(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130830

मुठी कसेर भाषण गर्दैमा कोठाको चिम नबल्ने रहेछ, भान्छामा चामल नआउने रहेछ, बच्चाको फिस नतिरिने रहेछ, बिरामी पर्दा माओवादी लगानीकै अस्पतालले पनि पैसा नलिइ उपचार नगर्ने रहेछन् !

- विजयकुमार 
"आज मूठी कसेर भाषण गर्ने कुनचाहिं ठुलो नेताको छोरा मलायाको जंगलमा छ ? कुनचाहिं नेताको छोरी खाडीमा 'हाउस मेड' हुन गएकी छ ? नेताका सन्तान त्यहाू गएनन् भन्ने गुनासो गरेको होइन, गएर देखाउन भन्ने चुनौती दिएको पनि होइन । दुखेसो यतिमात्र हो, नेपालमा मुठी कसेर धम्की दिएर जुन राजनिति गरिदैछ, के त्यसले गरिबका छोराछोरी मरुभुमीतिर लाग्नु पर्ने स्थितिको अन्त गर्छ वा बाध्यताबस बिदेश जाने लाइन झन झन बढाउछ ? गरिबको नाममा, नेपालमा राजनैतिक उद्योग फस्टाएको हो । यो राष्ट्रघाती उद्योगको तेल सप्लाइ बन्द गर्ने काम पनि अरु कसैले होइन, नेपालकै दुःखी, शोषित र गरिबले गर्नुपर्छ ।"
२०३६ सालमा 'सुधारिएको पञ्चायत कि बहुदल ?' भन्ने विकल्पसहित जनमत संग्रहको घोषणा हुँदा झलक सुवेदी १८ वर्षीय बिद्यार्थी थिए । भुमिगत 'नेकपा माले' सम्बन्धित विद्यार्थी संगठनका सदस्य थिए । जनमत संग्रहको आयोजनले जनतालाई झन्डै २० बर्ष लामो एकदलीय पञ्चायती व्यवस्थाको बिकल्प रोज्ने अपुर्व मौका मिलेको थियो । तर बिडम्बना, ती दिनहरुमा आफूलाई जनताको महान र गौरवशाली पार्टी बताउने
झलकजीको माले पार्टीले 'जनमत संग्रह बहिष्कार गर' भन्ने नारा दियो । बहिष्कारको चर्को नारा बोकेर झलक सुवेदी पनि गाउू फर्किए । जानी-नजानी नेकपा मालेले गरेको उक्त कृत्यले नेपालमा प्रजातन्त्र पुनःस्थापनालाई दस बर्ष पछि धकेल्न भुमिका खेल्यो ।आज ५२ बषिर्य झलक सुवेदीका कपाल सेताम्य भएका छन । कपालमात्र होइन, दृष्टिकोण पनि परिष्कृत भएको छ । आफूले त्यसबेला गरेको बहिष्कारप्रति झलक सुवेदीका मनमा गर्व होइन, एक प्रकारको लज्जाबोध छ । हिजैमात्र भन्दै थिए उनी, 'त्यसबेला हामीलाइ लाग्यो, जनमत संग्रहमा बहुदलको साटो पंचायतले जिते नेपालमा साम्यवाद चाूडो आउने छ । हामीले त्यसबेला गरेको बहिष्कारले अन्ततः निरंकुसतालाई पृष्ठपोषण गर्‍यो भन्ने बुझ्न हामीलाइ धेरै समय लाग्यो ।' हुनत, आज मोहन बैधजीलाई सोध्यो भने सुवेदीजीका विचार 'संशोधनबादी' लाग्लान । ठिक त्यसै गरि, जसरी कुनै युगमा झलक सुवेदीजीको पार्टीलाई नेपाली बामपन्थी आन्दोलनका युगपुरुष मनमोहन अधिकारीका विचार 'संशोधनबादी' लाग्थे । 'संशोधनबादी' भन्ने पगरी नेपाली कम्युनिष्ट इतिहास -र भविष्यको पनि ?) को 'हात खाली नहुने चिठ्ठा' जस्तै हो । कसै न कसैले, कसै न कसैको टाउकोमा लगातार सिउरी रहनुपर्ने पगरीजस्तो !
आजको दिनमा फेरि एकपटक, वर्तमान वैश्य युगका यथार्थसित बिल्कुलै मेल नखाने अर्थहीन लफ्फाजीको जालोमा फसेर नेपालको बामपन्थी आन्दोलनको एक हिस्साले  आफ्नो मात्र होइन, समग्र जनताको जीवन नकारात्मक रुपले प्रभावित गराउन खोजेको ठिटलाग्दो अवस्था छ ।
जगदीश घिमिरे भन्छन्, 'दहीबाट नौनी बनाउन त्यसलाई झोल बनाएर मथ्नु पर्छ । मथ्दा-मथ्दा एक अवस्था यस्तो आउँछ, जब दहिबाट नौनी निस्केर तैरिन थाल्छ । त्यसपछि मथ्न बन्द गर्नु पर्छ र नौनी झकिेर निकाल्नु पर्छ । तर नौनी निस्किसके पछि पनि, यदि फेरि त्यसैलाई थप मथ्ने मुर्खता गरियो भने आएको नौनी पनि फेरि झोलमै बिलाउूछ । त्यस अवस्थालाई नौनी 'लच्चकियो' भन्ने शब्दावली प्रयोग गरिन्छ । नेपाली राजनितिको इतिहास लगातर नौनी लच्चकाउने दुष्कर्महरुले भरिएको छ ।'
प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नुको साटो नेपाली राजनितिक नेत्रित्वले पटक पटक 'नौनी लच्काउने' मुर्खता गर्दै आएको छ । २०३६ सालको जनमत संग्रहमा झलक सुवेदीको नेकपा मालेले गरेको 'नौनी लच्काउने' कृत्य अहिले नेकपा-माओवादीले दोहोर्‍याउन थालेको बलियो शंका उत्पन्न भएको छ ।
एक भनाइ छ, 'इतिहासले आफंैलाई दोहोराउूछ ।' सत्य के हो भने­ मानिसले आपmनो गल्ती दोहोर्‍याउूछ, अनि विचरा इतिहासलाई दोष दिन्छ । इतिहासजस्तो गहन बिषयलाई नेपालमा अनुत्पादक बिषय ठानिन्छ । त्रिविविमा इतिहास बिषय पढाउने शिक्षक र बिद्यार्थीहरुको हालत हेरेर त्यस बिषयप्रति गरिएको हेला सहजै महसुस गर्न सकिन्छ । सर्वाधिक महत्वको इतिहास बिषयलाई हेलावापत समाज पटकपटक दण्डित भएको छ । हाम्रो समग्र चिन्तनको सतहीपन र बौद्धिक सम्बादको निम्न स्तरमा त्यो दण्डको प्रभाव प्रष्ट महसुस गर्न सकिन्छ ।
झलक सुवेदीले २०३६ सालमा जे गरे त्यो कुरा प्रकारान्तरले नेपाली समाजको लोकतान्त्रिकरणमा सहायकसिद्ध भएन भन्ने कुरा उनी स्वयंले टेलिभिजनको पर्दामा स्विकार गरेपछि त्यसमा  केहि थपी रहनु परेन । त्यस इमान्दार स्विकारोक्तिले उनको बौद्धिक साइज घटाउूदैन, अपितु बढाउूछ । इतिहास चेतनाको बोध प्राप्त गर्नु भनेको त्यही हो । फेरि झलक सुवेदी त त्यसबेला काँचै उमेरका थिए ।
२०३६ को त्यही प्रवृत्ति अहिले फेरि दोहोरिएको छ । पात्र फेरिएका छन्, प्रवृत्ति उहि हो । मेरो यक्ष प्रश्न­ के आजको मोहन बैध समूहको पुस्ताले झलक सुवेदीको जीवनबाट केहि सिक्न सक्छ ? अथवा नेकपा-माओवादीका कार्यकर्ताको चेतनाबोध २०३६ सालका झलक सुवेदीमै सिमित रहने छ ?
बैध समूहको भित्री दाउ के होला ? भन्ने प्रश्नको उत्तरमा झलक सुवेदी भन्छन्, 'उनीहरु बर्तमान राजनैतिक प्रकृयालाई नै भत्काउन चाहन्छन् । चुनाव नभएपछि एक प्रकारको 'भ्याकुम' उत्पन्न हुनेछ र त्यो भ्याकुममा खेलेर सत्तामा आउन सकिन्छ भन्ने तिनको आूकलन छ । यस्तै खाले आंकलन हामी २०३६ सालमा गथ्र्याै ।'
बैध समूहको कुरा गर्दा याद राख्नै पर्ने हुन्छ, केही समयअघि पोखरा भेलामा त्यसले चुनावलाई बाधा हाल्ने निर्णय गरेको छ । हुनत चुनावको उपयोग गर्नुपर्छ भन्ने नेताहरु पनि त्यस समूहमा नभएका होइनन् । तर जबसम्म त्यो पार्टीको आधिकारिक निर्णय बदलिदैन, तबसम्म उसले गर्ने वार्ताको कुनै तात्विक अर्थ हुने छैन भन्ने आूकलन त्यहाूभित्रकै एक नेताले मलाई बताए, 'अहिले हामीले गर्ने भनेको रणनितिक टाइम पास मात्र हो ।'
यो स्थिति त्यसबेला मात्र बदलिने छ, जब चुनाव पक्षधर दलहरुले जनस्तरमा 'निर्वाचनको ताप' प्रवाहित गर्न सफल हुनेछन् । आज हामी बैध समूहले के गर्ला वा नगर्ला भन्ने अतिरन्जित आंकलनमा व्यस्त भइरहेको बेला यो कुरा पनि बिर्सन हुन्न कि चुनाव पक्षधरहरुको संख्यात्मक शक्ति धेरै बलियो छ । आउने हप्ताहरुमा जब बिभिन्न पार्टीका उम्मेवारहरुको नाम घोषणा होला, तिनिहरुको पक्ष-बिपक्षमा जब समाज बिभक्त होला, तब बेग्लै माहौलको सृजना हुनेछ । ठिक त्यस्तै माहौल जस्तो २०३६ सालमा झलक सुवेदीले बेहोरेका थिए । उनले बहिष्कारको नारा दिए, तर झलकजीको आफ्नै घरका मानिसले त्यसलाइ सुनेनन् ।
आजको यक्ष प्रश्न बैध समूहले चुनाव हुन दिन्छ कि दिदैन भन्ने होइन, निर्वाचन पक्षधर भनिएका दलहरु नै चुनावप्रति साूच्चिकै मन र कर्मले प्रतिबद्ध छन् कि छैनन भन्ने हो । यसैबिच हाल बैध समूहका महत्वाकांक्षी 'सेन्टर फर्वाड' नेत्रविक्रम चन्द चीन पुगेका छन् । चीन एक परिपक्व बिदेश निति संचालक राष्ट्र हो । उसले कसैलाई काठमाडौमा भेट्दा एउटा र बेइजिङमा देख्दा अर्को सन्देश प्रवाहित गर्दैन । बेलायती राजदुत एन्ड्रु जेम्सले स्पष्ट शब्दमा मलाई भने, 'नेपालको चुनावका सम्बन्धमा भारत र चीनलगायत सारा अन्तर्राष्ट्रिय समुदाय एकमत छ । चुनाव निर्धारित मितिमा हुनै पर्छ । म आशा गर्छु कि बैधजीले यो सन्देशको गम्भिरता बुझ्नु हुनेछ ।'
अन्तर्राष्ट्रिय मन्चमा यो स्थिति छ भने देशभित्रका जनताचाहिं गरिबी र अराजताले गर्दा थप बेचैन हुँदै गएका छन् । कुनै पनि सिद्धान्तका जडसुत्रवादी ठुल्ठुला कुरा, नारा, बन्द, हडताल आदिले नेता र उसका आसेपासेबाहेक अरु कसैको मुखमा माड नलाग्दो रहेछ भन्ने जनताले बिगतमा भोगिसके । यो नेपाली समाजले आजसम्म पाएको सबैभन्दा ठुलो चेतनाबोध हो । यो दिर्घकालिन चेतनाबोधको महत्व कुनै पनि जनआन्दोलन वा विद्रोहभन्दा कम छैन । नेपाली जनमानसमा नवोदित यो चेतनाबोधको सहि आकलन गर्न नसक्ने कुनै पनि राजनैतिक शक्तिको भविष्य समाप्त हुन धेरै समय कुर्नु पर्ने छैन ।
जनयुद्ध लडेका माओवादी कमाण्डर यमबहादुर थापा 'अरुण' ले हिजैमात्र कांग्रेस प्रवेश गर्दा भनेका यी शब्दले नवचेतनाको युग टाढा नभएको शंखनाद गरेका छन्, 'दस बर्षे जनयुद्ध मार्फत मुलुकमा आर्थिक बिकासका ठुला सपना देख्ने हामी आज रोजगारका लागि मलेसिया र खाडी जानेमात्र होइन, सुन्धाराका लजमा वेश्यावृत्ति अंगाल्नसम्म बाध्य भयौ ।'
धेरैले बुझसिके, बाँकीले पनि चाँडै बुझ्ने छन्, राजनैतिक सिद्धान्तका किताबमा जे लेखिएको भए तापनि नेपाली जीवनको सत्य भनेको केहि हजार रुपयाको लागि मलायाका जंगल वा अरबका मरुभुमी जानु पर्ने बाध्यता नै हो । किताबका अक्षरमा नेपाललाई जलविद्युतको धनी देश भनिए तापनि दैनिक १८ घन्टासम्मको लोडसेडिङ नै हाम्रो जीवन सत्य हो ।
मुठी कसेर भाषण गर्दैमा कोठाको चिम नबल्ने रहेछ, भान्छामा चामल नआउने रहेछ, बच्चाको फिस नतिरिने रहेछ, बिरामी पर्दा माओवादी लगानीकै अस्पतालले पनि पैसा नलिइ उपचार नगर्ने रहेछन् । यस्ता कटु सत्य बुझ्ने यमबहादुर थापाहरुको संख्या भविष्यमा हर पल बढदै जाने छ । आज मूठी कसेर भाषण गर्ने कुनचाहिं ठुलो नेताको छोरा मलायाको जंगलमा छ ? कुनचाहिं नेताको छोरी खाडीमा 'हाउस मेड' हुन गएकी छ ? नेताका सन्तान त्यहाू गएनन् भन्ने गुनासो गरेको होइन, गएर देखाउन भन्ने चुनौती दिएको पनि होइन । दुखेसो यतिमात्र हो, नेपालमा मुठी कसेर धम्की दिएर जुन राजनिति गरिदैछ, के त्यसले गरिबका छोराछोरी मरुभुमीतिर लाग्नु पर्ने स्थितिको अन्त गर्छ वा बाध्यताबस बिदेश जाने लाइन झन झन बढाउछ ? गरिबको नाममा, नेपालमा राजनैतिक उद्योग फस्टाएको हो । यो राष्ट्रघाती उद्योगको तेल सप्लाइ बन्द गर्ने काम पनि अरु कसैले होइन, नेपालकै दुःखी, शोषित र गरिबले गर्नुपर्छ ।
झलकजीले जति समय लगाएर कुराको चुरो बुझ्नु भयो, बैधजीका कार्यकर्ताले पनि त्यतिकै समय लगाएर त्यही कुरा बुझ्नु भनेको थप एक पुस्ताको बरबादी हो । मलाई लाग्दैन नेकपा-माओवादीका मित्रहरु थप एक पुस्ताको भविष्य बर्बाद गर्न चाहनु हुन्छ । ठन्डा दिमागले सोच्ने समय अझै घर्किसकेको छैन ।
- vijayko@gmail.com , Source -Kantipur

 ‘दसबर्षे जनयुद्धमार्फत मुलुकमा आर्थिक विकासका ठूला सपना देख्ने हामी लडाकु आज रोजगारका लागि मलेसिया र खाडी जानेमात्र होइन, सुन्धाराका लजमा वेश्यावृत्तिसम्म अँगाल्न बाध्य भयौं ।’  
- माओवादी सशस्त्र द्वन्द्वका क्रममा बन्दुक बोकेर हिँडेका ‘लडाकु कमाण्डर’ यमबहादुर थापा ‘अरुण’ 
बिहीबार कांग्रेस मुख्यालयमा यस्तै दर्दानक अभिव्यक्ति दिइरहेका थिए । ‘प्रचण्ड र बाबुरामको क्रान्तिले मुलुक त के एउटा नगरपालिका बनाउने क्षमता पनि राख्ने रहेनछ,’ एमाओवादी नेवाः राज्यसमिति सदस्य एवं तत्कालीन ‘जनमुक्ति सेना’ का कमान्डर रहेका थापाले भने । विगतमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईको आदेशमा मर्न र मार्न तयार भएका थापा आफ्नो यौवन व्यर्थैमा खेर गएको भन्दै पश्चताप पनि गरिरहेका थिए । यस्तै पश्चताप गर्दै थापासहित पूर्वप्लाटुन कमान्डरलगायत चारसय ४१ जना बिहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस मुख्यालयमा आयोजित विशेष समारोहमा उनीहरुलाई सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंहले खादा, माला र टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए । कांग्रेस प्रवेश गर्नेमा बेरोजगार युवा संघ नेपालका केन्द्रीय सदस्य जितबहादुर केसी, वाईसीएल काठमाण्डौंका सदस्य पंकज मल्ल, सुरेश गिरी लगायत छन् । 'हिजो लालसलाम भन्ने हामी आज जय नेपालको यू टर्नमा आयौ,' थापाले भने,' एमाओवादी अध्यक्ष दाहाल र नेता भट्टराईको निर्देशनमा दलका कार्यकर्ता र सर्वसाधारणसँग जबर्जस्ती चन्दा उठायौ र तिनै नेतालाई बुझायौ । त्यो पार्टीमा अहिले पनि त्यही गणेशप्रवृति मात्र बाँकी छ,' थापाले भने,' राष्ट्रियता, प्रजातन्त्र र समाजवादको कांग्रेस सिद्धान्त भन्दा अर्को कुनै राम्रो सिद्धान्छ रहेनछ ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक