20130902

अमेरिकामा एउटा सभ्य र भब्य तिज कार्यक्रम यसरी सम्पन्न भयो । अमेरिकन र बिदेशी पनि दँग परे नेपाली रातै पहिरन र गरगहनामा सजिएका नेपाली महिला र तिनको तिज नाच देखेर !

अमेरिका / अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका नेपाल टेलिभिजन, डिसी नेपाली समाज, अमेरिकन नेपाली नर्सिङ समाज, अमेरिका नेपाल चौपारी, अनेसास डिसी म्याट्रो च्याप्टरको संयुक्त आयोजनामा अमेरिकाको एनेन्डेलको एउटा खुल्ला मँचमा २०७० सालको तिजको शुभ अबसरमा आयोजित एउटा सभ्य र भब्य तिज कार्यक्रम सम्पन्न भएको छ । डिसी, भर्जिनिया र म्यारिल्यान्डका बिभिन्न ठाउँमा बसोबास गर्ने नेपालीहरुको उपस्थिती देख्दा लाग्थ्यो त्यो नेपालको कुनै एक खुल्ला मँच थियो । अन्य देशका नागरिक र अमेरिकनहरु समेत रातै पहिरन र गरगहनामा सजिएका महिलाहरु नाच गान गरेको हेरेका थिए । एक अमेरिकन ब्रौन स्मीथ भन्दै थिए मैले मेरो जिबन कालमा यस्तो पहिरन गरगहनामा मान्छे सजिएर नाचेको  आज बल्ल देखेँ । अचम्म लाग्यो । तिमी नेपालीहरु सँस्कृतिका धनी रहेछौ । अब मलाई तिमीहरुको कार्यक्रम मा खबर
गर है म काम धाम छोडेर पनि सहभागी हुन चाहन्छु । २० भन्दा बढी टोलीहरु सहभागी भएको प्रतियोगितात्मक तिज न्रित्य र त्यस पछी आयोजित अप्रतियोगी खुल्ला न्रित्य ले मँच टना टन थियो ।  नेपाली राजदुत बाहिर रहनुभएकोले राजदुताबासका उपनियोग प्रमुख नारायण मैनालीले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको कार्यक्रम मा उपस्थित सबैलाई कार्यक्रमका संचालक एबम ANTV का अध्यक्ष, बरिस्ठ कबि हेमन्त श्रेष्ठले सभापति घोषणा गर्दै कार्यक्रमको शुरुवात  गर्नुभएको थियो । बरिस्ठ टेलिभिजन पत्रकार एबम ANTV का कार्यकारी प्रमुख रमा सिंहले कार्यक्रममा प्रतियोगिताका बारेमा बोल्दै प्रतियोगिताका निर्णयकहरु जिबित स्वर किन्नरी मिरा राणा, बरिस्ठ लोक तथा दोहोरी गायक राम प्रसाद खनाल, बरिस्ठ नायक सरोज खनाल, बरिस्ठ नायिका एबम न्रित्यङना अनुपमा प्रसाइ, साहित्यकार बसन्त श्रेष्ठ को परिचय राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष राम प्रसाद खनालले अमेरिकामा नेपाली तिजको परम्परा र सँस्कृतिलाई जोगाइ राख्न आफुहरु मिलेर यसरी तिज कार्यक्रम आयोजना गरेको बताउनुभयो । वहाँले सबै उपस्थित नेपालीलाई धन्यवाद ब्यक्त गर्दै स्वागत गर्नुभयो भने धन्यवाद ज्ञापन सान का कि अध्यक्ष एबम लोकप्रिय समाजसेबी मन्जु सङ्रौलाले गर्नुभएको थियो । डिसी नेपाली समाजका अध्यक्ष अरुण रुपाखेती, अनेसास डिसी अध्यक्ष प्रकाश नेपाल, अमेरिका नेपाल चौपारीका अध्यक्ष राम चन्द्र भट्टराईले पनि मन्तब्य राख्नु भएको कार्यक्रमको सन्चालन बिनय अर्याल, गोमा सङ्रौला र .. सङ्रौलाले गर्नुभएको थियो । कार्यक्रमको बिचमा मिरा राणा, नेपाल थापा, प्रेमा सङ्रौला र साथीहरुको राष्ट्रिय गीत, प्रख्यात खेलाडी एबम हाल संचारकर्मी आनन्दु लामाको बासुरी, एनेपालीजका सम्पादक विश्वराज थापाको गिटार बादन पनि प्रस्तुत गरिएको थियो । तिज न्रित्य प्रतियोगितामा इन्दु पोखरेलको समुह प्रथम, सुजु गुरुङ्को समुह द्वितिय, इच्छा पोखरेलको समुह त्रितिय भएका थिए ।   कार्यक्रमका केही झलक हरु आँफै यसरी बोछन हेर्नुस् भिडियो र फोटो मा ।  









 

 















































                                  















Photo: Nepalmother.com/enepalese.com/Bishwaraj Thapa  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक