20130820

नन्दप्रसाद अधिकारी र गङ्गामाया अधिकारी दम्पतीले आफ्ना छोरा कृष्णप्रसाद हत्याका आरोपीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको सरकारी पत्र नआएसम्म अनसन नछाड्ने अडान लिए

नन्दप्रसाद अधिकारी र गङ्गामाया अधिकारी दम्पतीले आफ्ना छोरा कृष्णप्रसाद हत्याका आरोपीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको सरकारी पत्र नआएसम्म अनसन नछाड्ने अडान लिएका छन् । मानवअधिकार आयोगको सिफारिस अनुसार अनुसन्धान सुरु भइसकेको जानकारीसहित वीर अस्पताल पुगेको स्वास्थ्यमन्त्री विद्याधर मल्लिक, शान्तिमन्त्री रामकुमार श्रेष्ठसहितको उच्चस्तरीय सरकारी टोलीले
अनसन तोड्न आग्रह गरेको थियो । मन्त्री मल्लिक र श्रेष्ठले भन्नुभयो-’अब तपाइँहरुको माग सम्बोधन हुन्छ, अनसन तोडिदिनुहोस् ।’ जवाफमा गँहभरि आशु बगाउँदै अधिकारी दम्पतीले भने-’हुन्छ हजुर कारबाही भयो भन्ने लिखितपत्र त चाहिन्छ ।’ अधिकारी दम्पत्तीले एकैस्वरमा भन्नुभयो, “मेरो छोरालाई कसले, कुन मिति र समयमा हत्या गरे भन्ने यकीन जाहेरी दिएका छौं, तिनीहरुलाई प्रहरीले समातेको पत्र नआएसम्म अनसन तोड्दैनौँ ।’ हत्याका आरोपितलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै अनसन बसेका अधिकारी दम्पतीको स्वास्थ्य स्थिति खराब हुँदै गएपछि गत साउन १६ गतेदेखि वीर अस्पतालमा उपचार भइरहेकोृ छ । अधिकारी दम्पतीले अस्पतालमा पनि अनसन जारी राख्नुभएको छ । वीर अस्पतालका निर्देशक डा बुलन्द थापाका अनुसार अधिकारी दम्पतीको स्वास्थ्य स्थिति सामान्य रहेको छ । सरकारले मंगलबार नै राष्ट्रिय मानव अधिकार आयोगलाई पत्र लेखी अधिकारी हत्याका छानबिन गर्न प्रहरी नायब उपरीक्षकको कमाण्डमा प्रहरी खटिएको जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाए अनुुसार सरकारले पीडित परिवारलाई ३ लाख दिने निर्णय गरेपनि पीडितका तर्फबाट कोही आएका छैनन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक