20130822

जनै पुर्णिमाको दिन त्यहा पुग्दा लाग्थ्यो हामी नेपाल मै छौं


अमेरिकाको सेन्ट्रलभिल स्थित समाजसेबी अरुण रुपाखेतिको घर जनै पुर्णिमाको दिन दुलही सिंगारिए झै सिँगारिएको थियो । नेपालकै झल्को दिने गरि बनाइएको पूजा मन्डप मा सेतो बन्डी र धोंतिमा रुपाखेती कर्ताका रुपमा र डिसी मेट्रो एरियामा लोकप्रिय बनेका पन्डित राजेन्द्र खनाल जनै पुर्णिमाको पूजा गर्दै जनै र
डोरोहरु पुज्दै थिए । खनाल बा, ढुंगाना बा, रुपाखेती बा र अन्य पाका बा हरु (सबैको नाम थाहा भएन)  उनिहरुलाई साथ दिँदै थिए । शीरमा ढाका टोपी ढल्काएर महा सचिब कमल पोखरेल, उपाध्यक्ष दधी ढुंगाना, राम मिश्र, मधु लगायत का डिसी नेपाली समाजका पदाधिकारी र सदस्यहरु आमन्त्रित लाई स्वागत द्वार देखिनै स्वागत गर्न, कार्यक्रम ब्यबस्थित गर्न भ्याइ नभ्याइ थिए । त्यहा पुग्दा लाग्थ्यो हामी नेपाल मै छौं । हामी करिब दुई घण्टा त्यहा बस्दा देख्यौँ नजिक देखी टाढा सम्म का नेपालीहरु, राजदुत शंकर शर्मा देखी अन्य नेपाली सम्म आउने डोरो बाँध्ने, जनै फेर्ने अजिता रुपाखेती भाउजु, शोभा पोखरेल डिसी नेपाली समाजका पदाधिकारी र सदस्य परिवार र अन्य ले बनाएको क्वाँटी खाने फर्किने गरिरहे । नेपाली मन, नेपाली पन, आफ्नो सँस्क्रिती र परम्परालाई जोगाइ राख्न भनी ४ बर्ष अघी गठन भएको डिसी नेपाली समाजको गठन गर्दा का दिन हरु झलस्स याद आए । म, अरुण रुपाखेति, कमल पोखरेल बसेर यो संस्थाको नाम जुराएका थियौँ, बिधान बनाएका थियौँ, भेला बोलाएर पधाधिकारी छनौट गर्ने क्रम मा हामीले ४ पटक कसरथ गर्नु परेको थियो । केही भेलामा उपस्थित साथीहरुले नै होइन संस्था धेरै भए यो अर्को नखोलौँ भनेर भेला स्थगित हुँदा मैले निकै बहस र कसरथ गरेका दिन हरु सम्झिएँ । डिसी मेट्रो एरियामा नामका मात्र संस्था भए काम का भएनन भनेर गुनासो आइ रहेकोले यो फरक सोँच हामीले निकालेका थियौँ । अरुण रुपाखेती र कमल पोखरेलको केही गरौँ भन्ने भावना देखेर नै हामी बसेर यो डिजाइन गरेका थियौँ । मैले नै आयोजित भेलामा यो समितिको घोषणा गरेको थिएँ । घोषणाको दिन अरुण जी र कमल जि म सँग बेजोड रिसाउनु भएको थियो किनकी मैले भेलामा वहाँहरुले राखेको प्रमुख सल्लाहकार नाम आफैले काटेको थिएँ किन कि जता पनि पद ओगट्ने कुराको म बिरोधी हु र एउटा संस्थामा बसेको मान्छे अरु तिर बस्न हुँदैन, गर्न खोज्ने लाई अगाडि बढाउनु पर्छ भन्ने कुरा मा म विश्वाश गर्दछु ।  कमल जी ले मँच बाट मेरो फेरी नाम भन्नु भयो मैले ठाडै अस्विकार्दै बाहिरबाटै सहयोग गर्ने बचन दिएको थिएँ  र सक्दो गरेको पनि छु । हुन त हामी नेपालीहरुको अतित बिर्सिने बानी छ, ईतिहास बिर्सिने बानी छ तर डिसी नेपाली समाज पक्कै त्यसो गर्ने छैन जस्तो लाग्छ । न आफु काङ्रेस, न एमाले, न रा.प्र.पा, वा नकुनै अन्य राजनीतिक दलमा आबद्ध, एउटा स्वतन्त्र नागरिक, नेपाल र नेपाली दुई शब्द उच्चारण गर्न मात्र आउने, बाध्यता र बिबसताले परदेशीएको एउटा नेपाली मन । यसरी गठन गरिएको यो संस्थाले गत ४ बर्ष यता गरेका नेपाली रिती रिवाज, सँस्क्रिती जोगाइ राख्ने कार्यक्रमहरु देखेर हर्सित नहुने कुरै भएन । मैले अमेरिकामा आएपछिका दिन हरु सम्झिएँ, जसलाई समाजमा अगाडि ल्यायो त्यसैले राजनीति गर्ने, धोका दिने, उल्टै खुट्टा तान्ने गरिरहेका थुप्रै उदाहरणका बीच डिसी नेपाली समाजले गरेका यस किसिमा का टिपिकल नेपाली कार्यक्रम देख्दा मन गद गद हुनु स्वाभाबिक हो । डिसी नेपाली समाजका सबै पदाधिकारी एबम सदस्स्य हरु लाई धेरै धेरै बधाई र यस्तै यस्तै कृयाशिलताको को लागि शुभकामना मेरो तर्फ बाट । बाँकी फोटो र भिडियोको क्लिपमा हेर्नुस । - रामप्रसाद खनाल
 








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक