20130829

के बाबुरामजीले भनेजस्तो नेपालमा गणतन्त्र दशौं हजारको वलिदानबाट आएको हो ? हुंदै होइन। नेपालमा गणतन्त्र ‘राजदरवार’ भत्काएर त्यसको ठाउंमा ‘दिल्लीदरबार’ निर्माण गरी नेपाली सार्वभौमसत्तालाई कठपुतलि बनाउने भारतको रणनीतिका कारण आएको हो


rabindra-mishra

- रविन्द्र मिश्र
हिजो बाबुराम भट्टराईले ट्विट गरे: “दशौं हजार नेपालीको वलिदानबाट प्राप्त गणतन्त्र कुनै हालतमा गुम्न दिन सकिन्न । यसबारे कसैलाई कुनै भ्रम नरहे हुन्छ ।” म न गणतन्त्रवादी हुं, न राजतन्त्रवादी! म, धेरै नेपाली जस्तै, केवल ‘राष्ट्रवादी’ हुं। जब नेताहरु ‘राष्ट्रवादी’भन्दा पहिले लोकतन्त्रवादी, साम्यवादी, गणतन्त्रवादी र राजतन्त्रवादी हुन थाल्छन्, तिनले नै थाहै नपाई ती ‘राष्ट्रघाति’मा परिणत भैसकेका हुन्छन्। अहिलेको विडम्बना लगभग त्यही नै हो। घोडाको पट्टी लगाएर शिद्धान्तको पछि दौडिरहेका ‘शिद्धान्तवादी अन्धा’हरू देश शिद्धान्तले बनाउने होइन भन्ने कुरा बुझ्दैनन्। सन्सारका दर्जनौं गणतन्त्रवादी देशहरूदेखि योरोप र खाडिका कयौं राजतन्त्रवादी देशहरु सम्म अनि साम्यवादी चिनदेखि लोकतन्त्रवादी अमेरिकासम्म सबैले प्रगति गरेकै छन्। देश इमान्दारीले बनाउने, शिद्धान्तले होइन। तर दुखको कुरा, अनुहारमा इमान्दारीको रत्ति पनि लेश नभएका ‘शीर्ष नेता’हरूको चंगुलमा हामी फसेका छौं।  के बाबुराम जीले भनेजस्तो नेपालमा गणतन्त्र दशौं हजारको वलिदानबाट आएको हो? हुंदै होइन। नेपालमा गणतन्त्र एकजना राजाको हठका कारण आएको हो। नेपालमा गणतन्त्र गिरिजाप्रसाद कोइरालको राष्ट्रपति बन्ने निहीत स्वार्थका कारण आएको हो। नेपालमा गणतन्त्र हठीराजाप्रति कयौं नेताहरूले राखेको प्रतिशोधको भावनाका कारण आएको हो। नेपालमा गणतन्त्र ‘हिरो’ बन्न हावामा बहकिएको नागरिक समाजका कयौं अगुवाहरुका कारण आएको हो। ती सबैभन्दा पनि, नेपालमा गणतन्त्र ‘राजदरवार’ भत्काएर त्यसको ठाउंमा ‘दिल्लीदरबार’ निर्माण गरी नेपाली सार्वभौमसत्तालाई कठपुतलि बनाउने भारतको रणनीतिका कारण आएको हो। दशौं हजार नेपालीको बलिदानीका कारण होइन। ती नेपाली त हामीजस्ता अलिकति जानेका-बुझेका कहलाइने नेपालीहरुको बैचारिक लडाईंमा पिसिएका हुन्। तिनको आत्माको श्राप नेताहरूलाई मात्रै होइन, नेपाल बनाउन नसक्ने हाम्रो बिफल पुस्तालाई पनि लाग्नेछ। आ-आफ्ना सोचका कुरा हुन्। जसलाई जे मन लाग्छ त्यही भए हुन्छ। तर सधैं जनताको नाममा यो घातक राजनीतिक खेल नगरौं। नत्र हाम्रो जीवनकालमा नेपाल बनेको हामीले कुनै हालतमा देख्न पाउने छैनौं।
- मिश्रको फेसबुक पेजबाट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक