20130903

आतंकबादका नायक "नेपाली बिन लादेन" प्रचण्ड र बाबुरामद्वारा खुल्ले आम धम्की : ‘पक्राउ गर्ने हो भने हामीलाई पक्राउ गर्नुहोस्, अधिकारीलाइ मार्न निर्देशन दिने हामी हौँ ।’

खिलराज रेग्मीको सरकार त प्रचण्ड र बाबुरामको आदेशमा चलेको थियो थियो, सर्बोच्च अदालतमा पनि प्रचण्ड र बाबुरामको भुत सवार हुन थाल्यो, नेपालमा न्याय पाउन कठिन, अन्तरास्ट्रिय अदालतको ढोका ढक्ढक्याउनुको बिकल्प छैन अब !
उता छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनमा बसेका नन्दलाल अधिकारी दम्पतीलाई रेग्मी सरकारले ‘फोर्स फिडिङ’को तयारी गरिरहेकै बेला सर्वोच्च अदालतले मंगलबार रेग्मी सरकारकै चाहनाअनुसार आदेश सुनाएको छ । सर्वोच्च अदालतले यससम्बन्धी एउटा रिटमाथि सुनुवाइ गर्दै अधिकारी दम्पतिले खाना खान नमाने जबर्जस्ती खुवाएर उनीहरुको जीवन रक्षा गर्न आदेश दिएको छ ।
nandalal-gangamayaसरकारले अधिकारी दम्पतीलाई ‘फोर्स फिडिङको’ तयारी गरिरहेका बेला सोही क्रममा सर्वोच्चमा जीवन रक्षाको माग गर्दै रिट दायर भएको थियो । अन्ततः सरकार र अदालतवीच तालमेल भएजस्तै गरी मंगलबार प्रकाश वस्तीको एकल इजलाशबाट आदेश सुनाइयो-’अधिकारी दम्पतीलाई अनुसन्धानमा निजहरुको महत्व सम्झाई अनशन तोड्न
आग्रह गर्नू र यसो गर्दा पनि नमानेमा निजहरुको जीवन रक्षार्थ जबर्जस्ती खाना खुवाउने – फोर्स फिडिङ) लगायतका जे जो गर्नुपर्छ, सो गर्नू ।’
अदालतको यस्तो आदेशपछि अधिकारी दम्पतीमाथि फोर्स फिडिङका लागि सरकारलाई बाटो खुलेको छ । अधिकारी दम्पत्तीको जीवनरक्षाको माग गर्दै परेको रिटमा न्यायाधीश प्रकाशचन्द्र वस्तीको एकल इजलासले सकेसम्म अनसन तोडाउन प्रयास गर्नु र नभए जबरजस्ती भए पनि खाना खुवाएर भएर जीवन रक्षा गर्न आदेश दिएको हो । साथै हत्याको अनुसन्धान विवरण सार्वजनिक गर्न आदेश दिएको छ । छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै नन्दलाल र गंगामाया अधिकारी ४३ दिनदेखि आमरण अनसनमा हुनुहुन्छ ।
अदालतले यसरी ‘जबर्जस्ती गर्नु’ भन्ने शब्द प्रयोग गर्न नमिल्ने अभिवक्ता ओमप्रकाश अर्यालले प्रतिक्रिया दिनुभएको छ । ‘जबर्जस्ती भए पनि केही गर्नु भन्ने शब्द अदालतले बोल्न मिल्दैन, आदेशमा त्यस्तो शब्द उल्लेख गरिएको भए अदालतले सच्याउनुपर्छ । तर, फोर्स फिडिङका पक्षधरहरुले भने कसैले पनि आत्महत्या गर्न वा मर्न खोजेमा त्यसलाई मर्न नदिनु राज्यको कर्तव्य भएकाले जीवन रक्षाका लागि बल प्रयोग जायज हुने तर्क गरेका छन् । अधिकारी दम्पतीको माग सरकारले सुनुवाइ गरिरहेका बेला यसरी फोर्स फिडिङ जायज हुने अन्तरराष्ट्रिय प्रचलन रहेको सरकारी पक्षको धारणा रहेको छ । अदालतले आफ्नो आदेशमा पनि जीवनरक्षाका लागि जवर्जस्ती खाना खुवाउन सकिने उल्लेख गरेको छ ।यस्तो छ अदालतको आदेश 
stay-odder
******************* छोरा कृष्णप्रसादको हत्यारालाई कारवाही गर्न माग राखेर आमरण अनसनमा बसेका गोरखा, फुजेलवासका नन्दप्रसाद र गंगामाया अधिकारीको आमरण अनशन तोडाइदिन एमाओवादी शीर्ष नेताहरुले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई आग्रह गरेका छन्। बिहान मन्त्रिपरिषद अध्यक्ष निवास बालुवाटार पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले हत्या अभियोगमा आफ्ना कार्यकर्ता पक्राउ नगर्न सरकारलाई चेतावनी दिएका थिए। मन्त्रिपरिषद अध्यक्ष रेग्मी सहित गृहमन्त्री माधवप्रसाद घिमिरे, सञ्चारमन्त्री माधव पौडैल उपस्थित बैठकमा एमाओवादी अध्यक्ष दाहालले द्वन्द्व कालको घटनालाई अहिले बल्झाउनु शान्ति प्रक्रिया विपरित हुने बताए। 'सरकारले पक्राउ गर्न निर्देशन दिएका व्यक्ति पक्रनु शान्ति प्रक्रिया विपरित हुन्छ', दाहालको भनाइ उदृत गर्दै उनका स्वकिय सचिव चुडामणि शर्माले नागरिकन्युजसँग भने- 'पक्राउ गर्ने हो भने हामीलाई पक्राउ गर्नुहोस्, निर्देशन दिने हामी हौं।' दाहालले आफ्ना कार्यकर्ता पक्राउ गरे आन्दोलनमा उत्रने समेत बताएका थिए। 'यो मुद्दा उठाए १४-१५ हजारका मुद्दा उठ्छन् त्यसैले बीचको बाटो खोजौं', दाहालले भनेका थिए। उनले द्वन्द्व कालका घटना बारे सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी त्यही अनुसार कारवाही अघि बढाउनु पर्ने बताएका थिए।
 ********************
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया भाँड्न खोजे देशभरका मुद्दा ब्युँताउने धम्की दिएका छन्। छोराको हत्यारा पक्राउ गराउन गोरखा, फुजेलका नन्दलाल अधिकारी दम्पतीको अनशनले सरकारमाथि चौतर्फी दबाब बढाएपछि दाहालले 'द्वन्द्वकालीन मुद्दा अघि बढाउने' प्रयास गरे युद्धकालमा मारिएका माओवादी नेता-कार्यकर्ता तर्फबाट अभियानकै रूपमा मुद्दा हाल्ने चेतावनी दिएका हुन्। पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष दाहालले नन्दलाल अधिकारी लगायत नामबाट माओवादीलाई फसाउने र पार्टी बद्नाम गराउने उद्देश्यसहित मुद्दा हालिएको आरोप लगाउँदै पार्टी तर्फबाट पनि अभियान चलाउनुपर्ने प्रस्ताव गरे । एमाओवादीले यही विषयमा केन्द्रित भएर विशेष प्रस्ताव पारित गरेको छ । 'हाम्रा नेता÷कार्यकर्तालाई फसाउने र पार्टीलाई बद्नाम गराउने उद्देश्यसहित फुजेलको घटना उचाल्ने काम भएको छ,' दाहाललाई उद्धृत गर्दै सहभागी स्रोतले नागरिकसँग भन्यो, 'उनीहरू त्यसरी जान्छन् भने हामीले पनि मारिएका नेता÷कार्यकर्ताका पक्षबाट मुद्दा हाल्नुपर्छ ।' मुद्दा हाल्ने जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयले लिने उनले बताए । आफ्नो नेतृत्वमा युद्ध भएकाले सम्पूर्ण हत्याहिंसाको जिम्मेवारी आफूले लिने उल्लेख गर्दै दाहालले भने, 'मेरै नेतृत्व र निर्देशनमा द्वन्द्वकालीन घटना भएका हुन्, त्यसको जिम्मेवारी मै लिन्छु, तागत छ भने पहिला मलाई र बाबुरामजी लगायत शीर्षनेताहरूलाई पक्राउ गरेर देखाऊ, हैन भने चुपचाप बस ।' दाहालले द्वन्द्वकालमा मारिएका नेता÷कार्यकर्ता तथा विपक्षका सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् हल गर्नुपर्ने उल्लेख गरे । 'व्यक्ति–व्यक्ति तोकेर मुद्दा हालिन्छ भने हामी पनि हातमा दही जमाएर बस्नु हुँदैन,' दाहालले बैठकमा भने, 'हामीले आफ्नो तर्फबाट मुद्दा हाल्न तयारी अवस्थामा रहनुपर्छ, त्यसका लागि म तपाईंहरूलाई निर्देशन दिन्छु ।' दाहालले नामै किटेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री गोविन्दराज जोशी, देवेन्द्रराज कँणेल लगायत द्वन्द्वकालमा सरकारी जिम्मेवारीमा रहेका कांग्रेस÷एमाले नेताविरुद्ध मुद्दा हाल्ने चेतावनी दिए । मानवअधिकारका नाममा विदेशी डलरको भरमा द्वन्द्वकालीन मुद्दा ब्युँताउने प्रयास जारी रहे सम्पूर्ण पार्टी कार्यकर्ता जेल जान तयारी अवस्थामा बस्नुपर्ने उनले उल्लेख गरे । 'उनीहरू द्वन्द्वकालीन मुद्दा व्यक्तिगत रूपमा उचालेर हामीलाई साँच्चै फसाउन चाहन्छन् भने हामी लाखौं जेल जानुपर्छ,' दाहालले निर्देशन दिँदै भने, 'तपाईंहरू 'जेल भर अभियान'का लागि तयारी अवस्थामा रहनुहोस् ।' बैठकले द्वन्द्वकालीन मुद्दाबारे विशेष प्रस्ताव पारित गरेको छ । 'दसौं हजार बेपत्ता र घाइतेहरूका विषयमा सम्बद्ध पक्ष उदासिन रहने, तर एकाध द्वन्द्वकालीन घटनालाई एकपक्षीय ढंगमा अतिरञ्जित प्रचारबाजी गर्ने गरिएको छ, फुजेलका कृष्णप्रसाद अधिकारीको घटनालाई नाटकीय ढंगले उचालेर समग्र शान्ति प्रक्रियाको जग नै भत्काउन खोजेको विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,' केन्द्रीय समितिद्वारा पारित प्रस्तावमा भनिएको छ, 'यी प्रकरण कसैको अदृश्य गुरुयोजनाअनुसार भइरहेकोे सहजै बुझ्न सकिन्छ ।' 'यस विषयलाई लिएर ऐतिहासिक जनयुद्धको नेतृत्वकर्ता र बृहत शान्ति सम्झौताको पहलकर्ता तथा हस्ताक्षरकर्ताको नाताले हाम्रो पार्टी गम्भीर कदम चाल्न बाध्य हुने चेतावनी सम्बन्धित सबैलाई दिन चाहन्छ,' पारित प्रस्तावमा भनिएको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले द्वन्द्वकालीन मुद्दाको प्रक्रिया अघि नबढाउन र गिरफ्तारी आदेश फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय भएको बताए । उनका अनुसार माओवादीले यही विषयलाई लिएर मंगलबार अन्तरिम चुनावी सरकार प्रमुख खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाउँदैछ ।
****************

अनशन मा बसेका नन्द प्रसाद र गंगामाया अधिकारी लाई न्यायका लागि लड्न प्रोत्साहन गर्दै अन्तरराष्ट्रिय कलाकार मँच र नेपाल मदर डट कम अमेरिकाको सक्रियतामा अमेरिका मा बसेका केही नेपालीहरुले सँकलन गरेको एक लाख तिस हजार नौ सय एकाउन्न रुपैंया रकम बरिस्ठ हाँस्य कलाकार सन्तोष पन्तद्वारा हस्तान्तरण


आफ्ना छोराका माओवादी हत्यारा हरुलाई कार्वाही को माग गर्दै अनशन मा बसेका नन्द प्रसाद र गंगामाया अधिकारी लाई न्यायका लागि लड्न प्रोत्साहन गर्दै अन्तरराष्ट्रिय कलाकार मँच र नेपाल मदर डट कम अमेरिकाको सक्रियतामा अमेरिका मा बसेका केही नेपालीहरुले सँकलन गरेको एक लाख तिस हजार नौ सय एकाउन्न रुपैंया रकम अमेरिका बाट भर्खरै नेपाल जानुभएका बरिस्ठ हाँस्य कलाकार सन्तोष पन्तले हालै कृष्ण प्रसाद अधिकारी लाई माओवादीहरुले हत्या गरेकै जिल्ला चितवन को नारायणगढमा हत्या गरिएका कृष्णका दाजुलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो । काठमाडौं मा नन्द प्रसाद र गंगामाया लाई आइसियुमा सिकिस्त अवस्थामा उपचार गरिरहेको र भेटघाट समेत खुकुलो नभएकोले बरिस्ठ कलाकार पन्त रकम हस्तान्तरणका लागि र उनका दाजु चितवन भएकोले चितवन पुग्नुपरेको थियो । रकम हस्तान्तरण कार्यक्रममा बितरित पत्र, सहयोग विवरण, कार्यक्रमको विवरण यहाँ जस्ताको तस्तै प्रस्तुत छ :

   




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक