20130707

पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभकामना दिन जाने सर्वसाधारणको निर्मल निवासमा उल्लेख्य भिड

"नेपाली माटो सुहाउँदो राजनीति गर्नु पर्छ, निषेधको राजनीति गर्नु हुँदैन" : ज्ञानेन्द्र
काठमाडौं, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ६७ औं जन्मदिन विभिन्न कार्यक्रम गरेर मनाएका छन् । काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा आज (आइतबार) उनले शुभेच्छुक तथा सर्वसाधारणसँग भेट गरेर जन्म दिन मनाएका हुन् । उनलाई शुभकामना दिन जाने सर्वसाधारणको निर्मल निवासमा
उल्लेख्य भिड समेत लागेको थियो । यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले कसैले पनि निषेध र सर्तको राजनीति गर्न नहुने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञानेन्द्रले निषेध र सर्तको राजनीति नगर्नु नै वास्तविक प्रजातान्त्रिक ब्यवस्था भएको बताए । ‘नेपाल र नेपाली भूमिको सबैले कदर गर्नुपर्छ,’ उनले भने, ‘नेपाल र नेपालीलाई सुहाउँदो राजनीति गर्न राजनीतिक दलका नेताले बुझ्नु पर्छ ।’ यसैबीच, पूर्वराजा ज्ञानेन्द्रले बाढी पहिरो पीडितलाई राहत हिमानी ट्रष्टमार्फत २५ लाख रुपियाँ राहत सहयोग गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक