20130823

माओवादीले बैंकबाट लुटेको करोडौं नगद र सुन रोल्पाको एउटा जंगलमा खाल्डो खनेर गाडेको खुलासा !


  माओवादीले बैंकबाट लुटेको करोडौं नगद र सुन रोल्पाको एउटा जंगलमा खाल्डो खनेर गाडेको खुलासा भएको छ। घर्तिगाउँ–७ झिनुवाको आद्राहले जंगलमा गाडेर राखेको करिब १ करोड७० लाख नगदसहित पाँच किलो सुन झिनुवाका केही व्यक्तिले निकालेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय रोल्पाले छानबीन थालेको आजको
अन्नपूर्णपोस्टमा खबर छ। प्रहरीले गाउँलेसँग बयान लिइरहेको छ। झिनुवाका चार जना कृष्ण, हुकुम,, खिमे र झुपल वलीलाई सदरमुकाममा झिकाई प्रहरीले सोधपुछ गरेको हो।सोधपुछपछि उनीहरूलाई छाडिएको प्रहरी नायबउपरिक्षक ओमबहादुर सुनामगरले बताए । रानामगरका अनुसार उनीहरूलेरकम खोज्न खाल्डो खनेपनि फेला नपरेको बयान दिएका छन्। स्रोतका अनुसार झिनुवाका केही व्यक्तिले गत असार २३ गते राती खाल्डोमा पुरेको रकम खनेर निकालेका थिए। ४० लिटर क्षमताको प्लास्टिकको कालो ड्रममा गाडिएको उक्त रकम उनीहरूले निकालेको गाउँलेले प्रहरीलाई जानकारी गराएका छन्। अर्घाखाची सदरमुकाम सन्धिर्ख आक्रमण गरी बैंकबाट कब्जामा लिएको रकम कमाण्डरको आदेशमा लझिनुवाका माओवादी कार्यकर्ताले जंगलमा गाड्न लगाएका गाउँलेको भनाइ छ। गाउँलेका अनुसार रकम गाड्ने लडाकु युद्वमा मारिएका थिए। भैसाही दाङमा बस्दै आएका माओवादी कार्यकर्ताले मोटरसाइकलमा आएर गाडीएको क्षेत्र खोज्दै हिडेपछि गाउँलेले  सुइको पाएका थिए। ती कार्यकर्ताले गाडीएको ठाँउ पत्ता लगाउन धामीको पनि सहयोग लिएको छिमेकी जुंगार–२ का हान्जाबाङ निवासी झक्तबीर डागीले बताए।
करोडौ रकम गाडीएको रहस्य थाहा पाएपछि केही गाउँले  खोज्न थालेका छन्।' पैसा गाडिएको संभावित ठाँउमा दर्जनौ खाल्डो खनिएको छ, 'डागी भन्छन्। गाउँलेले पैसा गाडेको ठाउँ पत्ता लगाउन स्थानीय तान्त्रिक विद्याका धामी झुपल वलीलाई गुहारेका थिए। - See more at: http://setopati.com/chapa-bata/3346/#sthash.TpENln9m.dpuf

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक