छ ।
तत्कालीन राजा महेन्द्रले भनेका थिय पार्टर्ीीत्रका राष्ट्रघाती तत्वहरुका कारणले जनतामात्रै बिभाजीत होईन राष्ट्रनै बिभाजित हुन सक्छ भने झै आज  देशको अबस्था यही छ । आधुनिक चीनका शत्तिशाली नेता माओत्सेतुङ र भारतका शत्तिशाली प्रधानमन्त्री नेहरु का बीचमा राजा महेन्द्रले शन्तुलीत मित्रता कायम गरेर कुटनीतिक रुपमा नेपाल खाने नेहरु योजना समाप्त पारिदिएका थिए । त्यस्तै नेपालको शुरक्षार्थ बाहाना गरेर बसेको भारतीय फौजलाई राजा महेन्द्रले बिनार्सत लखेटिदिएका थिय के आजका राजनेतामा यो हैसियत छ - अनि यसको  बारेमा कसले बुझीदिने !
                                            इमेल  : abaral382@gmail.com
हामी युनिकोडबाट समाचार सम्पादन र प्रकाशित गर्ने गर्छौँ । यस क्रममा नेपाली भाषा, आकार, इकार, ह्रस्व दीर्घ आदिमा समेत समस्या आउने हुँदा यो समस्या बुझिदिन हामी हाम्रा तमाम पाठक / दर्शक हरुलाई बिनम्र अनुरोध गर्दछौँ । - सम्पादक, नेपालमदर डट कम

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक