20130916

चर्चित हाँस्य कलाकार एबम अन्तराट्रिय कलाकार मँचका केन्द्रिय सदस्य दिपकराज गिरी लाई ट्राफिक प्रहरीले दु:ख दिए पछी यसरी बोले दिपकराज गिरी

प्रेस विज्ञप्ति
मापसे चेकिङका क्रममा मेरो सवारी अनुमतिपत्र प्रहरीले नियन्त्रणमा लिएको बिषयमा केहिदिनयता बिभिन्न संचारमाध्यममा प्रकाशित/प्रशारित समाचारबाट आम जनमानसमा भ्रम सृजना भएकाले स्पष्ट पार्न यो बिज्ञप्ति जारी गरेको छु । मापसे परिक्षणका क्रममा केहि महिनाअघि मेरो सबारी चालक अनुमतिपत्र प्रहरीले नियन्त्रणमा लिएको सत्य हो । मापसे परिक्षणका क्रममा कुनै विवाद नगरी तथा आफ्नो स्टारडम प्रयोग गरेर कुनै दवाव नदिइ मैले त्यतिवेला प्रहरीलाई सहयोग गरेको थिए । त्यस पश्चात ट्राफिक प्रहरीका तत्कालिन प्रमुख डिआइजी उपेन्द्रकान्त अर्यालले मलाइ कार्यालयमा बोलाइ सवारी लाइसेन्स फिर्ता दिने तर त्यसको वदलामा ट्राफिक सचेतना सम्बन्धि सामाग्री निर्माणमा सहयोग गर्नुपर्ने शर्त राख्नुभएको व्यहोरा जानकारी गराउन चाहन्छु । उहाँको अनुरोधपछि म र कलाकार दिपाश्री निरौला मिलेर दिनभर लगाइ निशुल्क रुपमा ट्राफिक सचेतना सम्बन्धि सामाग्री निर्माण गरिदिएका हौं । तर त्यसपछि सवारी चालक अनुमतिपत्र फिर्ता दिने सहमति कार्यान्वयन नभएको स्पष्ट पार्न चाहन्छु । त्यसको केहिदिनमै अर्यालको स्थानमा सरुवा भइ आएका डिआइजि केशव अधिकारीले चर्चामा आउने नियत स्वरुप बिभिन्न संचारमाध्यममा अर्नगल प्रचार गरिरहेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । १ घण्टाको सचेतना परिक्षा लिने स्थानमा दिनभरी लगाएरै सामाग्री निर्माण गरिसकेपछि पनि केहि निहित स्वार्थका लागी मेरो पहिचानमै आँच आउनेगरी भइरहेका प्रचारले मलाइ निकै दुखि तुल्याएको छ । एउटै गल्तीका लागी वारम्वार सजाय दिन नहुने आम नियम बिपरित पुन सचेतना परिक्षा लिन गरिएको आग्रह
मैले अश्विकार गरेकै हो । प्रहरीको नियम, कानुन पालना गर्न म सधै तत्पर रहेको जानकारी गराउदै पहिले सजायस्वरुप सचेतनामुलक सामाग्री बनाउन किन लगाएको हो र पछि मेरो सवारी चालक अनुमति पत्र किन फिर्ता नगरिएको हो भनि म ट्राफिक प्रहरीको नेतृत्व समक्ष प्रश्न गर्न चाहन्छु । प्रहरीले पुरानो प्रतिवद्धता पालना नगर्ने हो भने स्पष्ट पारोस त्यसपछि सवारी लाइसेन्स लिनका लागी मैले चाल्नुपर्ने प्रक्रिया अघि बढाउन तयार रहेको यसै बिज्ञप्ति मार्फत स्पष्ट पार्न चाहन्छु । ट्राफिक प्रहरीको दुस्प्रचारबाट मेरा प्रसंसक र आमजनमानसमा परेको अन्यौलता प्रति दुख व्यक्त गर्न चाहन्छु ।
- दिपकराज गिरी, कलाकार


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक