20130909

व्हाइट हाउसका प्रमुख प्राबिधिक अनिश चोपरा र भर्जिनिया स्टेटका डेमोक्रेटिक उमेदवार मेजर जोन बेल ( एयर फोर्स ) सहभागी एउटा महत्वपूर्ण कार्यक्रम डेमोक्रेटिक पार्टिका युवा नेता हरि शर्माको निवासमा

 
चार्टर एकाउंटेन एबम अमेरिकि राजनीतिमा राम्रो दखल राख्ने अमेरिकि डेमोक्रेटिक पार्टीका लाउडेन काउण्टी कोसाध्यक्ष हरी शर्माले भर्जिनिया स्थित आफ्नो निवासमा आयोजना गर्नुभएको एक बिशेष कार्यक्रममा व्हाइट हाउसका प्रमुख प्राबिधिक अनिश चोपरा र भर्जिनिया स्टेटका डेमोक्रेटिक उमेदवार मेजर जोन बेल ( एयर फोर्स ) सहभागी हुनुभयो । नेपाली अमेरिकन उल्लेख्य र केही असियन अमेरिकनहरु समेत  सहभागी उक्त कार्यक्रममा नेता हरी शर्माले पहिले भर्जिनिया स्टेटका प्रमुख प्राबिधिक रहेका र हाल व्ह्याइट हाउसमा chief technology officer रहेका चोपरा र डेलिगेट
उमेदवार बेललाई स्वागत गर्दै वहाँहरुको बारेमा परिचय गराउनुभएको थियो । श्री शर्माले आगामी नोभेम्बर ५ मा हुने निर्बाचनमा बेलालाई सहयोग गर्न सबैलाई आग्रह गर्दै वहाँ बिजयी भएमा वहाँले गर्ने काम का बारेमा जानकारी दिनु भएको थियो । यस अघी श्रीमती सरिता शर्माले पाहुनाहरुलाई खादा ओढाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा बो ल्दै राष्ट्रपती ओबामा लाई दिनहुँ technology का बारेमा ब्रिफ गर्ने चोपराले नेपाली अमेरिकन कम्युनिटी लाई आगामी निर्बाचनमा जोन बेललाइ सहयोग गर्न अपिल गर्नुभयो । उमेदवार जोन बेलले आफुले निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै आफु निर्बाचित भएमा आफो ढोका सबैका लागि खुला रहने र आफुले समाजका लागि काम गर्ने बताउनुभयो । कार्यक्रममा सिम्रोन शर्माले श्री चोपरा र बेललाइ token of appreciation प्रदान गर्नुभएको थियो । लाउडेन काउन्टि डेमोक्रेटिक पार्टीका उपाध्यक्ष जो प्याडिस ले समेत  मन्तब्य राख्नुभएको उक्त कार्यक्रम नेपाली अमेरिकनहरुका लागि अती महत्व राख्ने खालको थियो । साधुबाद छ हरी शर्मा जी तपाईंले नेपाली गुटगत राजनीतिबाट माथि उठेर अमेरिकी राजनीतिमा देखाउनु भएको अग्रसरता, सफलता र उदाहरण सबै नेपालीका लागि अनुकरणिय बन्न सकोस नेपाल मदर डट कम यही भन्न चाहन्छ ।  
                    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक