20130926

मेरो शरीर रगताम्य पक्कै छ, तर म ढलीसकेको छैन - "स.ज.क."

 थाकिसकेको छैन,
 गलिसकेको छैन,
राष्ट्रघातीहरु हो !
तिमीहरुसंगको यो लडाइमा
मेरो शरीर रगताम्य पक्कै ,
तर  ढलीसकेको छैन |
तिम्रा आयतित एजेन्डाहरुले
मुर्छा पारेको मेरो देश,
ब्युंझि नसकेको भए पनि
मेरो आशा भने अझैं 
मरिसकेको छैन |
यो रण-मैदानमा मेरो “चन्द्र-सुर्य” बोकी दिने
सह-योद्धा भेटि नसकेको भए पनि,
छात्ती भित्र लुकाई राखेको
नेपाल आमाको आंचल र
यो देशको अस्मिता अझैं 
लुटीइसकेको छैन |
अशान्ति, अस्थिरता र अराजकताले
यो देश अक्रान्त भए पनि
एकदिन अवश्य मेची-महाकाली जुर्मुर्याई उठ्ने
मेरो अटल विश्वास अझैं
डगमगाइ सकेको छैन |
आइपरेगोर्खाली-शहिदहरु
चिहानबाटै उठेर
"मेरो राष्ट्रजोगाइछाड़ने छन्,
खबरदार!
यो लडाइ जिती सकेयौं भन्ने नठान,
यहाँवीर सपुतले घुंडा अझैं
टेकिसकेको छैन,
यो माटोमा गोर्खालीको खडेरी अझैं
परिसकेको छैन ||
 थाकिसकेको छैन,
 गलिसकेको छैन,
राष्ट्रघातीहरु हो!
तिमीहरुसंगको यो लडाइमा
मेरो शरीर रगताम्य पक्कै ,
तर  ढलीसकेको छैन ||

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक