20130702

सञ्चारमाध्यमहरुमा अफगानस्तानको काबुलमा भएको आत्मघाति हमलामा ४ नेपालीको ज्यान गएको समाचारहरु आइरहेको बेला...!

सञ्चारमाध्यमहरुमा अफगानस्तानको काबुलमा भएको आत्मघाति हमलामा ४ नेपालीको ज्यान गएको समाचारहरु आइरहेको बेला यस बारेमा परराष्ट्र मन्त्रालयले कुनै जानकारी नआएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवत्ता अर्जुनबहादुर थापाले ओएनएससँगको कुराकानीमा  नेपालीको मृत्यु बारे कुनै खबर नआएको बताए । अफगानिस्तानको काबुलमा उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो सैनिकलाई बन्दोबस्तीका सामान उपलब्ध गराउने एक कम्पनीको कार्यालयमा मंगलबार विहान भएको आत्मघाती आक्रमणमा चारजना नेपालीको मृत्यु भएको काबुलका प्रहरी प्रमुखले बताएका छन् । प्रवत्ता थापाले अफगानिस्तानसमेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदूतले काबुलमा सम्बद्ध अधिकारीसँग सम्पर्क गरी घटनाबारे जानकारी लिएका भएपनि मृत्युको खबर नआएको जानकारी दिए । पाकिस्तानस्थित नेपाली दूतावासमा काबुलमा निरन्तर सम्पर्कमा भइरहेको उनको भनाई छ । तालिवानले आज बिहान नेटो सैन्यलाई सामान उपलब्ध गराउने कम्पनीमा आत्मघाती आक्रमण गर्दा चारजना नेपाली सुरक्षागार्डसहित १० जनाको
ज्यान गएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रवाह गरेका थिए । 
 
सरकारको कानुनी प्रावधान अनुसार वैदेशिक रोजगारीका निम्ति अफगानिस्तानमा जान पाइँदैन । तरपनि गैरकानुनीरूपमा सङ्ख्यामा त्यहाँ नेपालीहरु कार्यरत रहेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक