20130820

हिन्दू धर्मावलम्बीहरुले रक्षा बन्धन बाँधेर जनै पूर्णिमा पर्व मनाउछन् !


जनै पुर्णिमा घर घरमा रक्षा बन्धन बांधेर मनाउने गरिन्छ | बिशेषत हिन्दू धर्मावलम्बीहरुले रक्षा बन्धन बाँधेर जनै पूर्णिमा पर्व मनाउछन् । साथै तागाधारीहरुले नयाँ जनै ग्रहण गर्दछन । पुरोहितद्वारा मन्त्र गरिएको डोरो बाँध्दा दैत्यराज बलीको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गरिन्छ । यस पर्वमा सप्तऋषिहरु कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्ववामित्रलाई तर्पण पनि दिइने भएकाले
यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ । नेवार समुदायमा भने गुन्हु पुन्ही भनेर मास, भटमास, मुग, ठूलो केराउ, सानो केराउ, चना, सिमी र बोडी नौ प्रकारका गेडागुडी मिसाइ पकाएको क्वाटी खाने चलन छ । काठमाडौं उपत्यकामा किसानहरु आ–आफ्ना खेतमा गएर भ्यागुताको पूजा गर्ने भएकाले उनीहरु यस पर्वलाई ‘ब्याँ जाः नकेगु पनि भन्ने गर्दछन् । यसदिनको अवसर पारेर गोसाईंकुण्ड, मणिजूड दह र ललितपुरको कुम्भेश्वर लगायत देशभरका मठ, मन्दिर र कुण्डहरुमा मेला लाग्ने गर्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक