20130705

मेक्सिकोका लागि गैह्र आवासीय राजदूत महामहिम डा. शङ्कर प्रसाद शर्माले त्यहाँका राष्ट्रपति एनरिक पेन्या नियतो समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश

मेक्सिकोका लागि गैह्र आवासीय राजदूत महामहिम डा. शङ्कर प्रसाद शर्माले त्यहाँका राष्ट्रपति महामहिम एनरिक पेन्या नियतो समक्ष एक विशेष समारोहका बीच जलाई ३, २०१३ का दिन राष्ट्रपति भवनमा आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । राजदूत शर्मा संयुक्त राज्य अमेरिकाका लागि आवासीय
राजदूत हुनुहुन्छ ।
ओहदाको प्रमाणपत्र ग्रहण गर्दै महामहिम राष्ट्रपति एनरिक पेन्या नियतोले मेक्सिकोका लागि नेपाली राजदूत नियुक्त हुनुभएकोमा राजदूत शर्मालाई बधाई ज्ञापन गर्नुभयो । महामहिम राष्ट्रपतिले नेपालका राष्ट्रपति सम्माननीय डा. रामवरण यादवको सुस्वास्थ्य र नेपाल एवं नेपाली नागरिकहरुको अनवरत प्रगति र समृद्धिको कामनाको सन्देश पुर्‍याइ दिन पनि आग्रह गर्नुभयो ।

ओहदाको प्रमाणपत्र पेश गर्दै राजदूत शर्माले नेपालका राष्ट्रपति सम्माननीय डा. रामवरण यादवले मेक्सिकोका राष्ट्रपतिको सुस्वाथ्य र मेक्सिको एवं मेक्सिकन नागरिकहरुको अनवरत प्रगति र समृद्धिको कामना गर्दै पठाउनु भएको सन्देश व्यक्त गर्नुभयो । दर्ुइ देशबीच रहिआएको समुधर सम्बन्धप्रति खुशी व्यक्त गर्दै राष्ट्रपति एनरिक पेन्या नियतोले यी सम्बन्धहरुलाई आगामी दिनहरुमा अझ सुदृढ बनाउँदै लैजाने चाहना व्यक्त गर्नुभयो । महामहिम राष्ट्रपतिले द्विपक्षीय हितका विषयहरुमा आपसी सहयोगको इच्छा पनि व्यक्त गर्नुभयो । आफ्नो जिम्मेवारी वहन गर्न राजदूत शर्मालाई मेक्सिकन सरकारको पर्ूण्ा सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

ओहदाको प्रमाणपत्र पेश गर्नु अगाडि राजदूत शर्माले मेक्सिकोका परराष्ट्र मन्त्री ९क्भअचभतबचथ या ँयचभष्नल ब्ााबष्चक० महामहिम होसे आन्तानियो मिड कुर्रि्रेन्यासँग उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो । राजदूत शर्मालाई मेक्सिकोमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध सदृढीकरणका लागि दर्ुइ देशबीच सहयोगको प्रारम्भिक सम्झौता ९ँचamभधयचप ब्नचभझभलत या ऋययउभचबतष्यल० का लागि राजदूत शर्माले राख्नुभएको प्रस्तावमा सहमति जनाउनु भयो ।

ओहदाको प्रमाणपत्र पेश गर्ने समारोहमा महामहिम राजदतकासाथ राजदूत पत्नी श्रीमती कल्पना शर्मा, राजदूतावासका तृतीय सचिव जीत बहादुर कार्की र मेक्सिकोका लागि अवैतनिक महावाणिज्यदूत ज्याक आसेल पनि सहभागी हुनुहन्थ्यो ।

नेपाली राजदूतावास
वाशिङ्गटन डी.सी.

जुलाई ०५, २०१३



Ambassador of Nepal to Mexico presents his credentials in Mexico City

Dr. Shankar Prasad Sharma, Ambassador of Nepal to the United States of America, concurrently accredited to Mexico, presented his Letters of Credence to His Excellency Enrique Pena Nieto, President of Mexico, amidst a special ceremony at the Presidential Palace on July 3, 2013. 
Receiving the Letters of Credence, President Enrique Pena Nieto extended congratulations to Dr. Sharma for being appointed as the ambassador of Nepal to Mexico. The President requested the Ambassador Sharma to convey his best wishes to the Rt. Hon’ble Dr. Ram Baran Yadav, President of Nepal, for the personal health of the President as well as continued progress and prosperity of Nepal and Nepalese people.

Presenting Letters of Credence, Ambassador Sharma conveyed best wishes from the Rt. Hon’ble Dr. Ram Baran Yadav, President of Nepal, for the personal health of the President as well as continued progress and prosperity of Mexico and Mexican people. Expressing happiness for the relations happily existing between the two countries, President Enrique Pena Nieto also expressed his desire to further strengthen bilateral relations between the two countries. He also assured him of cooperation in the matters of potential areas of mutual interests. The President assured Ambassador Sharma full support from the Government of Mexico in discharging his duties. 


Ambassador Sharma called on His Excellency Jose Antonio Meade Kuribrena, Secretary of Foreign Affairs of the Government of Mexico at his office preceding the Credential Ceremony. Welcoming the Ambassador in Mexico, Foreign Secretary agreed to a proposal made by Ambassador Sharma to reinvigorate the bilateral relations with a new framework agreement of cooperation.
Ambassador Sharma was accompanied by his spouse Kalpana Sharma, Jit Bahadur Karkee, Third Secretary of the Embassy and Jack Assael, Honorary Consul General of Nepal to Mexico in the credentials presentation ceremony. 
Embassy of Nepal
Washington D.C.

July 05, 2013
 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक