20130706

तनहुँ दमौलीबाट मादी नदीमा बस खस्दा ११ जनाको मृत्यु. ८ जनाको जिवितै उद्दार, बच्चाहरुलाई बचाउने क्रममा अनियन्त्रित भएको बस पुलबाट नदीमा


पृथ्वी राजमार्ग अन्तरगत तनहुँ दमौलीबाट मादी नदीमा बस खस्दा ११ जनाको मृत्यु भएको छ । भने ८ जनाको जिवितै उद्दार गरिएको छ । मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये ६ पुरुष, २ महिला र १ बच्चा रहेको प्रहरी उपरीक्षक देवबहादुर बोहोराले जानकारी दिनुभयो । पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको बस मादी पुलबाट नदीमा खसेको हो । बसको अधिकांश भाग पानीमा डुबेको छ । अहिले बसलाई क्रेनले नदीबाट निकाल्ने तयारी भइरहेको छ । पुलमा लगाइएको बार भत्काएर बस विपरित दिशातर्फबाट नदीमा खसेको छ । प्रत्यक्षदर्शीका अनुसार पुलमा हिडिरहेका बच्चाहरुलाई बचाउने क्रममा अनियन्त्रित भएको बस पुलबाट नदीमा खसेको थियो । बसमा रहेकाहरुको खोजी तथा Click to enlarge image Tanahun acciden-2.jpg
उद्दार जारी छ । उद्दारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी जुटेका छन् । बसमा २५ जना रहेको आशंका गरिएको छ ।बस दुर्घटनामा मर्नेको संख्या ११ पुग्यो (फोटोसहित)

बस र्दुघटनामा ३४ जना घाईते/ ८ जना गम्भीर

-राजेन्द्र आचार्य
नवलपरासी । नवलपरासीको डण्डा बजार नजिकै आज भएको बस र्दुघटनामा ३४ जना यात्रु घाईते भएका छन् । पुर्वपश्चिम राजमार्ग अन्र्तगत डण्डा बजारबाट लगभग दुई सय मिटर पर रहेको पथ्थर खोलामा यात्रुबाहक बस खस्दा ३४ यात्रु घाईते भएका छन् भने ८ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्याल कावासोतीले जनाएको छ ।
भैरहवाबाट काठमाडौतर्फ आउदै गरेको लु १ ख ५६३० नम्वरको यात्रुबाहक बस पुल संगैको छेकबारमा ठोकिएर खोलामा खसेको प्रहरीको भनाई छ । काठमाडौबाट नेपालगञ् का लागि जादै गरेको ना ४ ख ३३८ नम्वरको बससंगको ठक्करले खोलामा खसेको हो । घाईतेहरुलाई कावासोतीको कालिगण्डकी अस्पताल र केहीलाई भरतपुर तर्फ लगिएको छ । घाइते हुनेहरुमा गुल्मीका सुरज ज्ञावाली, नवलपरासीका इन्द्र बहादुर राना, वुटवलका नारायण कुवंर, कुरिन्टार चितवनका वासु सिल्वाल, रुपन्देहीका हेम वहादुर खडका, अर्घाखाचीका सरस्वती सेमही मगर, कञ्चनपुरका सागर वोगटी ,कपिल्वस्तुकी रेखा भण्डारी, रुपन्देहीका कुञ्जराज श्रेष्ठ, कपिलवस्तु मिनवहादुर राना, बदर्घाट नवलपरासीका निलकण्ठ घिमिरे, नवलपरासीका पावर्ती गिरी र मनोज गिरी, वुटवलका नम्रता गुरुङ, नवलपरासीका मनोहर रसाइली र भिखारी शाह , वुटवलका कृष्ण सुनवार र वुटवलककै सन्देश सापकोटा गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक