20130726

फेरी शुरु भयो माओवादीको जंगली राज, सामाजिक कारवाही रे ! कायमै छ क्यास माओवादी र ड्यास माओवादी आतंक र त्रास । लाचार सरकार नियम कानुनको खिल्ली उडाइदा पनि लाटाले केरा हेरे जस्तै हेर्दै !!! कठै यो कस्तो लोकतन्त्र हो ? कस्तो गणतन्त्र हो ??!!

उनी साँच्चै दोसी भए प्रहरी प्रशासनले किन कारबाही नगरेको ???
Bhumiraj Niraula नेकपा–माओवादी निकट ‘राष्ट्रिय युवा जनस्वयं सेवक’ले चुरे भावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरौलालाई सामाजिक कारबाही गरेको जनाएको छ । जनस्वयं सेवकद्वारा जारी विज्ञप्ति अनुसार निरौला विभिन्न अपराधिक कार्यमा संलग्न रहेकाले कारबाही गरिएको जनाएको हो । निरौलालाई आज (शुक्रबार) विहान ९ बजेर ४५ मिनटमा तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन नजिकै सडकमा कारबाही
गरेको जन्मदेव जैशीले जनाएका छन् । जैशीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लखेर निरौलालाई सामाजिक कारबाही गरेको जनाएका हुन् । जनस्वयं सेवकका कार्यकर्ताले निरौलाको मोटर साईकल ढोलेर रोकी कालो मोसो लगाउने प्रयास गरेको प्रत्यक्षदर्शीले जनाए । नेकपा–माओवादी र उस्को जनस्वयं सेवकले अध्यक्ष निरौलालाई नौं वटा आरोप लगाएको छ । यस अघि पनि नेकपा–माओवादीले अध्यक्ष निरौलासँग जग्गा कारोबारमा रकम लेनदेनमा कुरा नमिले पछि अपहरण गरेर कारबाही गरिसकेको छ ।Bhumi raj Niraula - ncp- Maobadi
राजनीतिक आवरणमा भूमाफिया सञ्चालन गरेको, सुनसरी ईटहरी–५ का भक्तिविलास निरौलाको लाख, ईटहरी–४ का सुरेन्द्र कटवालको २ लाख ८० हजार, ईटहरी–४ का तारा निरौलाको २५ लाख ७६ हजार १ सय ६०, बरगाछी–६ का उद्धव पोखरेलको २ लाख ५० हजार, काठमाडौं महानगरपालिका–३३, बानेश्वरका रवि विक्रम शाहको दुई करोड र बालकुमारी ललितपुरका सन्तुराम भट्टराईको ६ लाख पचास हजार रकम हिनामिना गरेको आरोप नेकपा–माओवादी र जनस्वयं सेवकको छ ।
त्यसै गरी, नेकपा–माओवादीले काठमाडौं चावहिलकी ३० वर्षीय शर्मिला कार्कीलाई पत्नी बनाई बेपत्ता बनाएको, दर्जर्नौ युवतीलाई यौन दुरव्यवहार गरेको तथा सप्तरी, महोत्तरी र काठमाडौमा ठगी गरेको एवं जागिर लगाउने भन्दै रकम उठाउने गरेको आरोप पनि लगाएको छ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक