20130727

"नेपाली बिन लादेन" भनेर मान्छेहरुले उपनाम दिएका प्रचण्डद्वारा मरेको वाइसियल ब्युँताएर बिरोधीहरु माथि आक्रमण गर्न निर्देशन !

नियम कानुन को खिल्ली उडाउने क्रम जारी छ । कठै एमाले र काङ्रेसले कहिले बुझ्ने होलान यि "नेपाली बिन लादेन" लाई !  
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभा विरुद्ध गतिविधि गर्नेहरुमाथि आक्रमण गर्न आफना कार्यकर्ताहरुलाई निर्देशन दिए। उनको निर्देशन चुनाव बिथोल्ने चेतावनी दिइरहेको नेकपा-माओवादी विरुद्ध लक्षित ठानिएको छ। राजधानी नजिकैको जिल्ला काभ्रेमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दा प्रचण्डले नेकपा-माओवादीले चुनावमा भाग लिए गोलमेच सम्मेलनको आयोजना, संविधानसभामा समानुपातिकको संख्या वृद्धि र उच्च राजनीतिक समिति पुनर्गठनको निम्ति पहल गर्ने पनि बताए। तर कार्यकर्ताहरुलाई सार्वजनिक ढंगले निर्देशन दिँदै उनले भने, "संविधानसभा विरुद्ध गतिविधि गर्नु भनेको छट्टु स्याल गाउँ पस्या हो, त्यसकारण हाम्रा जनताका कुखुरा बचाउनका निम्ति ती छट्टु स्यालमाथि आक्रमण गर्नुस्, मेरो यहीं निर्देशन हुन्छ तपाईहरुलाई।" प्रचण्ड उच्च स्तरीय राजनीतिक समितिका संयोजक पनि हुन्। प्रचण्ड सहित उच्च समितिमा रहेका तीनवटै दलका तीन ठूला नेताहरुले नेकपा-माओवादीको चुनाव वहिष्कार गर्ने नीति विरुद्धको तीव्र आक्रोश फरक-फरक कार्यक्रम मार्फत एकै दिन व्यक्त गरेका छन्। उच्च समितिको तर्फबाट गरिएको नेकपा-माओवादीसँगको वार्ता-प्रयासमा प्रगति हुन नसकिरहेका बेला उनीहरुको त्यस्तो अभिव्यक्ति आएको छ। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वैद्य नेतृत्वको माओवादीलाई चुनावमा समेल हुन आग्रह गरेका थिए। पार्टी कार्यालयमा आफ्ना कार्यकर्ताहरुसित बोल्दै उनले भने, "लोकतन्त्रमा त्यस्ता शक्तिमात्र चुनावबाट भाग्छन्, जो प्रतिगमनको पक्षमा छन्, जो प्रतिक्रान्तीको पक्षमा
छन्।"
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा-माओवादीको बहिष्कार नीतिको सामना गर्ने बताए। संविधानसभाको चुनाव लक्षित पार्टी कार्यक्रममा उनले भने, "कसैले रोकेर पनि मंसीर चार गतेको चुनाव रोकिंदैन्, यो वैद्यले विरोध गरे पनि भइ छाड्छ, डाक्टरले विरोध गरे पनि हुन्छ।"
नेकपा-माओवादीले संविधानसभाको चुनाव 'सकृय र सशक्त' बहिष्कार गर्ने घोषणा गरेको छ।
तीन पार्टीका शीर्षस्थ नेताहरु, खासगरी प्रचण्डको निर्देशन सो दलसँगको सम्भावित टकरावलाई प्रोत्साहित गर्ने खालको रहेको कतिपयको टिप्पणी छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक