20130704

एक बर्ष पनि टिक्न सकेन इजिप्टको लोकतन्त्र, नेपालकै लोकतन्त्र, गणतन्त्रको जस्तो बेहाल भए पछी इजिप्टको सैनिकले राष्ट्रपतिलाई बर्खास्त गरी प्रधान न्यायाधिशलाई सत्ता सुम्पियो !

लामो समयदेखि संत्ता संकटबाट गुज्रिरहेको इजिप्टमा सैनिक ‘कु’ भएको छ । इजिप्टका सेना प्रमुखले त्यहाँको संविधान निलम्बित गरी राष्ट्रपति मोहम्मद मोर्सीलाई पदबाट बर्खास्त गरेका छन् । इजिप्टका सेना प्रमुख जनरल अब्देल फताह अल–सीसीले इजिप्टको राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गर्दै नयाँ राष्ट्रपतिको चुनाव नभएसम्म राष्ट्रपतिको जिम्मेवारी त्यहाँका मूख्य न्यायाधीशले सम्हाल्ने बताएको बीबीसीले जनाएको छ । राष्ट्रपतिको चुनाव हुनअघि अन्तरिम सरकारको काम मूख्य न्यायाधीशले हेर्ने जनाइएको छ । इजिप्टमा यसअघिबाटै पदमुक्त राष्ट्रपति मोर्सी र हजारौं विपक्षीबीच पटक–पटक झडप हुँदै आएको थियो । त्यहाँको सेनाले राष्ट्रपतिलाई राजीनामा गर्न दिएको समयसीमा बुधबार साँझ सकिएको थियो । त्यस लगत्तै राजधानी कायरोका कयौं स्थानमा सेनाले गस्ती सुरु गरेको छ भने सयौं सैनिक ट्यांक सडकमा
देखिएका छन् ।

सेनाले राष्ट्रपति मोर्सीलाई पदमुक्त गरेपछि हजारौं मोर्सी विरोधीले सडकमा उत्सव मनाएका छन् भने मोर्सी सर्मथकले सैनिक कुको विरोध गरेका छन् । सैनिक कु पछि राष्ट्रपति मोर्सी सर्मथक उपस्थित इलाकामा सेनाको गस्ती व्यापक गरिएको जनाइएको छ ।

उता, अपदस्थ राष्ट्रपति मोर्सीले भने फेसबुकबाट सेनाले सत्ताकब्जा गरेको टिप्पणी गरेका छन् । उनका सर्मथक र सत्तारुढ मुस्लिम ब्रदरहुडले जनताको विरोधकाबीच झुक्न इन्कार गरेको जनाइएको छ ।

यसअघि सरकार र विपक्षीद्धारा भएको प्रदर्शन र झडपका क्रममा १६ जना मोर्सी सर्मथकका मृत्यु भएको थियो ।

कु पछि सेनाले भने राजनैतिक ‘रोडम्याप’ तयार पारेको र त्यसलाई घोषणा गरी लागू गरिने जनाइएको छ । मोर्सी विरोधीले भने मोर्सी उनको पार्टी ब्रदरहुडले देशमा मुस्लिम एजेन्डा थोपरेको आरोप लगाउँदै उनीहरुले राजीनामा दिनुपर्ने जिकिर गरेका छन् । त्यस्तै सेनाले मोर्सी र ब्रदरहुडका वरिष्ठ नेतालाई देशबाट बाहिर जान निषेध गरेको जनाइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजिप्टको संत्ता संकटप्रति चिन्ता व्यक्त गर्दै चाँडो भन्दा चाँडो जननिर्वाचित शासन लागू होस् भन्ने इच्छा व्यक्त गरेको जनाइएको छ । अमेरिकी कानून अनुसार जननिर्वाचत शासन सेनाबाट अपदस्थ भएको अवस्थामा इजिप्टलाई अमेरिकाले दिंदै आएको सहायता रोकिनेछ । ओबामाले इजिप्टमा अमेरिकी सहायतको समीक्षा गर्न सुझाएको पनि जनाइएको छ ।

मोर्सी ३० वर्ष एकलौटी शासन गरेका राष्ट्रपति होस्नी मुबारकको सत्ता सन् २०११ मा आन्दोलन पश्चात समाप्त भएपछि भएको निर्वाचन मार्फत जननिर्वाचन राष्ट्रपति बनेका थिए ।
तस्वीरः एजेन्सी


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक