20130823

खबरदार, सत्ताका स्वोघोषित ठेकेदारहरु हो !



  • खबरदार, सत्ताका स्वोघोषित ठेकेदारहरु हो !
  • यँहा शिब-पार्वती बस्ने हिमाल बिक्रीमा छन् ,
  • नै अष्ठ चिरन्जिबी गुप्त बसेका पहाडहरु,
  • सुन फुल्ने तरांइका फाँटहरु बिक्रीमा छन् ,
  • जानकीको जन्म-माटो मधेश |
  • मलाई मेरो एक चिम्टी माटो कसम,
  • मलाई नालापानीमा बहेको गोर्खाली सहिदहरुको रगतको कसम,
  • तिम्रा सम्झौताहरु;
  • नेपाली संस्कृति मास्न खोज्ने सम्झौताहरु ,
  •  नेपाली भेष-भुषा बदल्न खोज्ने सम्झौताहरु,
  • नेपाली मन धर्म किन्न  खोज्ने सम्झौताहरु ,
  • पुर्खाले देखेको सन्ततिकोनेपाली-सपनाबेच्न खोज्ने सम्झौताहरु,
  • नेपाली इतिहासलाई मेट्न खोज्ने  सम्झौताहरु,
  • नेपाली राष्ट्रियतासंग खेलवाड गर्न खोज्ने सम्झौताहरु,
  • तिम्रा सब सम्झौता जालहरु;
  • मेरो सिमाना भित्र गर या बाहिर बुन,
  • पानी मुनि गर या पानी माथि गर
  • परचक्रीसंग गर या देश भित्रकै अर्को द्रोहिसंग गर
  • मध्य-रातमा रच या दिन-दहाडै गर
  • अब उप्रान्त, पवर्त भै,
  • अब उप्रान्त, पवर्त भै,
  • तिम्रा हरेक राष्ट्रघाती पाइला-बीच आउनेछु 
  • त्यतिबेला,
  • मेरो निधारमा चन्द्र-सुर्यको कफन हुनेछ
  • हातमा भीमसेन थापाको तलबार अमर सिंहको ढाल हुनेछ
  • मुला काटे झैं बैरी काट्न सिपालु वीर बलभद्रको खुकुरीको  निशाना, 
  • केवल तिम्रा गर्दनहरुमा सोझिनेछ||
  • खबरदार!
  • मलाई एक्लो नठान्नु, निर्बल नठान्नु,
  • इतिहास साक्षी ,
  • दुश्मनका हजारौं गोला-बारुदसंग लड्न- भिड्न
  • नेपाली ढुंगा-मुढाहरु पनि हरदम तम्तयार रहन्छन
  • पानी समेत नखाई दिनौ लड्न सक्ने तीनै वीर-विराङ्गनाहरुको त्येही अदम्य सहास
  • आज पनि मेरो रगतको थोपा-थोपाहरुमा प्रशस्त संचार छन्
  • तिमीहरु चुइंक्क गर,
  • तिमीहरु चुइंक्क गर,
  • सिङ्गै मेची-महाकाली रण-चण्डी भइ
  • तिमी तिम्रा ती सम्झौताका पानाहरु समेत तहस-नहस हुनेछन |
  • त्येसैले भन्दछु,
  •            सत्ताका स्वोघोषित नेपाली मुखुण्डो ओंढ़ेका ठेकेदारहरु हो,
  •            तिम्रा राष्ट्रघाती छल-छाम तिकडम बाजीहरु बन्द गर,
  •            तिम्रा ती राष्ट्रघाती ठेक्का-पट्टाहरुमा भोटे ताल्चा मार|
  •            तिम्रा ती राष्ट्रघाती ठेक्का-पट्टाहरुमा भोटे ताल्चा मार||

  • हे,कैलाशका शिव-पार्वती,
  • हे पहाडका अष्ठ चिरन्जीवी,
  • हे मधेश कि सीता मैया !
  • फेरी जन्म भए यिनको,
  • नेपाली तनका साथमा नेपाली मन-मुटु पनि भरेर दिनु
  •  त्येसो नमिले जताको मन-मुटु हो उतैको तन दिनु
  • किनकि
  • यो बुद्धको पनि देश हो,
  • चाहन्छु, ऋषि-मुनिहरुले रिचा पढेको यो देवस्थल,
  • फेरी संग्रामभूमि नबनोस
  • चाहन्छु, यो पवित्र भूमिमा
  •  अब उप्रान्त रगतको एक छिटा नपरोस
  • चाहन्छु, पुर्खाले प्राणको आहुति दिंदै देखेको "नेपाली-सपना"
  • साकार बनोस
  • चाहन्छु, मेरो शालि नदीमा कन्चन गङ्गा पनि
  • अटुट बगिरहोस
  • त्येसैले म भन्दछु,
  • सत्ताका स्वोघोषित नेपाली मुखुण्डो ओंढ़ेका ठेकेदारहरु हो,
  • तिम्रा राष्ट्रघाती छल-छाम तिकडम बाजीहरु बन्द गर,
  • तिम्रा ती राष्ट्रघाती ठेक्का-पट्टाहरुमा भोटे ताल्चा मार|
  • तिम्रा ती राष्ट्रघाती ठेक्का-पट्टाहरुमा भोटे ताल्चा मार||
  •                                                 -. . .

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक